+
+

कैलालीमा ११ लाखको अवैध सामान बरामद

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २३ गते ११:३४

२३ मंसिर, धनगढी । कैलालीमा भन्सार छली गरेर ल्याइएको करीब ११ लाख बराबरको सामान बरामद गरिएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटिएको टोलीले भारतीय सीमा नाकाबाट अवैध रुपमा ल्याइएको १० लाख ९१ हजार ८०९ रुपैयाँको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयको टोलीले धनगढी उपमहानगरपालिकाको ट्राफिक चौराह, सञ्चयकोष कार्यालय धनगढी र बोराडाँडीबाट १० लाख ५३ हजार बराबरको विभिन्न कम्पनीका मोबाइलका कभरहरु, किरानाका सामान र मोजाहरु बरामद गरिएको छ ।

यस्तै, गोदावरी नगरपालिका-९ को वालुवाटारबाट ३८ हजार बराबरको स्पिकर, पम्पको वासर र किराना सामानहरु बरामद गरिएको छ । बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?