Comments Add Comment

जुवा

List Grid
भीआईपी जुवाडेमाथिको अनुसन्धान प्रहरीले तीन दिनमै सक्यो

२२ जेठ, काठमाडौं । सोमबार साँझ कमलादीस्थित होटल गगौंरबाट पक्राउ परेका जुवाडेमाथिको अनुसन्धान प्रहरीले तीन दिनमै सकेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । तर, पक्राउ गरेदेखि नै छाड्न दबावमा रहेको प्रहरीले तीन दिनमै अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो । महानगरीय […]

जुवाडेलाई ५ दिन थुन्न प्रशासनको अनुमति, प्रहरीले मानेन !

२० जेठ, काठमाडौं । महानगरीय प्रहरी वृत्त, दरबारमार्गले चलाएको अपरेसनमा पक्राउ परेका ९ जना व्यक्तिलाई प्रहरीले छाड्ने भएको छ । कोरोना भाइरसको कारण देखाउँदै प्रहरीले उनीहरुलाई हाजिरी जमानीमा छाड्न लागेको हो । कानुनतः अनुसन्धान अधिकृतले मनासिब लागे जिल्ला सरकारी वकिल कार्यालयको राय लिएर अभियुक्तलाई हाजिरी जमानीमा छाड्न मिल्ने व्यवस्था छ । त्यही अधिकारको प्रयोग गर्दै […]

‘भीआईपी’ जुवाडेलाई ५ दिन हिरासतमा राख्न अनुमति

२० जेठ, काठमाडौं । महानगरीय प्रहरी वृत्त, दरबारमार्गले गएराति चलाएको अपरेशनमा पक्राउ परेका ८ जना व्यवसायीलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । मुलुकी अपराध संहिताको जुवा सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले प्रहरीलाई अनुमति दिएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अनुसन्धानका लागि ५ दिनको म्याद दिएको काठमाडौं […]

‘भीआईपी’ जुवा खाल : १७९ सिक्काको मूल्य खोज्दै प्रहरी

२० जेठ, काठमाडौं । पक्राउ परेका सबै जना उच्च व्यापारिक घरानाका व्यक्ति, कमलादीस्थित गगौंर बुटिक होटलमा चलाइएको भीआईपी जुवा खालमा छापा मार्दा बरामद भएको रकम भने २ लाख ७७ हजार रुपैयाँ मात्रै ! विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त, दरबारमार्गबाट छापा मार्न खटिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जन दाहाल नेतृत्वको टोली अहिले यही रकममाथि केन्द्रित […]

होटलमा जुवा खेल्ने उच्च व्यापारिक घरानाका व्यक्तिहरु पक्राउ

२० जेठ, काठमाडौं । लकडाउनको मौकामा जुवा खेलिरहेका उच्च व्यापारिक घरानाका व्यक्तिहरु काठमाडौंबाट पक्राउ परेका छन् । कमलादीस्थित गगौंर बुटिक होटलमा जुवा खेलिरहेका रामचन्द्र सांघाइ, अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल अबुजा र निक्की जोगाईलाई गएराति प्रहरीले पक्राउ गरेको हो । निक्की होटल सन्चालक हुन् । रामचन्द्र सांघाइ […]

गेष्ट हाउसमा जुवा खेल्ने पाँचजना २ लाखसहित पक्राउ

९ जेठ, जनकपुरधाम । गेष्ट हाउसभित्र जुवा खेल्ने ५ जनालाई शुक्रबार जनकपुरधामबाट पक्राउ गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका-९ पिडारी चोकस्थित जानकी बाटिका गेष्ट हाउसमा जुवा खेलिरहेका उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ । पक्राउ पर्नेमा जनकपुरधाम ८ बस्ने ५५ वर्षीय बिल्टु बरही, वडानम्बर १३ बस्ने ३५ वर्षीय मोस्तकिङ राईन, ४७ वर्षीय जसिन […]

कैलालीमा साढे एक लाखसहित ११ जुवाडे पक्राउ

१३ माघ, कैलाली । कैलालीमा फेरि ११ जना जुवाडेलाई पक्राउ परेका छन् । एक लाख ४७ हजार रुपैयाँसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । धनगढी उपमहानगरपालिका-३ विशालनगरस्थित तबोबन होटेलमा जुवातास खेलाइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) दक्ष बस्नेतले जानकारी दिए । आइतबार राति मात्रै प्रहरीले […]

नेपाली सेनाका मेजर शाही जुवा खालबाट समातिए

१५ कात्तिक, काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकुले नेपाली सेनाका सेनानी (मेजर) राजेन्द्र शाहीलाई पक्राउ गरेको छ । टोखामा प्रहरीले चलाएको जुवा अपरेशनका क्रममा शाही पक्राउ परेका हुन् । उनले आफू प्रधानमन्त्री केपी शर्मा ओलीको एडीसी भएको बयान दिएको जनाइएको छ । शाहीसहित प्रहरीले थप ८ जनालाई जुवाको खालबाट पक्राउ गरेको छ । पक्राउ पर्ने […]

तिहारमा साढे ४ सय जुवाडे समातिए, मापसे गर्ने ७ सय कारबाहीमा

१३ कात्तिक, काठमाडौं । नेपाल प्रहरीले तिहारको अवसरमा बनाएको विशेष सुरक्षा रणनीति अन्तर्गत ४ सय ६५ जना जुवाडेलाई पक्राउ गरेको छ । देशभर ४३ स्थानमा चलाइएको प्रहरी कारबाहीका क्रममा पक्राउ परेकामध्ये ३ जना महिला छन् । विभिन्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयले चलाएको अपरेसनमा ३ करोड ३० लाख रुपैयाँ पनि बरामद भएको केन्द्रीय […]

तिहारमा साढे ४ सय जुवाडे समातिए, मापसे गर्ने ७ सय कारबाहीमा

१३ कात्तिक, काठमाडौं । नेपाल प्रहरीले तिहारको अवसरमा बनाएको विशेष सुरक्षा रणनीति अन्तर्गत ४ सय ६५ जना जुवाडेलाई पक्राउ गरेको छ । देशभर ४३ स्थानमा चलाइएको प्रहरी कारबाहीका क्रममा पक्राउ परेकामध्ये ३ जना महिला छन् । विभिन्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयले चलाएको अपरेसनमा ३ करोड ३० लाख रुपैयाँ पनि बरामद भएको केन्द्रीय […]

‘भीआईपी’ जुवाखालबाट समातिएका बलेसहित ६ जनाले गुहारे अदालत

११ कात्तिक, काठमाडौं । महाराजगञ्जमा शनिबार राति चलाइएको जुवा अपरेशनमा पक्राउ परेका ६ जना प्रहरीविरुद्ध अदालत पुगेका छन् । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले छापा हानेर पक्राउ गरेकामध्ये ६ जना जुवाडेको तर्फबाट सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट परेको हो । रिट दायर गर्नेमा क्यासिनो किङका रुपमा चिनिने गुण्डा नाइके बलराम सापकोटा उर्फ बले, ठेकदार पवनकुमार गुप्ता, उद्योगी […]

‘भीआईपी’ जुवाको खाल, जहाँ बरामद भएको पैसा गन्न तीन घन्टा लाग्यो

१० कात्तिक, काठमाडौं । महाराजगञ्ज प्रहरीलाई शनिबार राति सूचना आयो, महाराजगञ्जको होटल साम्बालाको पछाडिको घरमा जुवाको खाल चलिरहेको छ । प्रहरीले आइतबार बिहान करिब २ बजेतिर छापा मार्‍यो । तर यो सामान्य जुवाको खाल नभई मिनी क्यासिनो नै रहेछ । उच्च व्यापारिक घराना र प्रतिष्ठित भनिएका व्यक्तिहरु पनि लाखौं रकम दाउमा राखेर जुवा खेल्न मस्त […]

तारकेश्वरबाट करिब ३ लाखसहित ८ जुवाडे पक्राउ

४ फागुन, काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकुले शनिबार दिउँसो चलाएको ‘जुवा अपरेशन’ का क्रममा ८ जना पक्राउ परेका छन् । तारकेश्वर नगरपालिका–८, जरन्खुबाट व्यापारिक पृष्ठभूमिका उनीहरुलाई पक्राउ गरिएको हो । परिसरका प्रवक्ता एवं डीएसपी होविन्द्र बोगटीले दिएको जानकारी अनुसार उनीहरूको साथबाट २ लाख ७६ हजार रुपैयाँ पनि बरामद भएको छ । थप अनुसन्धान भइरहेको […]

स्पोर्टस् पसलभित्र जुवा खाल ! ठमेलका ७ व्यापारी समातिए

९ पुस, काठमाडौं । क्रिसमस इभमा जुवा खेलिरहेका ७ जना व्यापारी पक्राउ परेका छन् । सञ्चय कोषको भवन अगाडि रहेको स्पोर्टस पसलभित्र जुवा खेल्दै गर्दा उनीहरु समातिएका हुन् । काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार सोमबार साँझ गोप्य सूराकीका आधारमा चलाइएको अपरेशनका क्रममा ४ लाख ९६ हजार ७ सय ३५ रुपैयाँसहित उनीहरु पक्राउ परेका […]

बत्तिसपुतलीमा जुवाखालबाट समातिएका १३ व्यापारी को-को हुन् ? (सूची)

२ कात्तिक, काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकुले चलाएको जुवा अपरेशनका क्रममा बत्तिसपुतली क्षेत्रबाट १३ जना व्यापारी पक्राउ परेका छन् । शनिबार राति मिराज होटलमा जुवा खलिरहेका वेला बत्तिसपुतली तथा कमलपोखरी क्षेत्रका १३ व्यापारी रंगेहात पक्राउ परेका हुन् । उनीहरुको साथबाट ७ लाख ६१ हजार १ सय ९० नेपाली रुपैयाँ र १ हजार ८ सय […]

बत्तिसपुतलीमा जुवाखालबाट समातिएका १३ व्यापारी को-को हुन् ? (सूची)

२ कात्तिक, काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकुले चलाएको जुवा अपरेशनका क्रममा बत्तिसपुतली क्षेत्रबाट १३ जना व्यापारी पक्राउ परेका छन् । शनिबार राति मिराज होटलमा जुवा खलिरहेका वेला बत्तिसपुतली तथा कमलपोखरी क्षेत्रका १३ व्यापारी रंगेहात पक्राउ परेका हुन् । उनीहरुको साथबाट ७ लाख ६१ हजार १ सय ९० नेपाली रुपैयाँ र १ हजार ८ सय […]

मुलपानीमा मध्यराति प्रहरीको ‘जुवा’ अपरेशन, भागदौडमा दुई जनाको मृत्यु

२० असोज, काठमाडौं । काठमाडौंको मुलपानीमा गएराति प्रहरीले जुवाडेमाथि चलाएको अपरेशनका क्रममा भागदौड हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सरोज घले र सानुलाल तामाङ छन् । गोप्य सूचनाको आधारमा काठमााडौं प्रहरी परिसरबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) होमेन्द्र बोगटीको नेतृत्वमा खटिएको टोली जुवा खेलाइराखिएको घरमा पुग्ने वित्तिकै भागाभाग भएको थियो । त्यसक्रममा झ्यालबाट […]

जुवा खेल्नेलाई ३ वर्ष, बाजी थाप्नेलाई एक वर्ष जेल

२७ साउन, काठमाडौं । आगामी भदौ १ गतेदेखि कार्यान्वयनमा आउने नयाँ मुलुकी अपराध संहिताले बाजी राख्नेहरुमाथि पनि कडा सजायको व्यवस्था गरेको छ । जुवा खेल्ने र चिठ्ठा सञ्चालन गर्नेहरुले पनि अब जेल जानुपर्ने हुन सक्छ । मुलुकी अपराध संहिता अनुसार पहिलोपटक जुवा खेल्ने र खेलाउनेलाई ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । […]

बाजी थाप्नेलाई एक वर्ष जेल, जुवा खेल्नेलाई ३ वर्ष !

२७ साउन, काठमाडौं । आगामी भदौ १ गतेदेखि कार्यान्वयनमा आउने नयाँ मुलुकी अपराध संहिताले बाजी राख्नेहरुमाथि पनि कडा सजायको व्यवस्था गरेको छ । जुवा खेल्ने र चिठ्ठा सञ्चालन गर्नेहरुले पनि अब जेल जानुपर्ने हुन सक्छ । मुलुकी अपराध संहिता अनुसार पहिलोपटक जुवा खेल्ने र खेलाउनेलाई ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । […]

शिवसताक्षीको जंगलमा जुवाको खाल, १ लाख रुपैयाँसहित दुई जना समातिए

४ असार, झापा । प्रहरीले झापाको शिवसताक्षी नगरपालिकाबाट ३ जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरुको सथाबाट १ लाख ९ हजार ९ सय ९० रुपैयाँ समेत बरामद भएको छ । आइतबार साँझ नगरपालिकाको ११ नम्बर वडा स्थित जंगलमा जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा छापा मारेर शिवसताक्षी–८ का सुमन गुप्ता, कनकाई नगरपालिका–६ का कुलबहादुर दर्नाल र […]

३३ लाखसहित सुर्खेतमा ६ जुवाडे पक्राउ

१८ माघ, सुर्खेत । सुर्खेत प्रहरीले  ३३ लाखसहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले गणेशचोकमा जुवा खेल्दै गरेका वीरेन्द्रनगर–१ बाङ्गेसिमलका ज्ञानेन्द्रबहादुर विश्वकर्मा, वीरेन्द्रनगर–३ का टीका वली तथा ज्ञानेन्द्र नेपाली, वीरेन्द्रनगर–६ का दुर्गाप्रसाद सापकोटा तथा भद्रबहादुर क्षेत्री र सवीर मियाँलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीका […]