Comments Add Comment

टर्की

List Grid
टर्कीका राष्ट्रपतिद्वारा अमेरिकासहित १० मुलुकका राजदूतलाई देश निकाला गर्न आदेश

७, कात्तिक, काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तायप एर्दोगनले पश्चिमी मुलुकका १० राजदूतलाई देश निकाला गर्ने आदेश दिएका छन् । थुनामा रहेका एक नागरिक अगुवालाई मुक्त गर्नुपर्ने भन्दै संयुक्त विज्ञप्ति निकालेका पश्चिमी मुलुकका १० राजदूतलाई देश निकाला गर्ने आदेश दिएको अलजजिराले जनाएको छ । एर्दोगनले टर्कीका लागि अमेरिका, जर्मनी, क्यानडा, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, नेदरल्याण्ड, न्युजिल्याण्ड, […]

अमेरिकीसहित १० राजदूतलाई देश निकाला गर्ने टर्कीको चेतावनी

५ कात्तिक, काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तायप एर्दोगनले पश्चिमी मुलुकका १० राजदूतलाई देश निकाला गर्ने चेतावनी दिएका छन् । टर्कीका लागि अमेरिकासहित १० मुलुकका राजदूतले थुनामा रहेका नागरिक समाजका एक अगुवाको समर्थनमा संयुक्त विज्ञप्ति निकालेपछि एर्दोगानले उनीहरुलाई देश निकाला गर्ने चेतावनी दिएका हुन् । ‘मैले हाम्रो मुलुकमा उनीहरुलाई राख्न सक्दैनौं भनेर हाम्रा विदेशमन्त्रीलाई बताएको […]

टर्कीका राष्ट्रपतिले भने- बाइडनले आतंकवादी संगठनलाई हतियार पठाइरहेका छन्

८ असोज, काठमाडौं । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले अमेरिकी राष्ट्रपति जो बाइडनले आतंकवादी संगठनलाई हतियार दिएको आरोप लगाएका छन् । एर्दोगानले उत्तरी सिरियामा सक्रिय सशस्त्र कुर्द समूहलाई लक्षित गर्दै अमेरिकामाथि यस्तो बताएका हुन् । अमेरिकाले उक्त समूहलाई सहयोग गर्दै आएको छ । एर्दोगानले भने, ‘बाइडनले पुनः आतंकवादी संगठनलाई हतियार, गोला–बारुद र सैन्य उपकरण दिन […]

टर्कीमा कोरोना नियन्त्रणका लागि जारी प्रतिबन्धको विरोधमा प्रदर्शन

२७ भदौ, काठमाडौं । टर्कीमा कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको प्रतिबन्धको विरोधमा प्रदर्शन भएको छ । मास्क नलगाइ राजधानी स्तानबुलमा गरिएको प्रदर्शनमा दुई हजार बढीले सहभागिता जनाएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । सरकारी प्रतिबन्धका कारण आफ्नो स्वतन्त्रताको हनन भएको भन्दै प्रदर्शनकारीले र्‍याली निकालेका हुन् । प्रदर्शनमा सहभागीहरुले ‘मेरो शरीर मेरो निर्णय’, ‘स्वतन्त्रता […]

टर्कीले फिर्ता बोलाउन थाल्यो अफगानिस्तानबाट सेना

१० भदौ, काठमाडौं । टर्कीले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता ल्याउन सुरु गरेको बताएको छ । नेटोको एक सदस्य मुलुकसमेत रहेको टर्कीले अफगानिस्तानमा आफ्ना पाँच सयभन्दा धेरै सैनिक परिचालन गरेको थियो । यसअघि अफगानिस्तानको काबुल एयरपोर्ट चलाउन टर्कीले आफ्नो सैन्य उपस्थिति कायम राख्न सक्ने अनुमान गरिएको थियो । यद्यपि बुधबार टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले बुधबार […]

टर्कीको जंगलमा भीषण आगलागी, सयौं पर्यटकको उद्धार

१७ साउन, काठमाडौं । टर्कीको दक्षिण–पश्चिम समुद्री किनारासँग जोडिएको जंगलमा भीषण आगलागी भएको छ । आगलागी फैलिँदै गएका कारण सो क्षेत्रको होटल तथा घरमा बसेका सयौं पर्यटकको उद्धार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । सञ्चारमाध्यममा उल्लेख गरिएअनुसार पर्यटकको उद्धारको लागि टर्कीले जहाज, निजी डुङ्गाजस्ता साधनको प्रयोग गरेको छ । बोडरम सहरमा तीन र पाँचतारे होटल […]

टर्कीमा बढ्दो गर्मीका कारण आगलागी, ७ जनाको मृत्यु

१७ साउन, काठमाडौं । टर्कीमा बढ्दो गर्मीका कारण जंगलमा डढेलो लाग्दा हालसम्म कम्तीमा सात जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार स्याटेलाइटबाट प्राप्त तस्वीरमा मर्सिन र एन्टालयामा लागेको आगोको धुवाँ १५० किलोमिटर टाढा साइप्रस द्वीपसम्म पुगेको देखिएको छ । टर्कीमा गर्मी मौसममा डढेलो लाग्नु सामान्यजस्तै मानिन्छ । तर सरकारी अधिकारीहरुले यसपटकको डढेलो ठूलो […]

टर्कीले रोक्यो नेपालसहित ६ मुलुकबाट हुने सिधा उडान

१५ असार, काठमाडौं । टर्कीले कोरोना भाइरसको महामारी फैलन सक्ने आंशकाका बीच सोमबारबाट नेपालसहित ६ वटा मुलुकबाट हुने सिधा उडानमा रोक लगाएको छ । तर अन्य देश जाने यात्रुले भने टर्की ट्रान्जिट बनाएर यात्रा गर्नेलाई भने कुनै रोकतोक नहुने बताइएको छ । यसले यूरोप र अमेरिकामा हुने नेपालीहरुको यात्रा समेत प्रभावित हुने भएको छ । […]

युरोकपको उद्घाटन खेलमा इटली र टर्की भिड्दै

२८ जेठ, काठमाडौं । कोरोना महामारीका कारण एक वर्षपछि सरेको १६औं संस्करणको युरोकप आजदेखि सुरु हुँदैछ । २४ राष्ट्रको सहभागी रहेको युरोकप विभिन्न ११ देशमा हुँदैछ । प्रतियोगिताको उद्घाटन खेल इटली र टर्कीबीच हुँदैछ । इटली ११ आयोजक मध्ये एक हो र समूह ए मा रहेका यी दुई टिमबीचको खेल रोमस्थित ओलम्पिया स्टेडियममा हुँदैछ । […]

युरोपको विरामी : टर्कीबारे केही रोचक तथ्य

काठमाडौं । युरोप र एसिया महादेशको सिमानामा पर्ने मुलुक टर्कीलाई एसिया र युरोप बीचको पुल पनि भनिन्छ । टर्कीलाई अर्को अनौठो नामले पनि चिनिन्छ, त्यो हो ‘युरोपको विरामी’ । आखिर टर्कीलाई किन युरोपको बिरामी भनिन्छ त ? यसको अनौठो इतिहास छ । टर्कीको इतिहास निकै पुरानो तथा गर्विलो छ । इशापूर्व युनानीहरुको बसोबास तथा स्थानान्तरण […]

युद्धविराम सम्झौता उल्लंघन नगर्न अर्मेनियालाई टर्कीको चेतावनी

२८ कात्तिक, काठमाडौं । अर्मेनिया र अजरबैजानको बीचमा विवादित भूमि नागोर्नो-काराबखको विषयमा जारी युद्ध रोक्न शान्ति सम्झौता उल्लंघन नगर्न अर्मेनियालाई टर्कीले चेतावनी दिएको छ । अर्मेनियाले युद्धविरामको सम्झौता उल्लंघन गरेको खण्डमा उसले ठूलो मूल्य चुकाउनुपर्ने बताएको छ । बिहीबार टर्कीका विदेशमन्त्री मेभ्लट काभुसोग्लुले अजरबैजानको राजधानी सहर बाकुमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्मेनिर्यालाई यस्तो चेतावनी दिएका हुन् । […]

टर्कीका राष्ट्रपतिको अपील– फ्रान्सका उत्पादन नकिन्नू

११ कात्तिक, काठमाडौं । टर्की सरकारले फ्रान्सेली उत्पादनहरु खरिद नगर्न जनतासँग अपील गरेको छ । टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनले कट्टरवादी मुस्लिमलाई फ्रान्सले दमन गरेको भन्दै फ्रान्सले उत्पादन गरेका सामान नकिन्न अपील गरेका हुन् । टेलिभिजन सम्बोधनमा राष्ट्रपति एर्दोआनले भने, ‘यदि फ्रान्समा मुसलमानमाथि दमन हुन्छ भने विश्वका नेता मुसलमानको सुरक्षाका लागि अघि आउनुपर्छ ।’ फ्रान्सेली […]

टर्कीले संयुक्त राष्ट्रसंघमा उठायो कश्मीर मुद्दा, भारतको आपत्ति

७ असोज, काठमाडौं । टर्कीले संयुक्त राष्ट्रसंघमा जम्मु–कश्मीरको मुद्दा उठाएको छ । तर, भारतले भने टर्कीले आन्तरिक मामिलामा दखल दिएको भन्दै आपत्ती जनाएको छ । संयुक्त राष्ट्रसंघको ७५ औं वर्षगाँठको अवसरमा आयोजित बैठकलाई भिडियो सन्देशमार्फत् सम्बोधन गर्दै टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोआनले दक्षिण एसियामा शान्ति र स्थीरताका लागि जम्मु–कश्मीर मुद्दा सुल्झाउनु पर्ने बताए । भारतले […]

टर्कीका राष्ट्रपतिले दिए फ्रान्सलाई चेतावनी

२८ भदौ, काठमाडौं । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले फ्रान्सेली समकक्षी इम्यानुअल म्याक्रोँलाई टर्कीसँग विवादमा नफस्न चेतावनी दिएका छन् । पछिल्लो समय दुई मुलुकबीचको तनाव बढिरहेको अवस्थामा एर्दोगानले यस्तो चेतावनी दिएका हुन् । सन् १९८० को सैन्य कूको ४० औं वार्षिक समारोहमा बोल्दै एर्दोगानले भने, ‘टर्कीका मानिसहरुसँग निहुँ खोज्ने कोसिस नगर्नुहोस् । टकीसँग खेलबाड नगर्नुहोस् ।’ […]

टर्कीमा इब्रु तिम्तिकको भोक हड्तालको क्रममा २३८ औं दिनमा मृत्यु

१४ भदौ, काठमाडौं । टर्कीका मानव अधिकारवादी वकिल इबू तिम्तिकको भोक हडतालको क्रममा २३८ औं दिनमा मृत्यु भएको छ । आफ्नो र अन्य मानिसहरुको लागि स्वच्छ कानुनी कारबाहीको माग गर्दै भोक टर्कीको जेलमा नै भोक हडतालमा बसेकी तिम्तिकको मृत्यु भएको हो । सन् २०१७ को सेप्टेम्बरमा सरकारविरोधी मानिसहरुको पक्षमा वकालत गरेको भन्दै सरकारले उनीसहित १८ […]

टर्कीले ग्यास भण्डार पत्ता लगायो, २०२३ भित्र प्रयोगमा ल्याउने

६ भदौ, काठमाडौं । टर्की सरकारले हालसम्मकै सबैभन्दा ठूलो प्राकृतिक ग्यासको भण्डार पत्ता लगाएको दाबी गरेको छ । राष्ट्रपति रिचेप तैयप अर्दोआनले शुक्रबार इस्तानबुलमा पत्रकार सम्मेलन गरी टर्कीको कालो सागरमा ग्यासको विशाल भण्डार पत्ता लगाएको जानकारी दिएका हुन् । त्यहाँको ग्यास सन् २०२३ भित्र प्रयोगमा ल्याउने लक्ष्य रहेको उनले सुनाए । पत्रकार सम्मेलनमा उनले भने, […]

टर्कीमा पूर्ण लकडाउनविना नै कसरी नियन्त्रणमा आयो कोरोना ?

२३ जेठ, काठमाडौं । टर्कीमा कोरोना भाइरस (कोभिड-१९) अन्य मुलुकको तुलनामा केही ढिला आयो । पहिलो संक्रमित मार्च १९ मा फेला परेका थिए । तर त्यसपछि निकै छिटो महामारी मुलुकभर फैलियो । एक महिनाभित्रै यो महामारी मुलुकको सबै ८१ प्रान्तमा फैलिएको थियो । टर्की विश्वमा सबैभन्दा छिटो कोरोना भाइरसको महामारी फैलिरहेको थियो । कुनै समयमा […]

टर्कीमा दुई महिनापछि खुले मस्जिद

१७ जेठ, काठमाडौं । टर्कीमा दुई महिनापछि शुक्रबार मस्जिद खुलेका छन् । त्यहाँको सरकारले मे महिनाको सुरुवातदेखि नै मुलुकमा लगाइएको लकडाउन केही खुकुलो पार्ने निर्णय गर्दै आएको थियो । त्यसै क्रममा शुक्रबादेखि मस्जिदहरु पनि खुलेका छन् । मस्जिदका साथै शपिङ मल, सैलुन र ब्युटि पार्लरहरु खुलेका छन् । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले सोमबारदेखि रेष्टुरेन्ट, क्याफे, […]

टर्कीसँग श्रम समझदारीका लागि मस्यौदा पठाइँदै

१९ साउन, काठमाडौं । नेपालले टर्कीसँग श्रम समझदारीका लागि प्रक्रिया अघि बढाएको छ । नेपालबाट कामदार लैजान टर्की इच्छुक भएपछि सरकारले छलफल र श्रम समझदारीको मस्यौदा आदान प्रदान गर्ने प्रक्रिया अघि बढाएको हो । गत जेठको अन्तिम साता जेनेभामा भएको दुई देशबीचको श्रम मन्त्रालयस्तरीय बैठकमा टर्कीले नेपाली कामदार लैजान इच्छा देखाएको थियो । आफ्ना विभिन्न […]

टर्कीस्थित साउदी दूतावासमा पत्रकारको मृत्यु, दुई सरकारी अधिकारी बर्खास्त

३ कात्तिक, काठमाडौं । टर्कीको स्तानाबुलस्थित साउदी वाणिज्य दूतावासमा पत्रकार जमाल खशोगगीको मृत्यु भएको त्यहाँको राज्य टीभीले जनाएको छ । प्रारम्भिक अनुसन्धान रिपोर्टलाई हवाला दिँदै टिभीले खशोगगीको मृत्यु भएको जनाएको हो । बीबीसीले दिएको विवरणमा भनिएको छ, ‘घटनामा खुफिया एजेन्सीका उपप्रमुख अहमद अल असिरी र राजकुमार मोहम्मद बिन सलमानका वरिष्ठ सहयोगी सौद अलकहटानीलाई बर्खास्त गरिएको […]

टर्कीमा अपहरित नेपालीको वयानः सात दिनसम्म ट्वाइलेटमा थुनेर फिरौती माग्यो

५ फागुन, काठमाडौं । आकर्षक रोजगारीको प्रलोभनमा टर्की पुगेका नेपाली युवा अपहरणपछि पाकिस्तानीलाई फिरौती बुझाएर शुक्रबार काठमाडौं आइपुगेका छन् । उनीहरु आइतबार नेपाल प्रहरीसमक्ष पुगेर दलालको ठगी प्रकरणबारे आफ्नो बेदना सुनाउने योजनामा छन् । मोरङको केराबारी-९ का किरण मगर, खोटाङको रुपाकोटका टीकाराम विश्वकर्मा र ताप्लेजुङको मेवाखोला-३ का टीका लिम्बु टर्कीमा पाकिस्तानीहरुबाट अपहरणमा परेका थिए । […]