Comments Add Comment

तरलता

List Grid
फेरि तरलता अभाव हुने संकेत

१९ चैत, काठमाडौं । दशैंतिहार सकिए लगत्तै देखिएको तरलताको समस्या पुनः देखिन सक्ने सम्भावना देखिएको छ । निक्षेपको तुलनामा कर्जा अधिकतम लगानी हुँदा तरलता हुने सम्भावना देखिएको हो । दशैं अघि कर्जा विस्तारमा आक्रामक देखिएका बैंकहरु पुनः कर्जा विस्तारमा आक्रामक देखिएका छन् । पछिल्लो तथ्यांक अनुसार निक्षेप ९ दशमलव ५ प्रतिशतले बढ्दा कर्जा १५ प्रतिशतले […]

१५ अर्ब तरलता प्रवाह गर्दै राष्ट्र बैंक

९ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबार १५ अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । ७ दिनमा परिपक्व हुने गरी केन्द्रीय बैंकले रिपो जारी गर्न लागेको हो । दिउँसाे ३ बजे बोलकबोल गरेर आजै रिपो जारी हुने राष्ट्र बैंकले जनाएको छ । आगामी फागुन १६ गते परिपक्व हुने रिपोको ब्याजदर ५ प्रतिशत […]

राष्ट्र बैंकलाई सुझाव- ब्याजदर घटाउ, तरलता देउ

२३ माघ, काठमाडौं । उद्योगी व्यवसायीहरुले नेपाल राष्ट्र बैंकलाई तरलता समस्या समाधान गरेर ब्याजदर घटाउने काम गर्न सुझाव दिएका छन् । बुधबार राष्ट्र बैंकले आयोजना गरेको समष्टिगत अर्थतन्त्र र बैंकिङ क्षेत्रको विद्यमान अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा  उद्योगी व्यवसायीहरुले यस्तो सुझाव दिएका हुन् । कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले तरलता समस्या समाधान र […]

बैंकर्स संघको निष्कर्ष- एक साता हेराैं, त्यसपछि निर्णय गराैं

२५ काठमाडौं, कात्तिक । बैंकमा तरलता समस्या व्यापक भए पछि तिहार लगत्तै आइतबार बसेको नेपाल बैंकर्स संघले एक साता चुपचाप बस्ने निर्णय गरेको छ । दशैं-तिहारमा खर्च भएको रकम बैंकिङ प्रणालीमा आउन नसकेको निष्कर्ष निकाल्दै एक सातासम्म पर्खने निर्णय गरेको हो । ‘बैठकले एक सातासम्म दशैतिहारमा खर्च भएको रकम बैंकिङ प्रणालीमा आउने अपेक्षा गरेको छु’, […]

दशैंमा तरलता संकट : पुँजीको अभाव अझै बढ्ने संकेत

९ कात्तिक, काठमाडौं । दशैं सकिएलगत्तै बैंकिङ क्षेत्रमा देखिएको तरलता संकटका कारण लगानीयोग्य पुँजीको अभाव देखिएको छ ।बैंकहरुले लगानी गर्न नसकेको भन्दै केही उद्योगी व्यवसायीले सार्वजनिकरुपमै दुःखेसो पोख्न शुरु गरेका छन् । विगत केही वर्षदेखि बैंकिङ क्षेत्रमा तरलता अभाव व्यापक हुँदै गएको छ । अघिल्लो वर्ष पनि तरलता अभावको झेलेका बैंकहरुले यस वर्ष भने तरलता […]

ब्याजदर वृद्धिसँगै व्यक्तिगत ग्राहकले बढाए १ खर्ब निक्षेप

७ चैत, काठमाडौं । उच्च व्याजदर पाइन थालेपछि व्यक्तिगत निक्षेपकर्ताले बैंकमा पैसा राख्ने क्रम बढेर गएको छ । तर, यसको फाइदा अर्कै तरिकाले बैंकहरुले उठाइरहेका छन् । राष्ट्र बैंकको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थामा चालु आर्थिक वर्षको सात महिनामा व्यक्तिगत निक्षेप एक खर्ब दुई अर्बले बढेको छ । गत असारसम्म बैंकहरुमा १२ खर्ब ६९ […]

ऋण लिन बैंक जाँदै हुनुहुन्छ ? १५ प्रतिशतमाथि तिर्न तयार रहनुस्

५  बैशाख, काठमाडौं । ऋण लिन बैंक जाने सोचाइमा हुनुहुन्छ भने महंगो ब्याज तिर्न तयार भएर जानुहोस् । लगानीयोग्य रकमको अभावमा ऋण पाउन कठिन भइरहेका बेला बैंकहरुले ब्याजदर १५ प्रतिशतसम्म पुर्‍याएका छन् । बचत खातामा ब्याजदर वृद्धि गरिरहेका बैंकहरुले अधिकांश शीर्षकको कर्जाको व्याजदर बढाएर १५ प्रतिशतसम्म पुर्‍याएका छन् । पुँजीको लागत वृद्धि भएको भन्दै बैंकहरुले […]

संस्थागत निक्षेपकर्ताले बैंकसँग व्याजदरमा ‘बार्गेनिङ’ गर्न थाले

२१ वैशाख काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुसँग लगानी योग्य पुँजी (तरलता) लगभग शून्य भएपछि संस्थागत निक्षेपकर्ताहरुले व्याजदरमा बार्गेनिङ गर्न थालेका छन् । तीन हप्तायता संस्थागत निक्षेपकर्ताहरुले अहिले ६.५० प्रतिशत व्याजदर नपाए निक्षेप नदिने भन्दै वार्गेनिङ गर्न थालेको बैंकहरहरु बताउँछन् । ‘महिनादिन अघिसम्म ५.२५ प्रतिशत व्याजदर पाउँदै आएका संस्थागत निक्षेपकर्ताहरु अहिले ६.५० प्रतिशत व्याज नपाए […]