Comments Add Comment

अध्यादेश

List Grid
ओलीलाई भेट्न प्रचण्ड बालुवाटारमा

२ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । बिहीबार संवैधानिक परिषदको बैठक बोलाएका ओलीले उक्त बैठकअघि छलफल गर्न चाहेपछि प्रचण्ड बालुवाटार गएका प्रचण्डनिकट स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीले बिहीबार बेलुका छ बजे संवैधानिक परिषदको बैठक बस्ने भनी […]

प्रधानमन्त्रीले फेरि बोलाए संवैधानिक परिषद्को बैठक, देउवा नजाने

२ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने सहमति गरेकै भोलिपल्ट संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले बुधबार मात्र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अध्यादेश फिर्ता लिने सहमति गरेका थिए । नेकपा स्थायी कमिटीले पनि अध्यादेश फिर्ताको निर्णय गरेको थियो । तर बिहीबारसम्म अध्यादेश फिर्ताको सूचना राष्ट्रपति कार्यालयबाट आएको छैन […]

पार्टीले भन्दावित्तिकै अध्यादेश फिर्ता हुँदैन, नयाँ प्रक्रिया सुरु हुन्छ : ईश्वर पोखरेल

२ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएर सरकारले गल्ती नगरेको भन्दै त्यसलाई अतिरञ्जित ढंगले नबुझ्न आग्रह गरेका छन् । उनले उक्त अध्यादेशलाई राजा महेन्द्रको पालामा भएको पुस १ गतेको राजनीतिक ‘कू’सँग जोड्नु पनि बेकार हुने बताए । हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा कुरा […]

२४ घण्टा नटिक्ने अध्यादेशमा राष्ट्रपतिको लालमोहर मोह

१ पुस, काठमाडौं । ७ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश ल्याउने निर्णय गर्‍यो । राष्ट्रपति कार्यालयबाट त्यो अध्यादेश २१ मंसिरमा मात्रै जारी भयो । मिलापत्र गराएर बलात्कारी जोगाउनेलाई कारवाही गर्नेसम्बन्धी अध्यादेश सरकारले सिफारिस गरेको अध्यादेश जारी गर्न राष्ट्रपति कार्यालयले कम्तीमा दुई हप्ता लगायो । मंगलबार बसेको भनिएको मन्त्रिपरिषद् बैठकले […]

अध्यादेश ल्याउनु सर्वसत्तावादी र अलोकतान्त्रिक कार्य : राप्रपा

१ पुस, काठमाडौं । राष्ट्रिय प्रजातान्त्र पार्टीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गर्नु सरकारको सर्वसत्तावादी  र अलोकतान्त्रिक कार्य भएको बताएको छ । बुधबार राप्रपाको केन्द्रीय सचिवालय  कार्यव्यवस्था  समितिको बैठकले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गर्ने प्रक्रिया र अध्यादेशको विषयवस्तु दुवैले संविधानको चिरहरण गरेको ठहर गरेको हो । अध्यादेशले संविधानको मर्म र भावनामाथि गम्भीर प्रहार गरेको पनि राप्रपाले […]

अध्यादेश फिर्ता लिन प्रधानमन्त्री सहमत, स्थायी कमिटी बैठकमा सहभागी

१ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन सहमत भएका छन् । यो सहमतिसँगै बालुवाटारमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ र, बैठकमा अध्यक्ष ओली पनि सहभागी छन् । सरकारले मंगलबार मात्र अध्यक्षसहित तीन जनाकै उपस्थितिमा संवैधानिक परिषद्को बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएको […]

अध्यादेश र हस्ताक्षर दुबै फिर्ता गराएर ओली र प्रचण्डलाई मिलाउने प्रयास

१ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठकको रोकेर बालुवाटारमा बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच वार्ता भएको छ । दुई अध्यक्षवीच वार्ताको संयोजन स्थायी कमिटीका नेताहरु सुवासचन्द्र नेम्वाङ शंकर पोखरेल र घनश्याम भुसालले गरेका छन् । साथमा महासचिव विष्णु पौडेल पनि छन् । ‘हामीले दुई अध्यक्षबीचको छलफलको समन्वय गरेका हौं, […]

अध्यादेश खारेजको माग गर्दै सर्वोच्चमा रिट दर्ता

१ पुस, काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री, मन्त्रिपरिषद्, संवैधानिक परिषदलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् । रिटको पेसी शुक्रबारका लागि तोकिएको छ । अध्यादेशले संविधानको धारा २८४ मा अन्तरनिहित संविधानको आधारभूत संरचनासंग सम्बन्धित विषय, संविधानवादका आधारभूत मूल्यमान्यता, संवैधानिक […]

अब प्रधानन्यायाधीश संवैधानिक परिषद बैठकमा जान मिल्दैन : राधेश्याम अधिकारी

१ पुस, काठमाडौं । वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले अध्यादेशसम्बन्धी रिट सर्वोच्च अदालतमा पुगेकाले संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सहभागी हुन नमिल्ने बताएका छन् । सरकारले मंगलबार अध्यक्षसहित बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो । त्यसविरुद्ध कानुन व्यवसायीले तीन वटा रिट लिएर सर्वोच्च अदालत  पुगेका छन्, जसमध्ये ओमप्रकाश अर्यालको […]

अध्यादेश फिर्ता लिएर संसदको अधिवेशन बोलाउन जसपाको माग

१ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन माग गरेको छ । सरकारले मंगलबार ल्याएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश फिर्ता लिएर संसदको अधिवेशन बोलाउनुपर्ने उसको माग छ । जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, […]

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज हुनुपर्छ : शान्ति समाज

१ पुस, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले राष्ट्रपतिद्वारा जारी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गर्न माग गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति कार्यालयद्वारा बुधबार जारी संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश प्रतिगमनको सिंढी भएको समाजको ठहर छ । ‘एकाधिकारवादी चरित्र प्रदर्शन गर्दै जारी भएको यो अध्यादेश प्रतिगमनको पहिलो सिंढी […]

अध्यादेशपछि सरकार झन् स्वेच्छाचारी र निरंकुश : सीपी मैनाली

१ पुस, काठमाडौं । नेकपा मालेले सरकारले मंगलबार ल्याएइको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन माग गरेको छ । पार्टी महासचिव सीपी मैनालीले बुधबार विज्ञप्ति जारी गरी अध्यादेशले सरकारलाई झन् स्वेच्छाचारी र निरंकुश बनाउने बताएका छन् । ‘आफ्नै वैधताबारे प्रश्न बोकी आएको उक्त अध्यादेशले राष्ट्रपति र प्रधानमन्त्रीबारे विविध कोणबाट प्रश्न र विरोध गर्ने ठाउँ दिएको मात्र […]

प्रचण्डलाई ओलीको फोन : शीतल निवास पुर्‍याएको हस्ताक्षर फिर्ता ल्याउनुस्

१ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फेरि भेटवार्ता सुरु भएको छ । नेकपाका सांसदद्वय भीम रावल र पम्फा भुसाल संघीय संसदको विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए । यो सूचना पाएलगत्तै प्रधानमन्त्री ओलीले अर्का प्रचण्डलाई फोन गरेका छन् […]

नेकपा स्थायी कमिटी बैठक सुरु गर्न ओलीको प्रतीक्षा

१ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकका लागि नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भएका छन् । तर अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली नआइपुगेका कारण बैठक सुरु हुन सकेको छैन । बैठक अगाडि बुधबार विहान ओली र प्रचण्ड बीच भेटवार्ता भएको थियो । करिब आधा घण्टा छलफल गरेर […]

अध्यादेश खारेजको रिट लिएर सर्वाेच्च पुगे अर्याल

१ पुस, काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्याल सर्वोच्च अदालत पुगेका छन् । तर, रिट दर्ता भइसकेको छैन । अर्यालको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री, मन्त्रिपरिषद्, संवैधानिक परिषदका सदस्यहरुलाई विपक्षी बनाएको छ । परिषद्का सदस्य प्रधानन्याधीश पनि हुने भएकाले यो रिटमा उनलाई समेत विपक्षी बनाइएको छ । अध्यादेशले संविधानको धारा २८४ […]

नेकपा बैठक : के अध्यादेश फिर्ता हुन्छ ?

१ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज दिउँसो प्रधानमन्त्र निवास बालुवाटारमा बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा पार्टी विवादबारे छलफल गर्ने तयारी छ । गएको मंसिर २१ मा बैठक सुरु गर्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उद्घाटन मन्तव्य र अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको दुई […]

प्रधानमन्त्रीमाथि प्रश्न : अब संसद अधिवेशन बोलाउने कि दल विभाजन अध्यादेश ल्याउने ?

१ पुस, काठमाडौं । आगामी १६ दिनभित्र संघीय संसद बैठक बस्नुपर्ने संवैधानिक बाध्यता छ । त्यसको केही दिनअघि सरकारले संवैधानिक परिषदसम्बन्धी संशोधन अध्यादेश ल्याएपछि चौतर्फी विरोध भएको छ । प्रमुख विपक्षी नेपाली कांग्रेसले आज (बुधबार) सरकारको कदमबारे छलफल गर्न पदाधिकारीहरुको बैठक डाकेको छ ।  कांग्रेस सभापति देउवाले सभामुखलाई विश्वासमा नलिई कोरम पुगेन भन्नु हास्यास्पद भएको […]

प्रधानमन्त्रीसहित ३ जनाकै उपस्थितिमा संवैधानिक परिषद बैठक

३० मंसिर, काठमाडौं । सरकारले प्रधानमन्त्रीसहित तीन जनाको उपस्थितिमा संवैधानिक परिषदको बैठक गर्न सक्ने गरी अध्यादेश ल्याएको छ । अध्यादेशसँगै मंगलबार साँझ परिषदको बैठक बसेको छ । संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन २०६६ ले परिषदको बैठक बस्न अध्यक्ष र कम्तीमा चार सदस्य सहभागी हुनुपर्ने साविकको व्यवस्था थियो । तर सरकारको सिफारिसमा अध्यक्षसहित तत्काल […]

अध्यादेश त आयो, अब नेकपामा के हुन्छ ?

३० मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग परामर्श गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान ९ बजे संवैधानिक परिषदको बैठक बोलाए । देउवा, प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना प्रधानमन्त्रीनिवास बालुवाटार पुगे । तर, सभामुख अग्नि सापकोटा अनुपस्थित रहेकाले बैठक रोकियो । आवश्यक गृहकार्य र समन्वय नभएको […]

बालुवाटारबाट धपाइएका सभामुखको दुःख !

३० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वभौम संसदलाई बालुवाटारको छायाँजस्तै बनाएको आरोप प्रतिपक्ष र सत्तापक्ष दुबैतर्फबाट लाग्दै आएको छ । उसोभए संसदको नेतृत्व गर्ने सभामुख अग्नि सापकोटाको भूमिकाचाहिँ के–कस्तो छ त ? संवैधानिक परिषदको बैठकमा अनुपस्थित भएपछि सभामुख सापकोटा यतिबेला चर्चामा आएका छन् । नेकपा स्थायी कमिटीको तत्कालीन सदस्य रहेका सापकोटा सभामुख बन्दै […]

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त खारेज हुनुपर्छ : प्रचण्ड

३० मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त खारेज गर्न माग गरेका छन् । बहुमत सदस्यकै उपस्थितिमा परिषद् बैठक बस्न सक्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अध्यादेश जारी गरेकी थिइन् । तर सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले स्थायी कमिटीको बैठक चलिरहेका बेला पार्टीमा परामर्श नगरी अध्यादेश […]