
२३ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले सदरमुकाम वीरगञ्जमा कर्फ्यू आदेश जारी गरेको छ ।
प्रशासनले सोमबार बेलुकी ९ बजेदेखि मंगलबार बिहान ९ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।
सामाजिक सञ्जाल बन्द र शासकीय व्यवस्थाको विरोधमा जेनजीहरूले थालेको सडक प्रदर्शनलाई मध्यनजर गर्दै प्रशासनले सदरमुकाम वीरगञ्ज आसपासका क्षेत्रमा चार किल्ला तोकेर कर्फ्यू लगाएको छ ।
प्रशासनका अनुसार वीरगञ्जको पूर्वमा बाइपास रोड, पश्चिमतर्फ सिर्सिया पुल, उत्तरतर्फ गण्डक चोक र दक्षिणतर्फ भारतीय सीमा रक्सौल जोडिने शंकरचार्य गेटमा कर्फ्यू जारी भएको छ । कर्फ्यू अवधिभर प्रशासनले कुनै पनि भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ जस्ता गतिविधि निषेध गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4