
News Summary
Generated by OK AI. Editorially reviewed.- स्वयम्भूस्थित आर्टुडियोले हङकङका कलाकार बियु सोइ सुंग पियुको 'रिदमलेस, रिपिटेसन' कला प्रदर्शनी अगस्ट २९ देखि ३१ सम्म गर्ने भएको छ।
- प्रदर्शनीले पुनरावृत्तिलाई अनुष्ठान र लयका रूपमा देखाउँदै फोटो/भिडियोमूलक कृतिहरू प्रस्तुत गर्नेछ।
- यो प्रदर्शनी बियुको आर्टुडियो इन्टरनेसनल आर्टिस्ट रेजिडेन्सी कार्यक्रमको समापन पनि रहेको आयोजकले जानकारी दिएका छन्।
१० भदौ, काठमाडौं । स्वयम्भूमा अवस्थित आर्टुडियोले हङकङका अन्तर्राष्ट्रिय रेजिडेन्सी कलाकार बियु सोइ सुंग पियुको ‘रिदमलेस, रिपिटेसन’ नामक कला प्रदर्शनी गर्ने भएको छ । यही अगस्ट २९ देखि ३१ सम्म आर्टुडियोकै हलमा यो कला प्रदर्शनी हुने लागेको हो ।
आयोजकका अनुसार यस प्रदर्शनीले पुनरावृत्तिलाई अनुष्ठान र लय दुवैका रूपमा देखाउनेछ । जसका लागि कलाकार बियुले फोटो/भिडियोमूलक कृतिहरूमार्फत दैनिकीका क्रियाकलापहरू देखाउने छन् ।
रिपिटेसनमा फोटोग्राफीहरू क्रमशः जम्मा हुँदै डिजिटलिकरणमार्फत हराउँछन् भने रिदमलेसमा नामक भिडियोमा दोहोरिने आवाजहरू दृश्यमा रूपान्तरण हुन्छन् । जसमार्फत पुनरावृत्ति र समयको लम्बाइले सामूहिक बुझाइलाई पुनः संरचना गर्न सक्छ भन्ने प्रश्न दर्शकलाई गर्ने बताइएको छ ।
यो प्रदर्शनी बियुको आर्टुडियो इन्टरनेसनल आर्टिस्ट रेजिडेन्सी (एआईएआर) कार्यक्रमको समापन पनि भएको आयोजकले जानकारी दिएका छन् । यस कार्यक्रमले अन्तर्राष्ट्रिय कलाकारहरूलाई नेपालको सांस्कृतिक र सिर्जनात्मक परिदृश्यसँग जोड्ने उद्देश्य राखिएको आर्टुडियोको भनाइ छ ।
प्रतिक्रिया 4