Comments Add Comment

ऊर्जा मन्त्रालय

List Grid
ऊर्जा मन्त्रालयले गर्‍यो सहसचिवहरूको सरूवा

१९ साउन, काठमाडौं । ऊर्जा मन्त्रालयले केही उच्च पदस्थ कर्मचारीको सरुवा गरेको छ । मन्त्रिस्तरीय निर्णयका आधारमा सरुवा गरिएको मन्त्री भुसालको सचिवालयले जानकारी दिएको छ । विद्युत् विभागका महानिर्देशक नविन सिंहलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा गरिएको छ । यस्तै विभागमा सहसचिव सन्दीपकुमार देवलाई लगिएको छ । देव यसअघि जल तथा ऊर्जा आयोगमा कार्यरत […]

विद्युत् उत्पादन कम्पनी बजेटविहीन, घिमिरेको नियुक्तिबारे खोजविन हुँदै

१३ साउन, काठमाडौं । विद्युत उत्पादन कम्पनी लिमिटेड (भीयूसीएल) वाषिर्क बजेट र कार्यक्रमविहीन भएको छ । हाल निलम्बनमा रहेका कम्पनीका प्रवन्ध सञ्चालक अनन्तराज घिमिरेले समयमै बजेट बनाउन चासो नदिँदा कम्पनी योजनाविहीन हुन पुगेको हो । कम्पनीको नियम अनुसार साउन १अघि नै घिमिरेले कम्पनीको चालु आर्थिक वर्ष (आव)२०७८/७९को बजेट बनाएर बोर्डबाट पारित गराउन सकेका थिएनन् । […]

घिमिरेलाई विद्युत् उत्पादन कम्पनीमा प्रमुखका रूपमा काम गर्न रोक

६ साउन, काठमाडौं । विद्युत उत्पादन कम्पनी लिमिटेडले प्रवन्ध सञ्चालक (कार्यकारी प्रमुख) अनन्तराज घिमिरेलाई प्रवन्ध सञ्चालकका रुपमा काम गर्न रोक लगाएको छ । मंगलबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले मध्यपश्चिम विश्वविद्यालयबाट आएको पत्रबारे स्पष्ट गर्न घिमिरेलाई १५ दिनको समय दिएको छ । सो अवधिसम्म घिमिरेलाई कार्यकारी प्रमुखको हैसियतमा गर्ने काम गर्न रोक लगाइएको कम्पनी स्रोतले […]

अध्ययन बिदा लिएर राजनीतिक नियुक्ति

४ साउन, काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयका एक जना डीनले अध्ययन बिदा लिएर राजनीतिक नियुक्ति लिएको खुलासा भएको छ । इन्जिनियरिङ संकायका डीन अनन्तराज घिमिरेले अध्ययन बिदा लिएर ऊर्जा मन्त्रालय अन्तर्गतको विद्युत उत्पादन कम्पनी लिमिटेडको म्यानेजिङ डाइरेक्टर (प्रबन्ध निर्देशक) पदमा राजनीतिक नियुक्ति लिएका हुन् । सो कम्पनीको अध्यक्ष ऊर्जा मन्त्रालयको सचिव हुने व्यवस्था छ । सहप्राध्यापक […]

१८ घण्टे लोडसेडिङका साक्षी टोपबहादुरको ऊर्जामा कमब्याक

१३ पुस, काठमाडौं । टोपबहादुर रायमाझी २०७३ साल साउनमा ऊर्जा मन्त्रालयबाट विदा हुँदै गर्दा देशमा दैनिक १० घण्टाभन्दा बढी लोडसेडिङ थियो । हिउँदमा १८ घण्टा लाइन काट्ने गरी क्रमैसँग लोडसेडिङ बढाउँदै जाने तालिका विद्युत प्राधिकरणमा तयार थियो । रायमाझी उर्जामन्त्रीबाट हटेको तीन महिना नबित्दै काठमाडौं उपत्यकाबाट सदाका लागि लोडसेडिङ हट्यो । जब कि ऊर्जा मन्त्रालय […]

अर्थ मन्त्रालयको स्वीकृतिपछि विद्युत् नियमन आयोग गठन प्रक्रिया शुरु 

१६ माघ, काठमाडौं । चर्चामा आएको १६ वर्षपछि सरकारले विद्युत् नियमन आयोग गठनको प्रक्रिया अगाडि बढाएको छ । ‘विद्युत् नियमन आयोग ऐन २०७३’ को प्रावधानका आधारमा ऊर्जा मन्त्रालयले तयार पारेको आयोग गठन सम्बन्धी नियमावलीलाई अर्थ मन्त्रालयले स्वीकृति प्रदान गरेपछि आयोग गठनको प्रक्रिया शुरु भएको हो । ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेशकुमार घिमिरेका अनुसार आइतबार […]

सञ्चयकोषका लगानीकर्तालाई कर्णाली जलविद्युतमा सेयर, ऊर्जाले दियो अनुमति

७ जेठ, काठमाडौं । सरकारले कर्मचारी सञ्चयकोषमा कोष कट्टी गर्दै आएका कर्मचारीको लगानीमा कुल ६८० मेगावाट क्षमताको कर्णाली जलविद्युत् आयोजना निर्माणका लागि अनुमति प्रदान गरेको छ । ऊर्जा मन्त्रालयले कर्मचारी सञ्चय कोषलाई आज सो आयोजना अगाडि बढाउने अनुमति प्रदान गरेको हो । ऊर्जा मन्त्री जनार्दन शर्माको उपस्थितिमा ऊर्जा सचिव अनुपकुमार उपाध्यायले कोषका प्रशासक कृष्णप्रसाद आचार्यलाई […]

कर्णालीका सबै परिवारलाई तिला जलविद्युतमा १-१ लाखको सेयर दिलाउने ऊर्जामन्त्रीको निर्णय

१३ फागुन, काठमाडौं । ऊर्जा मन्त्रालयले कर्णालीका ५ वटै जिल्लाका प्रत्येक घर परिवारलाई जलविद्युत आयोजना-१ मा कम्तिमा एक-एक लाखको सेयर दिलाउने निर्णय गरेको छ । ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले  यसका लागि ४ सय ४० मेगावाटको तिला जलविद्युत आयोजनालाई अघि बढाउने निर्णय गरेका छन् । ऊर्जा मन्त्रालयले एससी पावर कम्पनीसँग सर्वेक्षण अनुमतिपत्र रहेको उक्त आयोजनामा कर्णालीका […]

प्राधिकरणको सञ्चालक समितिद्वारा थ्री गर्जेजसँगको सम्झौता अनुमोदन

५ माघ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिले पश्चिम सेती जलाशययुक्त आयोजना निर्माणका लागि चाइना थ्री गर्जेजसँग भएको ज्वाइन्ट भेन्चर सम्झौता अनुमोदन गरेको छ । सञ्चालक समितिको बुधबारको बैठकले गर्जेजसँगको सम्झौता अनुमोदन गर्दै कार्यान्वयनका लागि सम्वन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरेको प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । सोमबार प्राधिकरण र थ्री गर्जेजबीच पश्चिम सेती […]

कुलमानलाई सर्वोच्चको तगारो ! तीन सञ्चालक हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश

१३ पुस, काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका तीन सदस्यलाई हटाउने ऊर्जा मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ । साथै सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ । लोडसेडिङ अन्त्य गर्ने अभियानमा अवरोध गरेको भन्दै मन्त्रालयले ४ पुसमा सञ्चालक समिति सदस्यहरु लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेलाई हटाएको […]

जलविद्युतमा नागरिक लगानीको ढोका खुल्यो, उत्पादन कम्पनी दर्ता

६ मंसिर, काठमाडौं। सरकारले नेपाली नागरिकलाई जलविद्युत् आयोजनामा लगानी गर्न दिने व्यवस्थासहित विधिवत् रुपमा जलविद्युत् उत्पादन कम्पनी स्थापना गरेको छ । ‘नेपालको पानी जनताको लगानी’ भन्ने नाराका साथ ऊर्जा मन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको ३७ बुँदे कार्ययोजनाका आधारमा ऊर्जा मन्त्रालयले कम्पनी रजिष्टारको कार्यालयमा कम्पनी दर्ता गरेको हो । कम्पनी दर्ता भएसँगै नेपाली जनतालाई आफ्नो क्षमताअनुसार […]

पञ्चेश्वर आयोजनाको डिपिआर अध्ययन लम्बियो

२४ जेठ, काठमाडौं । नेपाल र भारतको सीमा नदी महाकालीमा निर्माण हुने पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)को अध्ययन कार्य सम्पन्न गर्न अझै केही समय लाग्ने भएको छ । गत फागुन २१ गते सम्पन्न भएको गभर्निङ काउन्सिल (सचिवस्तरीय) को बैठकले आयोजनाको डिपिआरको अध्ययन कार्य आगामी असार १५ सम्म सक्ने सहमति गरेको थियो । आयोजनाले […]