 
																			७ पुस, धनगढी। प्रहरीले कैलालीबाट आधा किलो सुन र नगदसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश मोहला बजार-२ पलियाखिरी बस्ने ४४ वर्षीय दिपक गुप्ता र ३४ वर्षीय सुमित बर्मा रहेका छन् ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी)पदमबहादुर विष्टको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई आइतबार धनगढी उपमहानगरपालिका-३ को ट्राफिक चौराहबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
प्रहरीले उनीहरूको साथबाट ५४९.200 ग्राम सुन, ४४ हजार ८१० नेपाली रूपैयाँ, एक हजार २८० भारतीय रूपैयाँ र सुन बोक्न प्रयोग गरिएको युपी ३२जेभी ९२०० नम्बरको भारतीय गाडी समेत बरामद गरेको छ ।
एउटा ल्यापटप र दुई वटा मोबाइल पनि बरामद गरिएको छ। पक्राउ परेका भारतीय र बरामद सुनसहितका सामान जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले विशेष सूचनाका आधारमा सुन र नगदसहित भारतीय नागरिकलाई पक्राउ गर्न सफल भएको बताए।
प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले नेपालमा बिक्री गरेर नाफा कमाउने उदेश्यले सुन तस्करी गरी ल्याइएको उनले बताए।
पक्राउ परेका मध्येका सुमित बर्माले भारतको पलियामा सुनचाँदीको व्यवसाय गर्दै आएको प्रहरीले जनाएको छ।
एसपी विष्टले सुनसहित पक्राउ परेकाहरूलाई अनुसन्धान सकेर थप कारवाहीका लागि कैलाली भन्सार कार्यालय बुझाइने बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4