Comments Add Comment

क्रियाशील सदस्य

List Grid
कांग्रेसको ५ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी

१३ असोज, काठमाडौं । नेपाली कांग्रेसमा पाँच जिल्लाको मात्रै क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी छ । मंगलबार थप तीन जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक भएको हो । मंगलबार कैलाली, सर्लाही र धनुषाको क्रियाशील सदस्यता सार्वजनिक भएको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । योसँगै ७२ जिल्लामा क्रियाशील सदस्यता विवाद टुंगिएको हो । श्रेष्ठका […]

कांग्रेसले बनायो चार लाख नयाँ क्रियाशील सदस्य

१२ साउन काठमाडौं । नेपाली कांग्रेसमा चार लाखभन्दा बढी नयाँ क्रियाशील सदस्य थपिएका छन् । १४ औं महाधिवेशनका लागि देशभरबाट आठ लाख ५२ हजार ७११ जनालाई कांग्रेसको क्रियाशील सदस्यता प्रदान गरिएकोमा चार लाख नौ हजार ३३ जना नयाँ क्रियाशील सदस्य थपिएका हुन् । क्रियाशील सदस्यता छानविन समितिले मंगलबार सभापति शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमा ४ लाख […]

क्रियाशील सदस्यको काँधमा कांग्रेसको भविष्य

नेपाली कांग्रेस यतिबेला आफ्नो जीवनको १४औं महाधिवेशनको संघारमा छ । घोषित कार्यतालिका अनुसार साउन १२ गते (हाल केही दिन स्थगित भएको) ६ हजार ७४३ वटा वडामा वडा अधिवेशनबाट शुरु भई भदौ १६-१९ मा केन्द्रीय महाधिवेशन सम्पन्न हुनेछ । कुनै पनि राजनीतिक पार्टीको आन्तरिक अधिवेशन गर्ने भनेको त्यो पार्टीलाई जीवन्त बनाइराख्नु हो । अझ लोकतान्त्रिक गणतन्त्रात्मक […]

घिमिरेमाथि भएको कुटपिटबारे छानविन गर्न कांग्रेसको निर्देशन

२ साउन, काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्य छानविन समितिका सदस्य श्याम घिमिरेमाथि भएको कुटपिटबारे छानविन गरेर कारबाही गर्न अनुशासन समितिलाई निर्देशन दिएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले घिमिरेमाथि भएको कुटपिटबारे छानविन गर्न निर्देशन दिएको अनुशासन समितिका संयोजक भीष्म आङ्देम्बेले बताए । केन्द्रीय सदस्यसमेत रहेका छानविन समितिका सदस्य घिमिरेमाथि शुक्रबार कुटपिट […]

१४३ निर्वाचन क्षेत्रको क्रियाशील विवाद टुंगियो

३१ असार, काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले १४३ निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता लगभग टुंगो लगाएको छ । तर १० दिन थपिएको समय सकिँदा पनि २२ निर्वाचन क्षेत्रको विवाद भने मिलाउन बाँकी देखिएको छ । समिति प्रवक्ता प्रदीप पौडेलका अनुसार १४३ निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता छानविन शुक्रबार मध्यान्हसम्म सकाइने छ । ‘शुक्रबारसम्म बाँकी […]

क्रियाशील सदस्य छानबिनबारे जानकारी लिन धर्मशाला पुगे रामचन्द्र पौडेल

२६ असार, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्य छानबिनबारे चासो राखेका छन् । शनिबार गौशालास्थित नेपाल भारतमैत्री धर्मशालामा पुगेर नेता पौडेलले क्रियाशील सदस्यता छानबिन समितिले गरिरहेको कामप्रति चासो राखेका हुन् । समिति संयोजक रमेश लेखकले ६४ जिल्लाको काम टुंगिएको र ५७ जिल्लाको क्रियाशील सदस्यता छपाई सकिएको जानकारी गराएका थिए । उनले […]

कांग्रेसमा साढे ८ लाख क्रियाशील सदस्य, महिला एक चौथाइमात्रै

२३ असार, काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्य झण्डै साढे ८ लाख पुगेको छ । १३ औं महाधिवेशनको क्रियाशील सदस्य संख्यालाई दोब्बर (१० लाख) पु¥याउने भनिए पनि ८ लाख ४६ हजार ७२९ पुगेको छानविन समितिले जनाएको छ । छानविनकै क्रममा क्रियाशील सदस्यको संख्या केही थपघट हुने समितिका एक सदस्यले जानकारी दिए । साढे आठ लाख […]

कांग्रेसको भविष्य क्रियाशील सदस्यको विवेकमा निर्भर

ढिलै भए पनि यतिबेला नेपाली कांग्रेसको त्राण जोगाउन नेतृत्व पंक्ति अग्रसर देखिएको छ । तर कोरोना महामारी र प्राकृतिक विपत्तिका कारण अधिवेशन सम्पन्न होला/नहोला भन्ने आशंका यथावत् नै छ । संवैधानिक बाध्यताका कारण आगामी भदौभित्र अधिवेशन सम्पन्न गर्नुपर्ने भएकोले उक्त समयभित्र वडास्तरका अधिवेशन शुरू गरेर केन्द्रीय अधिवेशन पछाडि धकेल्ने दाउ सभापतिमा रहेको भन्ने आशंका अझै […]

क्रियाशील सदस्यमा युवाको वर्चश्व, नेतृत्वमा बुढापाका हावी

४ असार, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वको दौडधुप सुरु भइसकेको छ । सभापतिका प्रमुख दावेदार सभापति शेरबहादुर देउवा भर्खर ७६ वर्षमा लागेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल ७६ वर्षमा छन् । सभापतिको आकांक्षा राखेका शेखर कोइराला ७०, प्रकाशमान सिंह ६५, विमलेन्द्र निधि ६४, शशांक कोइराला पनि ६२ वर्षका भइसके […]