२५ कात्तिक, धनगढी। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा लागुऔषध खैरो हेरोइन र चरेससहित ५ जनालाई पक्राउ गरिएको छ।
धनगढी उपमहानगरपालिका–२,३ र १३ बाट लागुऔषधसहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका–२ को रामजानकी मन्दिर नजिकैबाट २३ वर्षीय रोशन खड्का, १६ वर्षीय राम शर्मा(नाम परिवर्तन) र २१ वर्षीय अमित शर्मा रहेका छन् ।
शंका लागेर उनीहरुलाई चेकजाँच गर्दा एक सय ५० मिलिग्राम लागुऔषध (खैरो हिरोईन), एक ग्राम ५६० मिलिग्राम चरेस बरामद गरिएको उनले बताए भनृ उनीहरु सवार से ५ प ४१२६ नंम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै, धनगढी उपमहानगरपालिका–३ भन्सार नजिकैबाट धनगढी–१३ बस्ने १९ वर्षीय निरज राना र सोही ठाउँ बस्ने २१ वर्षीय सुनिल रानालाई पनि पक्राउ गरिएको छ।
उनीहरु सवार से ७ प ६३५९ नम्बरको मोटरसाइकल शंकाका आधारमा चेकजाँच गर्दा हेडलाटईको भागमा लुकाईछिपाई राखेको अवस्थामा पाँच ग्राम ८४० मिलिग्राम लागुऔषध खैरो हेरोईनसहित दुवैलाई पक्राउ गरिएको हो।
लागुऔषधसहित पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया 4