+
+
Shares

नुवाकोटको विदुर १० र ११ मा बत्ती बल्यो : ऊर्जा मन्त्रालय

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २४ गते ११:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा बाढीले अवरुद्ध भएको नुवाकोटको विदुर–१०, विदुर–११ र तारकेश्वर–४ मा विद्युत् सेवा पुन: सुचारु भएको छ।
  • मन्त्रालयका अनुसार हालसम्म रसुवामा करिब ८३ प्रतिशत र नुवाकोटमा करिब ९५ प्रतिशत विद्युत् सेवा पुन:स्थापना भएको छ।
  • विद्युत् नपुगेका स्थानमा सामुदायिक आश्रयस्थल र घरपरिवारका लागि २ किलोवाटका सोलार प्रणाली वितरण गर्ने काम अघि बढाइएको छ।

२४ भदौ, काठमाडौं । रसुवा बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिकाको वडा नम्बर १० र ११ मा विद्युत् सेवा पुन: सुचारु भएको छ ।

सरकारले रसुवा बाढीका कारण अवरुद्ध विद्युत् सेवा पुन: सञ्चालन अभियानलाई तीव्रता दिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका अनुसार बाढी प्रभावित विदुर–१० र विदुर–११ मा पनि विद्युत् सेवा पुन:सुचारु भएको हो । यसैगरी बाढीले विद्युत् प्रभावित भएको तारकेश्वर–४ पनि सेवा पुन: सुरु भएको छ ।

मन्त्रालयकाअनुसार हालसम्म रसुवामा करिब ८३ प्रतिशत र नुवाकोटमा करिब ९५ प्रतिशत विद्युत् सेवा पुन:स्थापना भइसकेको छ ।

साथै, विद्युत् सेवा पुग्न नसकेका स्थानहरूमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत २ किलोवाट क्षमताका सोलार प्रणाली सामुदायिक आश्रयस्थलका लागि र घरपरिवारका लागि आवश्यकताअनुसार व्यक्तिगत सोलार प्रणाली वितरण गर्ने कार्य पनि अघि बढाइएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कर्मचारी तथा प्राविधिक टोली र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कर्मचारीहरु बाढी प्रभावित क्षेत्रमा विद्युतीकरणका लागि सक्रिय रूपमा निरन्तर खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?