+
+

कैलालीमा लागुऔषध बिक्री गरेको आरोपमा औषधि पसल सञ्चालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २० गते १७:२७

२० कात्तिक, धनगढी । कैलालीमा लागुऔषध कारोबारको आरोपमा एक जना औषधि पसल सञ्चालक पक्राउ परेका छन् ।

जोशीपुर गाउँपालिका-५ घर भई वडा नम्बर ७ को रघुनाथ बहुमुखी क्याम्पस नजिकै प्रतिभा हेल्थ क्लिनिक सञ्चालन गर्दै आएका ४० वर्षीय रामकृष्ण चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले मेडिकलमा प्रतिबन्धित लागुऔषध बिक्री गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको बताए ।

उनका अनुसार चौधरीको मेडिकलबाट लागुऔषधको रूपमा प्रयोग गरिने पाँच सय स्पास्म ट्याब्लेट र एक हजार ट्याबलेट त्रिगाभा म्यूरिन बरामद गरिएको छ ।

चौधरीलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?