
News Summary
Generated by OK AI. Editorially reviewed.- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र दक्षिण कोरियाली राजदूत पार्क ताइ योङबीच द्विपक्षीय सहकार्य र जीआइसीसी २०२५ को तयारीबारे शिष्टाचार भेट भएको छ।
- राजदूत पार्क ताइ योङले ३५ देशले जीआइसीसी २०२५ मा सहभागिता सुनिश्चित गरेको जानकारी दिँदै नेपालका ऊर्जा परियोजनाहरूलाई अन्तर्राष्ट्रिय जगतमा प्रस्तुत गर्न महत्वपूर्ण अवसर भएको बताए।
- मन्त्री खड्काले कोरियाली सहयोग र लगानीप्रति आभार व्यक्त गर्दै प्रसारणलाइन र ऊर्जा पूर्वाधार परियोजनामा सहकार्यलाई सकारात्मक मोडमा अघि बढाइरहन प्रतिबद्धता जनाए।
१० भदौ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ताइ योङबीच शिष्टाचार भेट भएको छ ।
भेटका क्रममा द्विपक्षीय सहकार्यका विषयमा कुराकानी भएको ऊर्जा मन्त्रालयले जनाएको छ ।
भेटका क्रममा आगामी सेप्टेम्बर १६–१८ मा हुने ग्लोबल इन्फ्रास्ट्रक्चर कर्पोरेशन कन्फरेन्स (जीआइसीसी) २०२५ को तयारी सम्बन्धी विषयमा समेत कुराकानी भएको थियो ।
राजदूत योङले हालसम्म ३५ देशले उक्त कार्यक्रममा सहभागिता सुनिश्चित गरिसकेको जानकारी दिँदै नेपालका ऊर्जा परियोजनाहरूलाई अन्तर्राष्ट्रिय जगतमा प्रस्तुत गर्न यसलाई महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्न सकिने विश्वास व्यक्त गरे ।
सो अवसरमा अपर त्रिशुली–१ जलविद्युत आयोजना र प्रसारणलाइन आयोजनासहित नेपालमा कोरियाली सहयोगमा अघि बढिरहेका विभिन्न परियोजनाका बारेमा समेत भएको छ ।
मन्त्री खड्काले नेपालमा भइरहेको कोरियाली सहयोग र लगानीप्रति आभार व्यक्त गर्दै प्रसारणलाइन र अन्य ऊर्जा पूर्वाधार परियोजनामा भइरहेको सहकार्यलाई सकारात्मक मोडमा अघि बढाइरहन प्रतिवद्धता जनाए ।
उनले नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा अझ थप कोरियाली लगानी आकर्षित हुने विश्वास व्यक्त गरे ।
दुवै पक्षले जीआईसीसी २०२५ मार्फत नेपालको जलविद्युत क्षेत्रका सम्भावना तथा लगानी अवसरलाई उजागर गर्न सकिने र यसले द्विपक्षीय ऊर्जा सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया 4