+
+

Dhangadhi Vs Lalitpur

२०८० पुष १४, शनिबार
Dhangadhi F.C.
Dhangadhi F.C.
Afeez Olawale(37),Ahmad Hijazi(98) Richard Osei Agyemang(80)
2 - 3 Full Time
Lalitpur City F.C.
Lalitpur City F.C.
Imoh Ezekiel(45+11),Dinesh Hemjan(50),Imoh Ezekiel(58)
दशरथ रंगशाला, त्रिपुरेश्वर
लाइभ अपडेट लाइन-अप
Commentry
  • ललितपुरका अनन्त तामाङले गोल्डेन बल अवार्ड पाएका छन् । उनले कप्तानी गरेको पहिलो सिजनमै क्लबलाई उपाधि दिलाएका छन् । उनले २ लाख रुपैयाँ पाउनेछन् ।
Commentry
  • ललितपुरका इमोह ईजेकेल सर्वाधिक गोलकर्तँ बनेका छन् । उनले ललितपुर एफसी ६ गोल गरे, जसमध्ये दुई गोल फाइनलमा भएको थियो ।
Commentry
  • ललितपुरका जेफ्री उत्कृष्ट गोलकिपर बनेका छन् । उनले ५ खेलमा गोल खाएका थिएनन् । उनले एक लाख रुपैयाँ पाउनेछन् ।
Commentry
 
  • धनगढी एफसीका रोहन कार्की इमर्जिङ प्लेयर घोषित भएका छन् । उनले एक लाख रुपैयाँ पाउनेछन् ।
Commentry
फेयर प्ले अवार्ड वीरगञ्ज युनाइटेडले पाएको छ । वीरगञ्ज लिगमा पहिलो पटक सहभागी भएको थियो यो सिजन
Commentry
पोष्ट म्याच कन्फ्रेरेन्स सुरु भएको छ । जहाँ विभिन्न अवार्डहरु प्रदान गरिनेछ ।
Commentry
ललितपुरका कप्तान अनन्त तामाङका अनुसार सुरुमा गोल आएपनि टिमसँग समय थियो । उनले टिमलाई त्यही भनेका थिए । पहिलो हाफको अन्तिममा गरेको गोलसँगै पहिलो हाफ १–१ मा पुग्यो । दोस्रो हाफमा ललितपुर हावी भयो र थप २ गोल गर्दै उपाधि जित्यो ।
Commentry
इतिहास फेरि दोहोरियो । धनगढी फेरि एक पटक फाइनलमा चुक्यो । अघिल्लो सिजन क्वालिफायर जितेर फाइनलमा पुगेको धनगढी आफूले हराएको काठमाडौंसँगै स्तब्ध भएको थियो । इलिमिनेटरमा ललितपुरलाई हराएर फाइनलमा पुगेको काठमाडौंले धनगढीलाई १–०ले हराएर उपाधि जितेको थियो । यो सिजन पोखरालाई हराएर धनगढी फाइनलमा पुग्यो । इलिमिनेटरमा काठमाडौंलाई हराएको ललितपुरले दोस्रो क्वालिफायरमा पोखरालाई हरायो, अनि फाइनलमा धनगढीलाई हरायो ।
Commentry
इन्जुरी टाइमको फ्रि किक नै खेलको टर्निङ प्वाइन्ट भयो । त्यहाँबाट गिरेको आफ्ना खेलाडीहरुको मनोबल दोस्रो हाफमा पनि फर्किन नसकेको प्रशिक्षक युगलकिशोर राई बताउँछन् ।
Full Time
Full Time
98'
Goal
Dhangadhi F.C. - Ahmad Hijazi
GOAL !

खेलको अन्तिम मिनेटमा हिजाजीले गोल गरेका छन् ।

97'
corner

कर्नर किक

हिजाजीले बल पाएका थिए, तर सनिष र अनन्तले उनलाई प्रहार गर्न अवसर दिएनन् । धनगढीलाई कर्नर ।

94'
Commentry

आशिष चौधरीको प्रहार थियो । ललितपुरका गोलकिपर बाल्टुसले पञ्च गरेर क्लियर गरेका छन् ।

'
substitute

खेलाडी परिवर्तन

आदित्य शाक्यको स्थानमा कुशल देउवा मैदान प्रवेश गरेका छन् ।

92'
Commentry

अनन्त र ओलावाले ठोक्किएका छन् । आलोवलेको कुहिानाले अनन्तलाई लागेको छ ।

90'
Commentry

८ मिनेट समय थप भएको छ  

89'
Commentry

ललितपुरले बललाई आफ्नो नियन्त्रणमा राख्ने रणनीतिका साथ खेलिरहेको छ । दुई गोल गरेका इमो समेत पछाडि आएर खेलिरहेका छन्

85'
Commentry

डि बक्सबाहिरबाट रोहन कार्कीले हानेको फ्रि किक बालमा लागेर बाहिर गयो । धनगढीलाई थ्रो

85'
Commentry

धनगढीले फ्रि किक पाएको छ ।

83'
Commentry

फोफानाले ललितपुरको डिबक्समा रहेका टिममेटलाई लेफ्ट फुटेड क्रस दिएका थिए । तर सनिष श्रेष्ठले हेडमार्फत क्लियर गरेका छन्

80'
रातो कार्ड

रातो कार्ड

खराब फउल । इमोलाई फउल गरेका आगेमाङले दोस्रो पहेँलो कार्ड पाएका छन् । यससँगै रेफ्रीले रातो कार्ड देखाएका छन् । दुई गोलले पछाडि रहेको धनगढी अब १० खेलाडीमा सिमित भएको छ ।

78'
पहेंलो कार्ड

पहेंलो कार्ड

फेरि इमो र आशिष । यो पटक भने इमोले पहेँलो कार्ड पाएका छन् ।

76'
पहेंलो कार्ड

पहेंलो कार्ड

इमोलाई आशिष चौधरीले फउल गरेपछि केहीबेर तनाव । रेफ्रीसँग विवाद गर्न खोजेपछि उनले पहेँलो कार्ड पाएका छन् ।

61'
Commentry

धनगढीका लागि अवसर । हिजाजीले राम्रो अवसर पाएका थिए, तर उनले बल प्रहार गर्न ढिला गरे । सनिसले अवरोध गरे ।

59'
substitute

खेलाडी परिवर्तन

ललितपुरले खेलाडी परिवर्तन गरेको छ । अनिल महर्जनको स्थानमा निरज चौधरी मैदान प्रवेश गरेका छन् ।

58'
Goal
Lalitpur City F.C. - Imoh Ezekiel
GOAL !

  • Goal!! इमोहले व्यक्तिगत दोस्रो गोल गरेपछि ललितपुरले ३-१ को अग्रता बनाएको छ । दिनेश हेमजनको क्रस धनगढीका आगेमाङले ब्लक गरेका थिए, तर पूर्ण रुपमा क्लियर भएन । बक्सभित्रै रहेका पापा इबुकेबेले गरेको छातिले फर्काए । त्यही बलमा इविकलले ओभरहेड किकमा उत्कृष्ट गोल गरेका हुन् ।

56'
फ्री किक

फ्री किक

धनगढीले फ्रिकिक पाएको छ ।

55'
फ्री किक

फ्री किक

धनगढीले फ्रिकिक पाएको छ । ओमालाजा करिमले हानेको फ्रिकिक बक्समा कसैले सदुपयो गर्न सकेन र बल बाहिर गयो ।

54'
Commentry

धनगढीका अहमद हिजाजीले हानेको हाफ एक्रोब्याटिक किक ललितपुरका किपर जेफ्री बाल्टुसले बचाए ।

50'
Goal
Lalitpur City F.C. - Dinesh Hemjan
GOAL !

  • Goal!! दिनेश हेम्जनले गोल गर्दै ललितपुरलाई २-१ को अग्रता दिलाएका छन् । आदित्य शाक्यले दिएको उत्कृष्ट पासमा दिनेशले खाली पोष्टमा गोल गरेका हुन् ।

47'
corner

कर्नर किक

धनगढीले कर्नर पाएको छ ।

46'
Commentry

ohh!! miss for lcfc ललितपुरका अनिल महर्जनले गोल गर्ने राम्रो अवसर गुमाएका छन् । आदित्य शाक्यले बायाँ साइडबाट दिएको क्रसममा अनिलले सिक्स यार्ड बक्स नजिकबाट हानेको प्रहार टार्गेटमा पर्न सकेन ।

46'
substitute

खेलाडी परिवर्तन

धनगढीले हाफ टाइममा खेलाडी परिवर्तन गरेको छ । मिलन राईको स्थानमा निशान लिम्बु मैदान प्रवेश गरेका छन् ।

Second Half Time
Second Half Kick Off
Commentry
फाइनल खेलको पहिलो हाफमा दुवै टोलीले एक एक गोल गरेका छन् । दुवै टिमका विदेशी खेलाडीले गोल गरे । धनगढीले पहिले अग्रता दिलाएपनि इन्जुरी टाइमको अन्तिममा ललितपुरले बराबरी गोल फर्काएको हो । अब दोस्रो हाफमा कसले गोल गर्ला ?
Half Time
Half Time
45+11'
Goal
Lalitpur City F.C. - Imoh Ezekiel
GOAL !

  • Goal!!! ललितपुरले बराबरी गोल फर्काएको छ । करिब २० यार्डमा पाएको फ्रिकिकमा इमोह इजेकेलले गोल गरेका हुन् । उनले फस्ट बारमा हानेको प्रहार धनगढीका किपर मोहमद ताहाले रोक्ने अवसर नै पाएनन् ।

45+8'
पहेंलो कार्ड

पहेंलो कार्ड

धनगढीका कमल श्रेष्ठलाई पहेँलो कार्ड देखाइएको छ । ललितपुरलाई फ्रिकिकको अवसर ।

45+5'
Commentry

धनगढीका ओलावाले आफिजले बायाँ साइडबाट हानेको प्रहार ललितपुरका किपर जेफ्री बाल्टुसले बचाए ।

45+2'
फ्री किक

फ्री किक

ललितपुरलाई फ्रिकिक । ओमालाजा करिमले हानेको प्रहार वाल बसेका धनगढीका खेलाडीले ब्लक गरे ।

45'
Commentry

पहिलो हाफमा ६ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

43'
पहेंलो कार्ड

पहेंलो कार्ड

धनगढीका अहमद हिजाजीलाई पहेँलो कार्ड देखाइएको छ ।

37'
Goal
Dhangadhi F.C. - Afeez Olawale
GOAL !

  • Goal!! आफिज ओलावाले गोल गर्दै धनगढीलाई अग्रता दिलाएका छन् । अहमद हिजाजीले हानेका प्रहार ललितपुरका जेफ्री बाल्टुसले पूर्ण रुपमा क्लियर गर्न सकेनन् । त्यसमा रिबाउण्ड आएको बलमा ओलावालेले वान टचमै गोल गरे ।

35'
फ्री किक

फ्री किक

ohhh!! ललितपुरका दिनेश हेन्जनले हानेको फ्रिकिक सेेकण्ड बार छेउ हुँदै बाहिर गयो ।

34'
पहेंलो कार्ड

पहेंलो कार्ड

धनगढीका रिचर्डलाई पहेँलो कार्ड देखाइएको छ । ललितपुरले फ्रिकिक पाएको छ ।

29'
corner

कर्नर किक

धनगढीका मिलन राईले हानेको कर्नर ललितपुरका खेलाडीले क्लियर गरे ।

27'
corner

कर्नर किक

धनगढीले कर्नर पाएको छ । कमल श्रेष्ठले हानेको कर्नरमा धनगढीलाई बक्समा गोल गर्ने अवसर थियो । तर कसैले बललाई पोष्टको दिशा दिन सकेनन् । ललितपुरका खेलाडीलाई लागेर बल बाहिर गएपछि धनगढीलाई फेरि कर्नर ।

26'
पहेंलो कार्ड

पहेंलो कार्ड

  • ललितपुरका पापा इबोउ केबेलाई पहेँलो कार्ड देखाइएको छ ।

Commentry
एनएसएलको विजेताले पाउने पुरस्कार यस पटक डबल बनाइएको छ । यस सिजन विजेता टिमले नगद ७० लाख पाउनेछन् भने उपविजेताले २० लाख पाउनेछन् ।
20'
Commentry

धनगढीका कप्तान देवेन्द्र तामाङले फ्रिकिकलाई भलि प्रहार गर्दै ललितपुरको बक्समा रहेका टिममेट रिचर्डलाई दिएका थिए तर उनले सदुपयोग गर्न सकेनन् ।

20'
फ्री किक

फ्री किक

धनगढीले फ्रिकिक पाएको छ ।

17'
Commentry

ललितपुरलाई अवसर !! तर ललितपुरका खेलाडी अफसाइड भए ।

16'
Commentry

धनगढीका अहमद हिजाजीले ललितपुरको बक्स नजिक राम्रो स्थानमा बल पाएका थिए । तर उनले बल कन्ट्रोल गरेर हान्न लाग्दा ललितपुरका खेलाडीले रोके ।

13'
Commentry

  • धनगढीका कमल श्रेष्ठले हानेको कर्नर ललितपुरका किपर जेफ्री बाल्टुसले क्याच गर्दै बचाए ।

12'
corner

कर्नर किक

धनगढीले कर्नर पाएको छ । अभिषेक गुरुङले हानेको प्रहार ललितपुरका खेलाडीलाई लाग्दै बाहिर गयो ।

6'
Commentry
धनगढीले फोडे फोफानालाई बेन्चमा राख्दै ५ विदेशी खेलाएको छ । ललितपुरको भने निखिल कदम अघिल्लो खेलमा रातो कार्ड पाएकोले आज निलम्बनमा छन् र ललितपुरले चार विदेशी खेलाएको छ ।
Commentry
  • दशरथ रंगशालमा आज दर्शकको बाक्लो उपस्थिति छ । घरेलु फुटबलमा लामो समयपछि यति धेरै दर्शक फुटबल खेल हेर्न उपस्थित भएका हुन् ।
Kick Off
Kick Start
Commentry
  • धनगढी पहेँलो जर्सी लगाएर खेल्दैछ भने ललितपुर कालो-रातो जर्सी लगाएर खेल्दैछ ।
Commentry
धनगढी लगातार दोस्रो पटक फाइनल पुगेको हो भने ललितपुरले पहिलो पटक फाइनल खेल्दैछ । संयोगवस दुवैले क्वालिफायरमा पोखरा थण्डर्सलाई हराएर यस सिजनको उपाधि भिडन्त पक्का गरेका हुन् ।
Commentry
नमस्कार स्वागत छ नेपाल सुपर लिग २०२३ को फाइनल खेलमा । एनएसएलको उपाधिका लागि आज धनगढी एफसी र ललितपुर सिटी एफसीबीच खेल हुँदैछ । हामी खेलको लाइभ अपडेट लिएर उपस्थित भइसकेका छौँ ।

Upcoming match

Top Scorer

Nepal Super League
Imoh Ezekiel Lalitpur City
Matches 5
Score 6
Moses Gyabaah Twum Pokhara Thunders
Matches 5
Score 5
william opoku Asiedu Birgunj United
Matches 4
Score 5
Dinesh Hemjan TAFC

Matches 4
Score 4
Ahmad Hijazi Dhangadhi
Matches 4
Score 4
Matches 3
Score 3
Papa Ibou Kebe Lalitpur City
Matches 3
Score 3
Afeez Olawale Dhangadhi
Matches 3
Score 3
Nkgngue Junior Kathmandu Rayzrs
Matches 3
Score 3
Matches 3
Score 3

Recent Results

२०८० मंसिर ८, शुक्रबार
KFC
1 - 0
२०८० मंसिर ९, शनिबार
1 - 0
CFC
LFC
2 - 0
२०८० मंसिर १०, आइतबार
1 - 2
DFC
२०८० मंसिर ११, सोमबार
JFC
0 - 1

Players to watch

Hisub Thapaliya Forward
Kathmandu Rayzrs
Jhapa
Abishek Lama Defender
Pokhara Thunders
Samiraj Thokar Midfielder
Jhapa
Chitwan
Imoh Ezekiel Forward
Lalitpur City
Chitwan
Bishal basnet Defender
Jhapa
Bishal kc Goalkeeper
Butwal
Utsab Rai Midfielder
Chitwan