Comments Add Comment

'उद्धार' उडान

List Grid
हजारौं श्रमिक ऋण काढेर फर्किए, निःशुल्क उद्धार पाउने १५६ जना मात्र

१३ पुस, काठमाडौं । २०७६ चैत ११ गतेबाट लकडाउन सुरु भएयता आइतबारसम्म करिब १ लाख ८७ हजार नेपाली वैदेशिक रोजगारीबाट स्वदेश फर्किए । यीमध्ये अधिकांश मलेसिया र ६ वटा खाडी देशबाट फर्किएका छन् । कोरोना महामारीमा रोजगारी गुमाएका र महामारीका कारण डराएकाहरु समेत गरी हजारौं श्रमिक ऋणमाथि ऋण थपेर देश फर्किए । बाध्यात्मक रुपमा देश […]

विदेशबाट उद्धार उडान बन्द

२७ कात्तिक, काठमाडौं । सरकारले गैरआवासीय नेपालीका लागि नेपाल आउने ढोका खुला गरेको छ । नेपाली मुलका गैरआवासीय विदेशी नागरिक र उनीहरुको परिवारका सदस्यलाई यात्रा सुरु गर्नुभन्दा अघि बढीमा ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ रिर्पोटका आधारमा नेपाल प्रवेश अनुमति दिने निर्णय भएको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । उनका अनुसार नेपालस्थित कुटनीतिक नियोग, अन्तर्राष्ट्रिय […]

दसैंमा विदेशबाट नेपाल आउन कति सहज ?

१९ असोज, काठमाडौं । प्रमुख श्रम गन्तब्य मुलुकमा कार्यरत धेरै नेपालीहरु दसैंमा घर आइपुग्न चाहन्छन् । तर यो वर्ष कोरोनाको महामारीले उत्पन्न असहज अवस्थाका कारण आधिकांश श्रमिक भने दसैंमा घर विदामा आउने योजनामा छैनन् । यद्यपि अहिले पनि विगतको लकडाउनका कारण भिसा सकिएर विदेशमा अलपत्र परेका नेपालीहरु स्वदेश फर्किन आतुर छन् । उनीहरुमध्ये धेरैको योजना […]

७६ हजार ९६७ नेपाली स्वदेश फर्किए

१० असोज, काठमाडौं । कोभिड–१९ विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश आएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र(सिसीएमसी) का अनुसार बिहिवारसम्म जहाजमार्फत ३२ मुलुकबाट उक्त संख्यामा नागरिक मुलुक फर्केका हुन् । मुलुक फर्कनेमा सवैभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट २२ हजार २१४ छन् भने सबभन्दा कम श्रीलंकाबाट ५ […]

युएई-काठमाडौं उडानको तालिका सार्वजनिक

युएई । अबुधाबीस्थित नेपाली दूतावासले युएई-काठमाडौंको नियमित हवाइ उडान तालिका सार्वजनिक गरेको छ । दूतावासले बुधबार सूचना जारी गर्दै ५ देखि ३० सेप्टेम्बरसम्मको उडान तालिका सार्वजनिक गरेको हो । सरकारले सेप्टेम्बरदेखि नेपाली नागरिक र तोकिएका विदेशी पर्यटकलाई मात्रै नेपाल लैजाने तयारी गरी नियमित रुपमा युएई-काठमाडौं उडान सञ्चालन गर्ने निर्णय गरेपछि तालिका सार्वजनिक भएको हो । […]

आइतबार ४८० जना यात्रु नेपाल आए, ४२ जना बाहिरिए

१४ भदौ, काठमाडौं । पाँचौ चरणको उद्धार उडानका दौरान आइतबार काठमाडौंमा कुल ८ उडान-अवतरण भए । ती उडानबाट कुल ४८० जना यात्रु नेपाल आएका छन् । ४२ जना यात्रु भने नेपालबाट विदेश उडेका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार भूटानको डु्रक एयरले १ बच्चासहित १० यात्रुलाई काठमाडौंबाट भुटान लगेको छ । नेपाल एयरलाइन्सले मलेसियाबाट १५१ […]

अलपत्र कामदारको उद्धारमा सरकारी जालझेल

सबैलाई जगजाहेर भएको कुरो हो कि नेपाल सरकारले प्रारम्भिक दिनमा विदेशबाट कामदार ल्याउन नै चाहेन । जो जहाँ छौं, त्यहीँ बसौं भन्यो । जबकि कतिपय हामीजस्तै कामदार पठाउने राष्ट्रहरुले योजनावद्ध ढंगले कामदार क्रमशः ल्याएर व्यवस्थापन गरिरहेका थिए । विशेषतः भारतबाट आउनेलाई लामो समय रोक्ने र पछिविना योजना र स्वास्थ्य मापदण्ड पालना नगरी ह्वात्त छाड्नाले कोरोना […]

युएईबाट नेपालीको प्रश्न– रेमिट्यान्सले देश चल्ने, हामी किन नचल्ने ?

९ भदौ, युएई । अर्घाखाँची शितगंगा नगरपालिका घर भई दुवईको एक होटलमा काम गर्दै आएका टोपलाल खनाल ६ महिनादेखि स्वदेश फर्किने टिकटको पर्खाइमा थिए । आफैंले टिकट पाउन नसकेपछि कम्पनीले भदौ १ को टिकट काटिदिएको थियो । तर नेपाल सरकारले भदौ १५ सम्मका लागि सबै उडान स्थगन गर्ने जनाएपछि उनी जाने फ्लाइट क्यान्सिल भयो । […]

दुबईमा अलपत्र परेका नेपालीलाई लिन निगमको जहाज उड्यो

७ भदौ, काठमाडौं । चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अलपत्र परेका नेपालीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाज त्यसतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि दुबई उडेको निगमको जहाज दिउँसो ४ः१५ बजे काठमाडौँ आइपुग्ने तालिका छ । दुबईबाट २६० भन्दा बढी यात्रु लिएर वाइडबडी जहाज साँझ काठमाडौँ आइपुग्ने निगमका प्रवक्ता […]

दुबईबाट रित्तै फर्किंदै नेपाल एयरलाइन्स, एयरपोर्टमा करिब १०० नेपाली यात्रु अलपत्र

२ भदौ, काठमाडौं । सरकारले उद्धार उडान स्थगित गरेपछि दुबई एयरपोर्टमा करिब एक सय नेपाली यात्रुहरु अलपत्र परेका छन् । यात्रुहरुलाई लिन भनेर दुबई पुगिसकेको नेपाल एयरलाइन्सको विमान भने रित्तै फर्किँदै छ । दुबई एयरपोर्टमा करिब एक सय जना नेपाली यात्रुहरु छन् । घर फिर्तीको सबै प्रक्रिया पूरा गरेर एयरपोर्टमा पुगिसकेका उनीहरु प्लेन रित्तै फर्किन […]

विदेशबाट हुने उद्धार उडान अनिश्चितकालका लागि स्थगित

१ भदौ, काठमाडौं । सरकारले कामदारको उद्धारका लागि तय भइसकेका चार्टर्ड उडान स्थगित गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अन्तर्राष्ट्रिय उद्धार उडानहरु स्थगित गर्न पत्र लेखेको छ । त्यसकै आधारमा सरकारले चार्टर्ड उडान स्थगन गरेको हो । गत सोमबारको मन्त्रिपरिषद बैठकले ३ सय जना दूतावासहरुको […]

‘विदेशबाट दैनिक ५ सय जनालाई उद्धार गर्ने निर्णय पुनर्विचार गर’

३२ साउन, काठमाडौं । विदेशमा समस्यामा परेका नेपालीहरुलाई दैनिक ५ सय जनाको दरले मात्रै उद्धार गर्ने निर्णय पुनर्विचार गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल सरकारलाई आग्रह गरेको छ । विदेशमा रहेका नेपालीको जतिसक्दो छिटो उद्धार गर्नुपर्नेमा सरकारको निर्णयले थप समस्या थप्ने भएकाले उद्धार अभियानलाई तीव्र गतिमा अघि बढाउन एनआरएनएले नेपाल सरकारलाई आग्रह गरेको छ । […]

नेपाल वायुसेवा निगमले विदेशबाट १८ हजार नेपालीलाई ल्यायो घर

३१ साउन, काठमाडौं । नेपाल वायुसेवा निगमले नेपालमा लकडाउन शुरु भएयता भएका चार्टर्ड उडानमा १८ हजार यात्रुलाई सेवा दिएको छ । नेपाल एयरलाइन्सका अनुसार शुक्रबारसम्म नेपाल एयरलाइन्सले नेपालीको उद्धारका लागि मात्र कुल ९६ वटा उडान गरेको छ । ती उडानबाट १८ हजार २ सय ३२ जना नेपाली घर फर्किएका छन् । निगमसँग अहिले चार जहाज […]

१ भदौबाट सुरु हुनेछ अर्को चरणको उद्धार उडान

३० साउन, काठमाडौं । सरकारले १ भदौबाट व्यवसायिक उडान खोल्ने घोषणा गरेको थियो । तर, मुलुकभित्र कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले व्यवसायिक उडान स्थगन थप १५ दिन लम्ब्याएको छ । तर, बीचमा भने १५ दिन उद्धार उडानहरु भने नियमित हुने भएका छन् । नेपाल वायुसेवा निगमका अनुसार १७ अगष्टदेखि ३१ अगष्टसम्म अब उद्धार उडान हुने […]

कतारबाट नेपाल फर्कने ९,३८५ जनाको नामावली सार्वजनिक

३० साउन, कतार । कतारबाट नेपाल फर्किने ९ हजार ३ सय ८५ जना नेपालीहरुको सूची नेपाली राजदूतावास दोहाले सार्वजनिक गरेको छ । नेपाल फर्कनका लागि व्यक्तिगत रुपमा ५ हजार ७ सय ५७ जनाले फारम भरेका छन् भने यहाँका कम्पनीले आफ्ना कामदार पठाउन ३ हजार ६ सय २८ जनाको विवरण दूतावासलाई बुझाएका छन् । २६ जुन […]

उद्धार उडानमा फर्किनेबाट ‘सुन तस्करी’

२५ साउन, काठमाडौं । प्रहरीले सुन तस्करीमा संलग्नको अभियोगमा उद्धार उडानमार्फत नेपाल फर्किएका ३ जनालाई पक्राउ गरेको छ । कोरोना महामारीका कारण विदेशमा अप्ठेरोमा परेका नेपालीलाई उद्धार गर्न गरिएको चार्टर्ड फ्लाइटमा आएकाहरु सुनजस्तो देखिने धातुसहित पक्राउ परेका प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा सोनाम लामा नाम गरेका २ जना, सीता स्याङ्तान र धनबहादुर बिके […]

फर्किए ३१ हजार नेपाली, ५० हजारभन्दा बढी उद्धारको प्रतिक्षामा

४ साउन, काठमाडौं । सरकारले चार्टर्ड उडान सुरु गरेयता हवाईमार्गबाट झण्डै ३१ हजार नेपाली स्वदेश फर्किएका छन् । सरकारको अनुमानमा अझै ५० हजार नेपाली स्वदेश फर्काइहाल्नुपर्ने अवस्थामा छन् । नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई चार्टर्ड उडानको जिम्मा दिइएको छ । केही दूतावासहरुले सम्बन्धित देशको विमानमार्फत पनि नेपालीलाई फर्काएका छन् भने कुवेतले आफ्नै खर्चमा जजिरा एयरलाइन्समार्फत […]

अस्ट्रेलियामा उद्धार उडानको टिकट मिलाइदिने भन्दै ठगी गर्ने गिरोह सक्रिय

सिड्नी । अस्ट्रेलियाबाट नेपालतर्फको उद्धार उडानमा सिट सुरक्षित गरिदिने भन्दै ठगी गर्ने गिरोह सक्रिय भएको छ । गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका प्रतिनिधि भन्दै नेपाल फर्किन चाहेका केही नेपालीहरुलाई उनीहरुले टेलिफोन गर्दै नगद रकम दिन र आफ्नो सिट सुरक्षित गर्न भनिरहेका छन् । गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले यस्ता ठगसँग सचेत रहन, कसैलाई पनि नगद रकम नदिन […]

टिकट काट्न नसक्ने श्रमिक मलेसिया र खाडीमै ‘बन्धक’

१ साउन, काठमाडौं । गोरखाको सिराञ्चोक गाउँपालिकाका सरोज थापा मलेसियामा ४ महिनादेखि अलपत्र छन् । सरकारले जेठ २३ गतेबाट ‘उद्धार उडान’ सुरु गरेपछि उनलाई नेपाल फर्किन पाइन्छ भन्ने ठूलो आश थियो । तर चार्टर्ड उडानको भाडा अचाक्ली महँगो भएपछि उनी टिकट काट्न असमर्थ भए । मलेसियाको नेपाली दूतावासले उनको नाममा प्राथमिकताक्रममा अघि नराखेको पनि होइन […]

पहिलो चरणमा मलेसियाबाट ३३२२ जना नेपालीको उद्धार

२८ असार, काठमाडौं । पहिलो चरणमा मलेसियाबाट ३३२२ जना नेपालीको उद्धार गरिएको छ । कोरोना भाइरस (कोभिड-१९)का कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई घर फर्काउन सञ्चालन गरिएको पहिलो चरणका उडानमार्फत उनीहरुको उद्धार गरिएको हो । नेपाल एयरलाईन्स, हिमालय एयरलाईन्स र मालिन्दो एयरबाट समेत गरी २१ वटा उडानमार्फत ३३२२ जना नागरिकहरु नेपाल फर्किएका हुन् । पहिलो उडान […]

काठमाडौंबाट आज ११ अन्तर्राष्ट्रिय उडान

२० असार, काठमाडौं । नेपालीको उद्धारका लागि आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ अन्तर्राष्ट्रिय उडान हुँदैछन् । विभिन्न मुलुकबाट गरिने उद्धारका लागि हुनलागेको उडानमध्ये नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सका जहाज अवतरण हुने तालिका छ भने अन्य एयरलाइन्स त्रिभुवन विमानस्थलमा अवतरण गरेर पुनः फर्कने जनाइएको छ । नेपाल एयरलाइन्सका दुई जहाज साउदी अरेबियाको रियाद […]