
News Summary
Generated by OK AI. Editorially reviewed.- मणिपुरको इम्फाल पूर्वी जिल्लामा अरामबाई टेङ्गोललाई पक्राउ गरेपछि हिंसात्मक प्रदर्शन भएको छ।
- प्रदर्शनका क्रममा आगजनी, तोडफोड र प्रहरी ब्यारिकेड भत्काउने घटना भएका छन्, जसले कर्फ्यू र इन्टरनेट बन्द गरिएको छ।
- सशस्त्र समूहहरू जस्तै युएनएलएफ र पीएलएले ऐतिहासिक रूपमा सशस्त्र संघर्ष गर्दै आएको र हाल अनुसन्धान भइरहेको छ।
२५ जेठ, काठमाडौं । भारतको उत्तर पूर्वी राज्य मणिपुरमा शनिबार रातिदेखि फेरि हिंसा बढेको छ । अरम्बाई टेङ्गोल नेता कानन सिंहलाई प्रहरीले पक्राउ गरेपछि त्यहाँका जनता सडकमा हिंसात्मक प्रदर्शनमा उत्रिएका छन् ।
मणिपुरका ५ जिल्लामा हिंसा भड्किएपछि ती जिल्लाहरूमा कर्फ्यू लगाइएको छ भने मोबाइल इन्टरनेट सेवामा ५ दिनका लागि रोक लगाइएको छ ।
आइतबार (आज) मणिपुरको इम्फाल पूर्वी जिल्लामा मैतेई संगठनका नेता अरामबाई टेङ्गोललाई बिना अभियोग पक्राउ गरेको भन्दै उनका समर्थकहरू सडकमा विरोध प्रदर्शन गर्दै निस्किएपछि प्रदर्शनले हिंसात्मक रुप लिएको छ । उनीहरूले केही गाडीमा तोडफोड र आगजनीसमेत गरेका छन् ।
आक्रोशित भीडले प्रहरी ब्यारिकेडहरू भत्काएइदिएका छन् भने ठाउँठाउँमा आगो लगाएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । प्रदर्शनमा उत्रिएका प्रायजसो कट्टरपन्थी मैतेई समूह, अरामबाई टेङ्गोलका समर्थकहरू देखिएका छन् ।
यसअघि शनिबार राति पनि झडपमा झडप थियो जसमा अरामबाई तेङ्गोलका कम्तीमा ८ समर्थकहरू घाइते भएका थिए । उनीहरूको इम्फालको एक निजी अस्पतालमा उपचार भइरहेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार पक्राउ पर्ने क्रममा समर्थकहरूले सिंहलाई प्रहरीको हिरासतबाट जबरजस्ती छुटाउने प्रयास गरेका थिए। तर प्रहरीहरूले समर्थकहरूलाई तिरबितर पार्दै सिंहलाई पक्राउ गर्न सफल भएका थिए ।
हिंसा, लुटपाट र हत्यासँग सम्बन्धित धेरै एफआईआरहरूमा आतंकवादी समूह अराम्बाई टेङ्गोलको नाम उल्लेख गरिएको छ, जसमध्ये धेरै मुद्दाहरू अहिले राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) द्वारा अनुसन्धान भइरहेको छ ।
अब मणिपुरमा तेस्रो प्रमुख सशस्त्र संगठनको रूपमा हेरिएको छ । लामो समयदेखि स्थापित युनाइटेड नेशनल लिबरेशन फ्रन्ट (युएनएलएफ) र पिपुल्स लिबरेशन आर्मी (पीएलए) जस्ता विद्रोही समूहहरूको पाइला पछ्याउँदै आएको छ । दुबैले ऐतिहासिक रूपमा सशस्त्र संघर्ष र भूमिगत सञ्जालहरू मार्फत मेइतेई पृथकतावादी एजेन्डाहरू पछ्याउँदै आएका छन्।
सिंहलाई सीबीआईले हिरासतमा लिएको थियो र थप अनुसन्धानको लागि इम्फालबाट गुवाहाटी ल्याएको थियो। उनीसँगै अन्य चार जनालाई राज्य प्रहरीले पक्राउ गरेको थियो । किनकी उनीहरू अपरेशनको समयमा उनीसँगै भेटिएका थिए। सिंह अरम्बाई टेङ्गोलमा सामेल हुनुभन्दा पहिले हेड कन्स्टेबलको रूपमा कार्यरत थिए।
कर्फ्यू र इन्टरनेट बन्द
हिंसा भड्किएपछि मणिपुरका पाँच उपत्यका जिल्लाहरूमा कर्फ्यू लगाइएको छ भने मोबाइल इन्टरनेट सेवाहरू पाँच दिनका लागि पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ ।
मध्य इम्फाल कडा सुरक्षा नियन्त्रणमा रहँदा, वरपरका क्षेत्रहरू र अन्य उपत्यका जिल्लाहरूमा अशान्ति बढेको देखेपछि सरकारले मोबाइल इन्टरनेट काटेको हो ।
प्रदर्शनकारी युवाहरू धेरै भएकाले उनीहरू सडक अवरुद्ध गरेका छन् भने केही क्षेत्रहरूमा प्रहरीको आवागमनमा अवरोध पुर्याएका छन्।
प्रतिक्रिया 4