
एलन मस्कजस्ता अर्बपतिहरू किन यतिधेरै सफल हुन्छन् होला, के तपाईँले कहिल्यै सोच्नुभएको छ ? बिल गेट्ससँग त्यस्तो विशाल धनसम्पत्ति कसरी आयो होला ?
हरेक मानिससँग एक दिनमा जम्माजम्मी २४ घण्टाको समय हुन्छ, चाहे त्यो गरीब तथा सामान्य मानिस होस् वा धनाढ्य मानिस नै किन नहोस् । तर अर्बपतिले त्यहीँ २४ घण्टामा के त्यस्तो गर्छन् र उनीहरू जीवनमा सफल बन्दछन् ? जबकि आम मानिस चाहीँ आफ्नो दैनिकीमै अल्झिरहेका हुन्छन् ।
त्यसोभए के सामान्य मानिसको तुलनामा धनी मानिसहरूको दिमागले साँच्चीकै फरक ढंगले काम गर्ने हो ?
स्नायु विशेषज्ञ तथा लिमिटलेस ब्रेन ल्याबकी संस्थापक समेत रहेकी डाक्टर स्वेता आदातियाले हालै एक पडकास्टमा यसको रहस्य खोलेकी छिन् ।
झिल्कोले बनाउँछ सफल
भनिन्छ, कुनैपनि सफल मानिसमा झिल्को अर्थात् चमक हुनु निकै आवश्यक छ । डाक्टर आदातियाका अनुसार कुनैपनि मानिसको दिमागले जेनेटिक्स (नेचर) अनि वातावरण (नर्चर) मार्फत् आकार लिन्छ ।
उनका अनुसार जसमा बाल्यकालदेखि नै जोश र उत्साह हुन्छ त्यस्ता मानिस भविष्यमा असाधारण बन्दछन् । यसको अर्थ वंशाणु र बाल्यकालको वातावरणले अर्बपतिहरुको सोचलाई निर्धारण गरकेोह हुन्छ । तर यो मात्रै कारण होइन । उनीहरूको सफलताको वास्तविक इन्जिन भनेको उनीहरूको उद्देश्यपरकता हो । अर्बपतिहरु आफ्नो लक्ष्यमा दृढ रहन्छन् ।
हार नखाने क्षमता
डाक्टर आदातियाका अनुसार अर्बपतिहरूले कहिल्यैपनि हार खाँदैनन् । उनीहरूको मानसिक शक्ति र सहनशीलताले उनीहरूलाई अन्य व्यक्तिभन्दा फरक बनाउँछ । उनीहरूले संवेगात्मक अलगावलाई पनि निकै महत्वपूर्ण ठान्दछन् ।
ऋर्बपतिहरू आफ्नो लक्ष्यलाई नतिजामा परिणत गर्नमा माहिर हुन्छन् । अर्थात् आफ्नो इच्छा अनुसारको नतिजा नआउँदा पनि उनीहरू निरास हुँदैनन् । साथै उनीहरूले सन्तुष्टिलाई सफलताको सबैभन्दा ठूलो शत्रु ठान्दछन् । विज्ञका अनुसार जब तपाईं सन्तुष्ट बन्नुहुन्छ, तब वृद्धि रोकिन्छ ।
ठूलो हुन्छ अर्बपतिको दिमागको हिस्सा
अनुसन्धानले के देखाएको छ भने अर्बपतिहरूको मस्तिष्कको कर्टेक्स नामक भाग अन्य आम मानिसको तुलनामा निकै धेरै सक्रिय हुन्छ । मस्तिष्कको यो हिस्सा मानिसमा निर्णय लिने क्षमता, गहिरो ध्यान तथा धैर्यका साथै भावनात्मक नियन्त्रणका लागि जिम्मेवार हुन्छ ।
साइकोलोजी टूडेमा प्रकाशित एक शोध अनुसार ड्युक विश्व विद्यालयका शोधकर्ता जोनाथन वाईले अर्बपतिहरूको मस्तिष्कको अध्ययन गरेका छन् । उक्त अध्ययनबाट आश्चर्यजनक नतिजा प्राप्त भए ।
करीब ४५ प्रतिशत अर्बपतिहरूको मानसिक क्षमता यतिधेरै तेज पाइयो कि उनीहरू विश्वका सबैभन्दा शीर्ष १ प्रतिशत मानिसमध्येमा पर्दछन् । रिपोर्ट अनुसार यो प्रतिशत अमेरिकी सिनेटर (४१ प्रतिशत) र फर्च्युन म्यागेजिनको विश्वका शीर्ष ५०० कम्पनीका सीईओ (३८.६ प्रतिशत) भन्दा पनि धेरै हो ।
यसको अर्थ अर्बपतिहरूको सोचविचार गर्ने क्षमता औषतमा नेता तथा ठूलो कम्पनीका सीईओहरूको भन्दा पनि उच्च्स्तरको हुन्छ ।
न्यू ट्रेडर यूको रिपोर्ट अनुसार अर्बपतिहरूको मस्तिष्कले हरेक खालका समस्याहरूलाई नयाँ तथा सिर्जनात्मक तरिकाले समाधान गर्दछ । फर्च्युन म्यागेजिनमा प्रकाशित रिपोर्ट अनुसार एलन मस्क जस्ता दूरगामी सोच भएका द्रष्टाहरूमा जोखिम मोल्ने प्रवृत्ति तथा दूरदृष्टियुक्त सोच आम मानिसको तुलनामा निकै धेरै हुन्छ । एजेन्सी
प्रतिक्रिया 4