+
+

बुढानीलकण्ठको लसुनडाँडाबाट जुवा खेलेको आरोपमा २१ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ३ गते १६:३५

३ मंसिर, काठमाडौं। बुढानीलकण्ठ नगरपालिका–११ लसुनडाँडा भन्ने स्थानमा जुवा (ओखर) खेलिरहेको अवस्थामा २१ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

तारकेश्वर नगरपालिका पैयुटार बस्ने नुवाकोट तादी गाउँपालिका–४ घर भएका २६ वर्षीय सुबास आचार्य समेत २१ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख २४ हजार ७ सय ५० रूपैयाँ र ओखर १३ थान सहित पक्राउ गरेको हो ।

उनीहरुमाथि प्रहरीले जुवातास खेल्ने नहुने कसुरमा अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?