+
+
Shares

९० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

राष्ट्र बैंकले आइतबार र बुधबार नियमित पैसा झिक्दै आएकामा दसैं बिदापछि कार्यालय खुलेको पहिलो दिन मंगलबार भए पनि बजारबाट पैसा खिच्न लागेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २१ गते १३:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि ९० अर्ब रुपैयाँ बराबर निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्ने निर्णय गरेको छ।
  • राष्ट्र बैंकले १२ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत तरलता खिच्न लागेको र आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न आह्वान गरेको छ।
  • 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र बोलकबोलमा भाग लिन पाउने र खरिद गरिएको उपकरण अन्य संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

२१ असोज, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आज मंगलबार राष्ट्र बैंकले ९० अर्ब रुपैयाँ बराबर तरलता खिच्न लागेको हो ।

केन्द्रीय बैंकले १२ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको जनाएको छ ।

राष्ट्र बैंकले आइतबार र बुधबार नियमित पैसा झिक्दै आएकामा दसैं बिदापछि कार्यालय खुलेको पहिलो दिन मंगलबार भए पनि बजारबाट पैसा खिच्न लागेको हो ।

बजारबाट पैसा निकाल्नका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न आह्वान गरेको छ ।

बोल गर्न सकिने रकम न्यूनतम १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने राष्ट्र बैंकको भनाइ छ ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने छ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?