Comments Add Comment

अर्बपति

List Grid
यी हुन् प्रविधि क्षेत्रका सबैभन्दा धनी ५० अर्बपति

फोर्ब्स म्यागेजिनले हालै विश्वका अर्बपतिहरुको आफ्नो वार्षिक सूची सार्वजनिक गर्‍यो । महामारीका बाबजुत सन् २०२० मा विश्वमा ४९३ जना नयाँ अर्बपति थपिए भने विद्यमान सम्पत्तिमा अभूतपूर्व रुपमा ५ ट्रिलियन डलरले वृद्धि भएको फोर्ब्सले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । अर्बपतिहरुको सूचीमा लगातार चौथो वर्ष पनि अमेजनका सीईओ जेफ बेजोसले पहिलो स्थान कब्जा गरेका छन् । […]

चीनमा एकैवर्षमा थपिए २१० अर्बपति

२६ चैत, काठमाडौं । चीनमा पछिल्लो एक वर्षमा २१० जना अर्बपति थपिएका छन् । विश्वप्रसिद्ध फोब्र्स म्यागजिनले सार्वजनिक गरेको सूचीअनुसार पछिल्लो एक वर्षमा चीनमा सबैभन्दा धेरै अर्बपति थपिएका हुन् । यससँगै चीनमा कुल अर्बपतिको संख्या ६९८ पुगेको छ । फोब्र्सको सूचीअनुसार सबैभन्दा धेरै अमेरिकामा ७२४ जना अर्बपति छन् । भारतमा १४० जना छन् । कोरोना […]

आफ्नै बलबुतामा उभिएकी प्रविधि जगतकी कान्छी अर्बपति

सायद यसअघि उनको नाम धेरैले सुनेका थिएनन् । तर यो पटकको फोर्ब्सको विश्वका अर्बपतिको सूचीमा पहिलोपटक उनको प्रवेशसँगै त्यसले एकखालको तरंग ल्यायो । डेटिंग एप बम्बलकी संस्थापक हि्वट्नी वल्फ हर्ड विश्वका डलर अर्बपतिहरुको सूचीमा समावेश भएकी छिन् । अर्बपति सूचीमा परेकी अमेरिकी मोडेल किम कार्दाशिनका विषयमा अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा मनग्गे समाचार आएका छन् । तर […]

महामारीमा सर्वाधिक कमाउने अर्बपतिहरुः अमेजनदेखि टेस्लाका मालिकसम्म

विश्वमा फैलिरहेको कोरोना भाइरस महामारीका कारण अधिकांश उद्योग व्यवसायहरु कतिपय ठप्प छन् भने कहीँ घाटामा चलिरहेका छन् । करोडौँ मानिसहरुका लागि महामारीले संकट सिर्जना गरेको छ, रोजगारी तथा व्यवसाय गुमेको छ । महामारीबाटै १६ लाख भन्दा धेरैको मृत्यु भैसकेको छ भने कैयन् मुलुकहरु आर्थिक संकटमा धकेलिएका छन् । तर दुनियाँका केही अर्बपति यस्ता छन्, जसलाई […]

टेस्ला सीईओ मस्क बने विश्वकै चौथो धनी व्यक्ति, ८ महिनामै थपियो ६० खर्ब सम्पत्ति

चर्चित कम्पनी टेस्ला तथा स्पेस एक्सका सीईओ अमेरिकी अर्बपति एलोन मस्क विश्वका सर्वाधिक धनी व्यक्तिको चौथो स्थानमा उक्लिएका छन् । ब्लुम्बर्गको रिपोर्टअनुसार चालू वर्ष सन् २०२० सुरु भएयता मात्रै मस्कको सम्पत्ति ५७ अर्ब डलर थपिएको छ । बिहीबार टेस्ला कम्पनीको शेयर मूल्यमा ११ प्रतिशतको बढोत्तरी भएसँगै एकैदिन मस्कको सम्पत्ति ७ अर्ब ८० करोड डलरले बढ्यो […]

साउदी अरेबका १० अर्बपति फोर्ब्सको सूचीबाट ‘गायब’ 

न्यूयोर्क, २३ फागुन । गत वर्ष अर्बपतिको सूचीमा रहेका फोर्ब्सले साउदी अरेबियाका राजकुमार अवालिद बिन तलालसहित अन्य ९ जनाको नाम समावेश गरेको थियो । तर, यस वर्षको सूचीबाट साउदीअरबका कसैको पनि नाम छैन । उनीहरुको सम्पत्तीको बारेमा एकिन जानकारी नपाएका कारण सूचीबाट हटाएको फोर्ब्सले जनाएको छ । तेलको मूल्यमा भएको भारी गिरावटसँगै साउदीले अहिले ठूलो मात्रामा […]

क्यानडाका अर्बपति नेपाली जेलमा

८ असोज, काठमाडौं । अर्नेष्ट फेनविक म्याकन्टोस क्यानडाको न्याय प्रशासनमा निकै चर्चित नाम हो । उनै म्याकन्टोसका कारण तीन वर्षअघि त्यहाँका प्रान्तीय कानुनमन्त्रीले राजीनामा दिनुपरेको थियो । तिनै ७२ वर्षीय म्याकन्टोस २० महिनादेखि नेपाली जेलमा छन् । राम्रेा काम गरेर उनले क्यानडामा चर्चा कमाएका भने होइनन् । बाल यौनदुराचार र न्यायालयमा पैसाको धाकले प्रभाव जमाएका […]

अर्बपतिको अफर: छोरी बिहे गर्नेलाई १८ अर्ब दाइजो

अहिले बिहेको लगन छ । यदि तपाइँ पनि बिहे गर्ने मन बनाइरहनुभएको छ भने यो समाचार एकपटक पढ्नुभयो भने थकथकी लाग्नसक्छ । साँच्ची यो खबर अनुसार यहाँ एकैचोटी दुलहीको पति मात्र होइन अर्बपति समेत हुने मौका छ । वास्तवमा एकजना अर्बपतिले आफ्नी छोरीसँग बिहे गर्ने ज्वाइँलाई १८ करोड नगद दाइजो दिने घोषणा गरेका छन् । […]

बेलायतमा अर्बपति घटे, मित्तल परिवारले २ अर्ब पाउण्ड गुमायो

१२ वैशाख, काठमाडौं । युरोपको सबैभन्दा ठूलो स्टील कम्पनीको मालिक मित्तल परिवारको सम्पत्ति पछिल्लो वर्ष २ अर्ब पाउण्ड भन्दा बढी कम भएको छ । बेलायती पत्रिका सन्डे टाइम्सले अर्बपतिहरुको सूची सार्वजनिक गरेको छ । आर्सेलर मित्तलका मालिक लक्ष्मी मित्तल २००८ मा २७.७ अर्ब पाउण्ड सम्पत्तिका साथ सूचीको शीर्ष स्थानमा थिए । तर, अब उनको सम्पत्ति […]