
News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्षको अन्त्यमा वित्तीय प्रणालीमा करिब ७ खर्ब रुपैयाँ अधिक तरलता रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
- नेपाल राष्ट्र बैंकले चालु आवमा ६ खर्ब ९२ अर्ब ६५ करोड रुपैयाँ तरलता स्थायी निक्षेप सुविधा र निक्षेप संकलन उपकरणमार्फत खिचेको छ।
- चालु आवमा निर्यात, रेमिट्यान्स र असुलीमा सुधार आए पनि कर्जा लगानी सुस्त हुँदा तरलता गत आवको तुलनामा दोब्बर भएको छ।
३१ असार, काठमाडौं । चालु आर्थिक वर्ष (आव) सकिन एकदिन मात्रै बाँकी छ । आर्थिक वर्षको एकदिन अघिसम्म वित्तीय प्रणालीको करिब ७ खर्ब रुपैयाँ नेपाल राष्ट्र बैंकमा थुप्रिएको छ ।
आव अन्त्यमा समान्यतया बैंक तथा वित्तीय संस्थामा अधिक तरलता हुन्छ, अधिक तरलता भएपछि अन्तरबैंक दर घट्ने भएकाले केन्द्रीय बैंकले खिच्छ । आव अन्तिम महिना कर्जा लगानी करिब ठप्प नै हुन्छ । असुलीका कारण निक्षेपमा वृद्धि हुने भएकाले अधिक तरलताको अवस्था हुने गर्छ ।
चालु आव पनि निर्यात बढेको, रेमिट्यान्स बढेको र सँगसँगै असुलीमा समेत सुधार आएका कारण अधिक तरलताको अवस्था बनेको हो । साथै, यो अवधिमा कर्जा लगानी समेत सुस्त छ । त्यसले गर्दा मंगलबारसम्म वित्तीय प्रणालीमा करिब ७ खर्ब बराबरको तरलता छ ।
वित्तीय प्रणालीमा अधिक तरलता भए पनि अन्तर बैंकदर बढ्ने–घट्ने तथा ब्याजदरमा असर गर्ने भएकाले स्थायी निक्षेप सुविधा र निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्छ ।
चालु आव ३१ असारसम्म वित्तीय प्रणालीको ६ खर्ब ९२ अर्ब ६५ करोड रुपैयाँ अधिक तरलता खिचेर राखेको छ । उक्त रकममध्ये ३ खर्ब ७७ अर्ब निक्षेप संकलन उपकरणको हो भने बाँकी ३ खर्ब १५ अर्ब स्थायी निक्षेप सुविधा मार्फत खिचेको हो । त्यसैगरी सोमबारसम्म वित्तीय प्रणालीमा करिब ६९ अर्ब तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ ।
चालु आवमा अर्थतन्त्रका सबै सूचकमा सुधार आउने तर आर्थिक गतिविधि सुस्त हुँदा पनि वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था रह्यो । साथै, कर्जाको माग पनि अर्थतन्त्रका कारण अपेक्षित बढ्न सकेको छैन ।
तर, वित्तीय प्रणालीमा पैसा भित्रिने क्षेत्रमा निरन्तर सुधार भएपछि अधिक तरलताको अवस्था आएको हो । चालु आव मंगलबारसम्म केन्द्रीय बैंकले खिचेको वित्तीय प्रणालीको तरलता गत आवको तुलनामा दोब्बर हो । गत आव असार अन्तिममा ३ खर्ब ५५ अर्ब रुपैयाँ अधिक तरलता भएको केन्द्रीय बैंकले जनाएको छ ।
प्रतिक्रिया 4