‘हिट एन्ड ट्रायल’ का मास्टर एआई प्रशिक्षक
News Summary
Generated by OK AI. Editorially reviewed.- इन्डस्ट्रियल इन्जिनियरिङ पढेका आलोक खत्रीले पेशाकर्मीहरूलाई एआई प्रविधि र यसको व्यावहारिक प्रयोगबारे प्रशिक्षण दिँदै आउनुभएको छ ।
- सन् २०२२ को 'फुल आयरन-म्यान' प्रतियोगिता पूरा गर्ने पहिलो नेपाली खत्री हाल 'ट्यान्जिबल करियर्स' मार्फत एआई साक्षरता अभियानमा सक्रिय हुनुहुन्छ ।
- आलोकले व्यक्ति, संस्था र राष्ट्रिय स्तरमा एआईको प्रभाव बुझाउन तीन फरक संरचनामार्फत नेपालमा एआईको पहुँच विस्तार गर्ने प्रयास गरिरहनुभएको छ ।
‘जीपीटीको फुलफर्म के हो?’
‘च्याट–जीपीटीले कसरी लेख्छ होला?’
‘च्याटबटले कसरी सोच्छन्?’
काठमाडौंको कुनै बैंकको तालिम कक्षमा दर्जनौं कर्मचारी ल्यापटप र नोटबुक अगाडि राखेर एआईको तालिम पर्खिरहेका हुन्छन्। आलोक खत्री तिनै कर्मचारीहरू अर्थात् प्रोफेसनललाई यिनै सामान्य प्रश्न सोध्छन्, अनि जवाफ दिंदै आफ्नो प्रस्तुति शुरु गर्छन्।
प्रविधिका भारी–भारी जार्गन भजाउनेहरूको भीडबाट अलग उनी सरल प्रश्नसँग खेल्न सिकाउँछन्।
आलोक भन्छन्– ‘प्रविधि चलाउनु र प्रविधि बुझ्नुमा फरक छ। यसलाई जति बुझ्यो, त्यसको क्षमता उपयोग गर्न सकिन्छ।’
हाल नेपालका सात वटा बैंकका कर्मचारीलाई एआई सिकाइरहेका आलोक अमेरिका, बेलायत र संयुक्त अरब इमिरेट्स (यूएई) मा गएर पनि विभिन्न पेशाकर्मीहरूलाई एआई पढाउँछन्। तर, उनी न त एआई इन्जिनियर हुन्, न वैज्ञानिक। इन्डस्ट्रियल इन्जिनियरिङमा स्नातक गरेका उनी आफूलाई केवल यो विषयको ‘ब्रीज’ ठान्छन्।
भन्छन्, ‘मेरो काम भनेकै एआई प्रयोगकर्तालाई प्रयोग सिकाउने हो’।
आइसेकको त्यो विश्वव्यापी मञ्च
गुल्मी मूल घर भएका आलोकको बाल्यकाल बुबाको सरकारी सरुवाका कारण गुल्मी, दाङ र काठमाडौंमा बित्यो। निजामती कर्मचारी बुबा र नेपाली साहित्यकी प्राध्यापक आमाका छोरा आलोकले एसएलसी र प्लस टु काठमाडौंबाटै पूरा गरे।
पुल्चोक इन्जिनियरिङ कलेजमा कम्प्युटर इन्जिनियरिङ पढ्न खोजेका थिए, ‘र्याङ्किङ’ मा एक सिट पछि परेपछि उनी भारतको पञ्जाब इन्जिनियरिङ कलेजमा इन्डस्ट्रियल इन्जिनियरिङ पढ्न गए। त्यहीं उनको जीवनको बाटो बदलियो। उनी ‘आइसेक’ भन्ने विश्वव्यापी युवा नेतृत्व सङ्गठनसँग जोडिए।
चण्डीगढको स्थानीय समितिको उपाध्यक्षबाट शुरु भएको उनको यात्राले विस्तारै फराकिलो रूप लियो। नेपालमा यो सञ्जाल ल्याउन सुरुआती भूमिका खेलेका उनी नेपालकै आइसेकको चुनावमा भने पराजित भए। तर त्यसको आठ महिनापछि उनले भारतको राष्ट्रिय अध्यक्ष पदको चुनाव जिते।
भारतमा संस्थाको ५० वर्षे इतिहासमा स्थानीय समितिको अध्यक्ष नबनीकनै सीधै राष्ट्रिय अध्यक्ष बनेको यो दोस्रो पटक थियो। यो जिम्मेवारीले उनलाई थुप्रै देश घुमाउँदै संयुक्त राष्ट्रसङ्घको साधारण सभासम्म पुर्यायो।
पुनर्निर्माण, जिम ट्रेनर र आयरन–म्यान
अध्ययनपछि नेपाल फर्किएका उनी भूकम्पपछिको पुनर्निर्माणमा जोडिए। विभिन्न इन्जिनियर र स्थानीय उद्यमीसँग मिलेर उनले घर र साना कारखाना बनाउन योगदान पुर्याए। तर, निर्माण क्षेत्रको काम गाह्रो र स्रोत खर्चिलो हुँदा उनलाई ‘आफूले चाहेको काम अझै गर्न नपाएको’ अनुभूति भइरह्यो।
सन् २०१८ तिर उनले एउटा असामान्य निर्णय गरे– आफ्नो अध्ययन र पेशाभन्दा परको ‘जिम ट्रेनर’ बन्ने।

महिनाौंसम्म बिहानदेखि राति १० बजेसम्म जिमको फ्लोरमै बिताउन थाले। ‘म आइसेकको अध्यक्ष थिएँ, दुनियाँभरि घुमेको थिएँ भनेर जिममा कसैले सोध्ने कुरै भएन। त्यहाँ त ‘भाइ तिम्रो मसल छैन’ भनेर संवाद शुरु हुन्थ्यो’ उनी हाँस्दै सम्झन्छन्, ‘त्यसरी काम गर्दा जटिल कुरालाई सरल भाषामा बुझाउने सीप झन् बस्यो।’
योसँगै उनको लगाव खेलकुदतर्फ बढ्यो। पौडी खेल्न समेत नजान्ने उनले ‘आयरन–म्यान’ भन्ने विश्वकै सबैभन्दा कठिन मानिने म्याराथन गर्ने लक्ष्य लिए। जसमा एउटा एथलिटले आराम नलिई पौडी, साइक्लिङ र म्याराथन लगातार पूरा गर्नुपर्छ।
नेपालमा यस्तो तालिमको पूर्वाधार नै नभएको भन्दै धेरैले निरुत्साहित गरे पनि उनले नेपालमै तालिम लिए। सन् २०१९ मा मलेसियामा ‘हाफ आयरन–म्यान’ पूरा गरेका उनले सन् २०२२ मा जर्मनीको फ्र्याङ्कफर्टमा आयोजित ‘फुल आयरन–म्यान’ मा ३.८६ किमि पौडी, १८० किमि साइक्लिङ र ४२.२ किमिको म्याराथन एकै दिनमा पूरा गरे। यो उपलब्धि हासिल गर्ने उनी पहिलो नेपाली हुन्।
असफल स्टार्टअप र एआई साक्षरताको जन्म
भन्नै परेन, उनी एक्सपेरिमेन्टल हुन् ? तर कतिसम्म ? हो, त्यसको कुनै सीमा छैन। आलोकले स्वास्थ्य क्षेत्रमा दुईवटा स्टार्टअप शुरु गरे। तर ‘एक्रिबिया हेल्थ टेक’ र ‘डन्ट नो डट हेल्थ’ नामक दुवै परियोजना अपेक्षित रूपमा अगाडि भने बढेनन्।
यो असफलताले उनलाई लाग्यो- डेटा साइन्सको ज्ञान र व्यवसायलाई स्केलिङ गर्ने आइडिया अनिवार्य छ। उनी अब यो सीप विकासमा लागे। तर सिलिकन भ्यालीको प्रख्यात स्टार्टअप एक्सिलेरेटर ‘वाइ–कम्बिनेटर’ को अन्तर्वार्ता राउन्डसम्म पुगेर पनि उनी छनोट हुन सकेनन्। त्यसपछि उनी मास्टर्स डिग्री पूरा गर्न चीनको बेइजिङतर्फ लागे।
सन् २०२२ को अन्त्यतिर च्याटजीपीटी सार्वजनिक भएपछि भने आलोकले नयाँ सम्भावना देखे। एआईको सबैभन्दा ठूलो असर गैर–प्राविधिक जनशक्तिमा पर्ने उनले बुझे।
नेपाल फर्किएर किङ्ग्स कलेज र नामी (नेपाल एप्लाइड म्याथमेटिक्स एन्ड इन्फर्मेटिक्स इन्स्टिच्युट फर रिसर्च) मा काम गरेपछि उनले एआईलाई जनमानसमा लैजाने अभियानमा अघि बढ्न खोजे। तर त्यसका लागि सहकार्यको अनिवार्य थियो।
डा. विशेष खनालसँगको सहकार्यमा सन् २०२५ मा ‘ट्यान्जिबल करियर्स’ को जन्म भयो, जसको मुख्य उद्देश्य हो- नेपालका पेशाकर्मीलाई व्यावहारिक एआई सीप सिकाउने। उनी अहिले त्यही कर्ममा छन्।

तीन तहमा एआईको खाका
व्यक्ति, संस्था र देश– यी तीन तहमा एआईको प्रभाव र सम्भावनालाई बुझाउन आलोकले तीन फरक संरचना खडा गरेका छन्।
व्यक्तिका लागि ‘ट्यान्जिबल करियर्स’, संस्थाहरूमा परामर्श सेवाका लागि ‘मुभमेन्टम सिफ्ट टेक कन्सल्टेन्ट’ (एमएसटीसी), र राष्ट्रिय स्तरमा समिट ल्याब्स नामक गैरनाफामूलक अवधारणामा उनले काम गरिरहेका छन् । यसको मुख्य उद्देश्य नेपाल जस्ता सानो देशले एआई युगमा आफ्नो गति कसरी बढाउने भन्ने नै हो। यससँगै उनले ‘पोस्ट एआई नेशन’ नामक पडकास्ट पनि शुरु गरेका छन्।
‘एआईसँग अभ्यस्त नभए अबको समय कठिन छ’ आलोक भन्छन्, ‘यसलाई जति चलाइन्छ र बुझिन्छ, त्यति नै सहज हुन्छ। हाम्रो उद्देश्य आम मानिसलाई एआई पढाउनु र यसको साक्षरता बढाउनु हो।’
आफ्नो प्रारम्भिक करिअरमा लगातार ‘हिट एन्ड ट्रायल’ गरिरहेका आलोक आज भने प्राविधिक युगको सबैभन्दा आवश्यक पुल बनेर उभिएका छन्।
ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी