Comments Add Comment

कर्फ्यू

List Grid
कर्नाटकमा १४ दिन कर्फ्यू घोषणा

१४ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै भारतको कर्नाटकको सरकारले १४ दिन कर्फ्यू घोषणा गरेको छ । सोमबार कर्नाटकका उप-मुख्यमन्त्री अश्वत नारायणले मंगलबारदेखि लागू हुने गरी कर्फ्यू घोषणा गरेका हुन् । यो प्रतिबन्ध मे १० सम्म जारी रहनेछ । उप-मुख्यमन्त्री नारायणका अनुसार मंगलबार बेलुका ९ बजेदेखि कर्फ्यू सुरु हुनेछ । अहिले घोषणा […]

सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यू

३ असोज, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यु आदेश जारी गरिएको छ । शनिबार दिउँसो १ बजेर ३० मिनेटदेखि आइतबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । सर्वसाधारणलाई घरबाट निस्किन नदिन स्थानीय प्रशासन ऐन २०२८ अनुसार कर्फ्यु लगाइएको उनले बताए । शुक्रबार विश्वकर्माको मूर्ति विसर्जन गर्ने क्रममा […]

यसरी गरियो मत्स्येन्द्रनाथको क्षमा पूजा

१९ भदौ, काठमाडौं । शुक्रबार जिल्ला प्रशासन कार्यालय ललितपुरले जारी गरेको कर्फ्युका बीच पुल्चोकमा रातो मत्स्येन्द्रनाथको क्षमा पूजा चलिरहेको छ । बिहीबार दिउँसो भएको झडपपछि असामान्य बन्दै गएको स्थितिलाई साम्य पार्न विभिन्न जातीय संगठन, गुठी संस्थान, जिल्ला प्रशासन कार्यालयलगायतका प्रतिनिधिको बैठकले गरेको निर्णयअनुसार छोटो विधिबाट रथयात्रा गर्न शुक्रबार क्षमापूजा गरिएको हो । बिहीबारको असामान्य परिपस्थितिलाई […]

कर्फ्यूमा थुनिएको ललितपुर (फोटो फिचर)

१९ भदौ, काठमाडौं । हुनत भदौ ३ गतेदेखि नै काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा छ । मानिसहरु औषधि, खाद्यवस्तुलगायत अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन पाउँदैनन् । तर शुक्रबार भने ललितपुर जिल्लाको चक्रपथ क्षेत्रभित्र कर्फ्यू नै लगाइयो । यसको मतलब मानिसहरु अत्यावश्यक काम वा जस्तोसुकै काममा पनि घर बाहिर निस्कन पाउँदैनन् । जिल्ला प्रशासन कार्यालयले जारी गरेको […]

कर्फ्युका बीच मत्स्येन्द्रनाथको क्षमा पूजा, भोटोजात्रा नगरिने

१९ भदौ, काठमाडौं । शुक्रबार जिल्ला प्रशासन कार्यालय ललितपुरले जारी गरेको कर्फ्युका बीच पुल्चोकमा रातो मत्स्येन्द्रनाथको क्षमा पूजा चलिरहेको छ । बिहीबार दिउँसो भएको झडपपछि असामान्य बन्दै गएको स्थितिलाई साम्य पार्न विभिन्न जातीय संगठन, गुठी संस्थान, जिल्ला प्रशासन कार्यालयलगायतका प्रतिनिधिको बैठकले गरेको निर्णयअनुसार छोटो विधिबाट रथयात्रा गर्न शुक्रबार क्षमापूजा गरिएको हो । बिहीबारको असामान्य परिपस्थितिलाई […]

ललितपुरमा शुक्रबार दिनभरि कर्फ्यू लाग्ने

१८ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ । रातो मत्स्येन्द्रनाथको रथयात्रालाई लिएर पुल्चोक क्षेत्रमा दिनभर तनाव भएपछि प्रशासनले भोलि विहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले जानकारी दिए ।

नेपालगञ्जमा २५ गतेसम्म निषेधित क्षेत्र घोषणा

२२ वैशाख, बुटवल । कोरोना संक्रमितको संख्या लगातार बढेपछि बाँकेको नेपालगन्जमा भोलिदेखि निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरिएको छ । सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले मंगलबार बिहान ११ बजेदेखि वैशाख २५ गतेसम्म नेपालगञ्जलाई पूर्णतः निषेधित क्षेत्र घोषणा गरेको हो । संघीय सरकारले जारी राखेको लकडाउनसँगै नेपालगन्ज उपमहानगरपालिकामा वैशाख २३ गते […]

कृष्णनगरको कर्फ्यू पूर्ण रुपमा हट्यो

६ कात्तिक,कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा स्थानीय प्रशासनले लगाएको कर्फ्यू पूर्ण रुपमा हटाएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आइतबार साँझ ५ बजेदेखि लगाएको कर्फ्यू पटक पटक गरी मंगलबार विहान ६ बजेदेखि पूर्ण रुपमा हटाएको हो । पछिल्लो पटक सोमबार साँझ ५ बजेदेखि मंगलबार विहान ६ बजेसम्मका लागि कर्फ्यू लगाइएको थियो । मंगलबार विहान अर्को सूचना […]

कपिलवस्तुको कृष्णनगरमा फेरि कर्फ्यू लगाइयो

५ कात्तिक, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगरमा सोमबार साँझ ५ बजेदेखि फेरि कर्फ्यू लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरी मंगलबार विहान ६ बजेसम्मका लागि कर्फ्यू लगाएको हो । पूर्वमा सेमरा गाउँ,  पश्चिममा झण्डीनगर, सिर्सिहवा चोक, उत्तरमा- कृष्णनगर नगरपालिका १ शिवानगरको बढया पोखरी क्षेत्र र दक्षिणमा नेपाल भारत दशगजा क्षेत्रसम्म कर्फ्यू लगाइएको छ […]