Comments Add Comment

कैलाली

List Grid
कैलालीमा जीप खस्दा २ जनाको मृत्युु, ३ जना घाइते

२७ साउन, धनगढी । कैलालीको भासुु भीरबाट जिप खस्दा दुुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बुुधबार धनगढीबाट डोटीतर्फ गइरहेको प्रदेश नम्बर ०३–०१ –०२३ च ९०९५ नम्बरको बोलेरो जिप कैलालीको चुुरे गाउँपालिका–३ (पंगाल) भासुु भीर नजिकै दुुर्घटना हुुँदा दुुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्युु हुुनेमा डोटीको जोरायल […]

आधा किलो सुनसहित कैलालीबाट तीन जना पक्राउ

२७ साउन, धनगढी । झण्डै आधा किलो सुनसहित कैलालीबाट तीन जना पक्राउ परेका छन् । बुधबार दिउँसो काठमाडौंबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ८ ख ८३४९ नम्बरको बसमा सवार तीन जनालाई ४४९.७७ ग्राम सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का ३५ वर्षीय (बसको कण्डक्टर) भवानी घिमिरे, अत्तरियाको शैलेश्वरी सुनचाँदी पसलमा […]

कैलालीमा हातहतियारसहित दुईजना पक्राउ

२६ साउन, धनगढी । कैलाली प्रहरीले हातहतियारसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको टोलीले सोमबार पूर्वपश्चिम राजमार्गमा बा १७ च १३१२ नम्बरको जिपलाई चेकजाँच गर्ने क्रममा हतियारसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलारी गाउँपालिका-९ बस्ने ५३ वर्षीय खेमराज चौधरी र धनगढी उपमहानगरपालिका–२ का ४६ वर्षीय मोहितकुमार शाह […]

राजश्व विभागको स्टीकरसहित ३ भारतीय र २ नेपाली नागरिक पक्राउ

२६ साउन, धनगढी । कैलालीमा आन्तरिक राजश्व विभागको स्टीकरसहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले सोमबार गौरीगंगा नगरपालिका–७ तालबन्दस्थित सडकखण्डबाट राजश्व विभागको स्टीकरसहित तीनजना भारतीय र दुईजना नेपालीलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा भारतको लखिमपुर खिरीका १९ वर्षीय संजित कुुमार र सोही ठाउँका २० वर्षीय रिङ्कुु कुमार र २२ वर्षीय […]

जुवा खेलेको आरोपमा दुईजना पक्राउ

२० साउन, धनगढी । प्रहरीले जुवा खेलेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले बुधबार धनगढी उपमहानगरपालिका-३ स्थित एएफसी कटेजका सञ्चालक ३७ वर्षीय सुरेन्द्र पाण्डे र गोदावरी नगरपालिका-२ का ४७ वर्षीय महेन्द्र भट्टराईलाई पक्राउ गरिएको जनाएको छ । सोमबार साँझ सोही कटेजमा जुवातास खेलिरहेको अवस्थामा प्रहरी टोली पुगेपछि उनीहरु फरार भएको दाबी प्रहरीको […]

कैलालीमा बालुवाको अवैध उत्खनन गर्ने ११ ट्याक्टरलाई जरिवाना

१६ साउन,धनगढी । कैलालीमा अवैध रूपमा बालुवा उत्खननमा प्रयाेग गरिएका ११ ट्याक्टरमाथि प्रहरीले कारवाही गरेकाे छ । शनिबार बिहान गाेदावरी नगरपालिका-९ काे खुटिया खाेलाबाट अवैध रूपमा बालुवा उत्खनन् गर्ने ११ ट्याक्टरलाई नियन्त्रणमा लिएर कारवाही गरिएकाे प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले अवैध उत्खननमा प्रयाेग भएका ट्याक्टरलाई ६ […]

नदीमा नुहाउन गएका दुई बालिकाको डुबेर मृत्यु, एक बेपत्ता

१५ साउन, धनगढी । कैलालीमा नदीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । शुक्रबार दिउँसो भजनी नगरपालिका–२ को डोमपुरस्थित कान्द्रा नदीमा नुहाउने क्रममा सोही ठाउँका दुई बालिकाको मृत्यु भएको छ भने एक बालिका बेपत्ता भएकी छन् । नदीमा नुहाउन गएकी धनबहादुर सिंहकी ९ वर्षीया छोरी लक्ष्मी सिंह र रामफल चौधरीकी ७ वर्षीया छोरी जेनी चौधरीको […]

कैलालीमा लागुऔषसहित भारतीय नागरिक पक्राउ

१५ साउन, धनगढी । कैलाली प्रहरीले लागुऔषधहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । भजनी नगरपालिका–५ को कौवाखेडा घाटबाट भारतको उत्तर प्रदेश लखिमपुर खिरी जिल्लाको गंगानगर ग्रामपञ्चायत रणनगर गाउँका २५ वर्षीय जितेन्द्र सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक बिष्टले जानकारी दिए । सिंहलाई विशेष सूचनाको आधारमा जिल्ला र इलाका प्रहरी […]

कैलालीमा साढे ५ किलो चरेशसहित दुईजना पक्राउ

१२ साउन, धनगढी । कैलालीमा साढे ५ किलो चरेशसहित दुईजना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको सयुक्त टोलीले सोमबार गौरीगंगा नगरपालिका–८ को गिदनियास्थित पूर्वपश्चिम राजमार्गबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–११ बस्ने ४० वर्षीय गोरख भन्ने गोरे धामी र […]

कैलालीमा छाडा चौपायाको घाँटीमा स्टीकर

९ साउन, धनगढी । कैलालीमा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले छाडा पशुमा ‘रिफ्लेक्टिब स्टीकर’ लगाउन थालेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मोहना पुल–अत्तरिया ६ लेन सडक खण्ड र मुख्य बजार क्षेत्रका पशु चौपायालाई ‘रिफ्लेक्टिब स्टीकर’ अर्थात रातिमा टल्किने स्टीकर लगाउन शुरु गरेको हो । छाडा पशुचौपायाका कारण रातिको […]

कैलालीमा लामो दुरीका सवारीसाधन पनि चलाउन पाइने

६ साउन, धनगढी । कैलालीमा लामो दुरीका सवारीसाधन पनि चलाउन पाइने भएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण झण्डै साढे दुुई महिनादेखि बन्द अवस्थामा रहेका लामो दुरीका सवारीसाधन चलाउन पाइने भएको हो । मंगलबार कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आदेश जारी गर्दै जनस्वास्थ्यका मापदण्डको पूर्ण रुपमा पालना गरेर […]

कैलालीमा ‘हाम्रो प्रहरीसँग हामी’ अभियान शुरु

३ साउन, धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले ‘हाम्रो प्रहरीसँग हामी’ अभियान शुरु गरेको छ । हालै जिल्ला प्रहरी कार्यालय कैलालीको प्रमुख भएर आएका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीको परिकल्पनाअनुसार आइतबारदेखि ‘हाम्रो प्रहरीसँग हामी’ अभियान शुरु गरिएको हो । एसपी अधिकारीले अभियान अन्तर्गत पहिलो दिन आइतबार कैलालीमा क्रियाशील पत्रकारहरुसँग परिचयात्मक कार्यक्रम गरेका छन् । अधिकारीले […]

कैलालीमा ११० ग्राम खैरो हिरोइनसहित युुवक पक्राउ

२ साउन, धनगढी । कैलालीमा लागुुऔषधसहित एक युवक पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका–४ मा लागुुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको टोलीले सोही ठाउँका २१ वर्षीय अर्जुुन साउदलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले साउँदलाई एक सय १० ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको […]

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु

२ साउन, धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु भएको छ । शुक्रबार राति पूूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुुहा नगरपालिकाको स्याउलेमा से ३प ५९५४ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । पशुुचौपायासँग मोटरसाइकल ठोक्किदा जोशीपुर-६ का पदम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक बिष्टले जानकारी दिए । दुर्घटनामा परेर […]

कैलालीमा साउन ११ गतेसम्मका लागि निषेधाज्ञा थप

१ साउन, धनगढी । कैलालीमा केही खुकुलो बनाउँदै निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले झण्डै तीन महिनादेखि बन्द रहेका सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, सभासम्मेलन, खेलकुद लगायत मानिसको बढि भीडभाड हुने क्षेत्र बाहेकका व्यापार व्यवसाय स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर बिहान ५ देखि राति ८ […]

कैलालीमा खोलाले बगाउँदा युवती बेपत्ता

३१ असार, धनगढी । कैलालीमा खोलाले बगाउँदा एक युवती बेपत्ता भएकी छन् । गोदावरी नगरपालिका–६ लालपुरमा स्थानीय गौरीदेवी खोलामा नुहाउने क्रममा सोही ठाउँकी १८ वर्षीया आरती घर्तीमगर बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक उमेश चन्दले बिहीबार दिउँसो खोलामा नुहाउने क्रममा घर्तीमगर बगेर बेपत्ता भएको जानकारी दिंदै खोजी कार्य […]

कैलालीमा दुर्लभ पाटे बाघको छालासहित दुई जना पक्राउ

२९ असार, धनगढी । कैलालीमा दुुर्लभ पाटे बाघको छालासहित प्रहरीले दुुई जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश अनुुसन्धान समूूह (आरआइटी) को टोलीले मंगलबार साँझ जिल्लाको गौरीगंगा नगरपालिका–७ मटकौनास्थित सिंहासन सामुदायिक वन क्षेत्रबाट पाटेबाघको छालासहित दुुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलालीकै मोहन्याल गाउँपालिका–५ सालघारीका अन्दाजी ५५ वर्षीय पूर्णबहादुुर बुुढामगर र लम्कीचुुहा नगरपालिका–१ […]

अन्तरजातीय विवाह गरेका जोडीलाई घर पुगेपछि आफन्तले अलग्याए

२५ असार, धनगढी । कैलालीमा अन्तरजातीय विवाह गरेर जंगलमा लुक्न बाध्य भएका एक जोडीलाई घर पुगेपछि युवतीका आफन्तले छुटाइदिएका छन् । असार पहिलो साता घरबाट भागेर अन्तरजातीय विवाह गरेका भजनी नगरपालिका–४ का प्रकाश विश्वकर्मा र जानकी गाउँपालिकाकी मालती रावललाई घर पुगेपछि शुक्रबार युवतीका आफन्तले छुटाएर लगेका हुन् । विवाह गरेर जंगलमै लुकेर बसेका उनीहरुले भिडियो […]

कैलालीमा बालकको हत्या आरोपमा दुई किशोरी पक्राउ

२४ असार, धनगढी । बुधबार मृत फेला परेका टीकापुर नगरपालिका–१ का साढे ३ वर्षीय विवेक विष्टको हत्या आरोपमा प्रहरीले दुई किशोरीलाई पक्राउ गरेको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बालकलाई आफूसँगै जामुन खान लिएर गएकी उनकी दिदी नाता पर्ने १५ वर्षीया किशोरी ती किशोरीकी १४ वर्षकी साथीलाई पक्राउ गरेको बताए । घरायसी रिसइबीका […]

कैलालीमा रेड पाण्डाको छालासहित दुईजना पक्राउ

२२ असार, धनगढी । कैलालीमा प्रहरीले रेड पाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक हेमराज भट्ट र संघीय प्रहरी इकाइ कार्यालय महेन्द्रनरबाट खटिएको टोलीले रेड पाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा धनगढी उपमहागरपालिका–४ बोराडाडीस्थित पण्डित वर्कशपका सञ्चालक भारतको लखिमपुरका ४१ वर्षीय […]

कैलालीमा बुधबारदेखि सार्वजनिक सवारी साधन चल्ने

१५ असार, धनगढी । कैलालीमा जोर-बिजोर प्रणालीमा सार्वजनिक सवारी साधन चलाउन पाइने भएको छ । मंगलबार कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिशका आधारमा सार्वजनिक सवारी साधन जोर- बिजोर प्रणालीमा चलाउन पाइने आदेश गरेका हुन् । जारी आदेशअनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सिट क्षमताभन्दा बढी यात्रु नराखेर जिल्लाभित्र मात्र सार्वजनिक […]