
काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायलले हमाससँगको युद्धविराम सम्झौतामा गरेकाे ‘वाचा पूरा गर्न असफल’ भएको आरोप लगाएका छन् ।
हमासले सोमबार इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेकाे भन्दै इजरायली बन्धकहरू रिहा गर्न बन्द गर्ने घोषणा गरेको थियो ।
यही बीचमा टर्कीका राष्ट्रपति एर्दोगानले इजरायलले प्यालेस्टिनी क्षेत्रमाथिको कब्जा अन्त्य गर्नुपर्ने पनि बताएका छन् ।
हमास र इजरायलबीचको युद्धविराम सम्झौता जनवरी १९ मा लागू भएको थियो । सम्झौताको पहिलो चरण ६ साताको हुने र सो अवधिमा हमासले आफ्नो नियन्त्रणमा रहेका ३३ बन्दी रिहा गर्ने उल्लेख छ । हमासले त्यसयता १६ जना इजरायली र ५ जना थाई बन्धकहरूलाई रिहा गरिसकेको छ।
गाजामा इजरायलीले युद्धविराम सम्झौताको उल्लंघन गरेको आरोपमा हमासले सोमबार अर्को सूचना नभएसम्म इजरायली बन्धकहरूलाई रिहा गर्न बन्द गर्ने घोषणा गरेपछि इजरायल र प्यालेस्टिनी प्रतिरोध समूह हमासबीचको युद्धविराम शंकास्पद बनेको छ।
हमासको बयानमा इजरायलले भने बन्दीहरूलाई रिहा नगर्नु सम्झौताको उल्लंघन भएको प्रतिक्रिया दिएको छ ।
प्रतिक्रिया 4