+
+
Shares

वित्तीय प्रणालीमा १ खर्ब तरलता भएपछि निक्षेप संकलन मार्फत खिच्दै राष्ट्र बैंक

वैशाख मध्यमा केन्द्रीय बैंकले एक साता अवधिको ३ पटकसम्म निक्षेप संकलन उपकरण प्रयोग गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ११ गते १३:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले प्रणालीको तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण प्रयोग गरेको छ।
  • गत साता र यस साता केन्द्रीय बैंकले निक्षेप संकलन गरी तरलता नियन्त्रण गरेको हो।
  • बैंक तथा वित्तीय संस्थाले अधिक तरलता राख्दा ३ प्रतिशत ब्याज पाउँछन् र निक्षेप संकलनको औसत ब्याजदर २.९९५८ प्रतिशत रहेको छ।

११ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकलाई वित्तीय प्रणालीको तरलता व्यवस्थापन गर्न हम्मे परेको छ । स्थायी निक्षेप मार्फत प्रणालीको तरलता व्यवस्थापन नभएपछि साताको ३ पटकसम्म निक्षेप संकल उपकरण मार्फत तरलता खिच्ने गरेको हो ।

गत साता मात्रै दुई पटक निक्षेप संकलन गरेको केन्द्रीय बैंक यो साता पहिलो दिन आइतबार फेरि २१ दिन अवधिको ३० अर्ब निक्षेप संकलन जारी गरेको छ ।

वैशाख मध्यमा केन्द्रीय बैंकले एक साता अवधिको ३ पटकसम्म निक्षेप संकलन उपकरण प्रयोग गरेको थियो । आइतबार यसभन्दा अघिको २७ अर्ब ५० करोडको निक्षेप संकलन परिपक्व भएसँगै वित्तीय प्रणालीमा करिब ९१ अर्बको तरलता भएपछि केन्द्रीय बैंकले निक्षेप संकलन प्रयोग गरेको हो ।

आइतबारसम्म बैंक तथा वित्तीय संस्थामा अधिक भएको तरलता स्थायी निक्षेप तथा निक्षेप संकलन मार्फत कुल ३ खर्ब ६२ अर्ब केन्द्रीय बैंकमा राखेका छन् । यो रकममध्ये निक्षेप संकलन उपकरणको १ खर्ब ९० अर्ब र स्थायी निक्षेपको १ खर्ब ७२ अर्ब ७५ करोड रुपैयाँ छ ।

स्थायी निक्षेप मार्फत केन्द्रीय बैंकमा रहेको अधिक तरलता ३ दिनका लागि प्रणालीबाट केन्द्रीय बैंकमा रहन्छ । त्यसैगरी पछिल्लो समयको निक्षेप संकलन उपकरण मार्फत केन्द्रीय बैंकमा गएको पैसा २१ दिनका लागि ‘होल्ड’ हुन्छ ।

स्थायी निक्षेप मार्फत केन्द्रीय बैंकमा पैसा राख्दा बैक तथा वित्तीय संस्थाले ३ प्रतिशत ब्याजदर पाउँछन् । तर, निक्षेप संकलन उपकरणको ब्याजदर भने बोलकबोल मार्फत निर्धारण हुन्छ । ८ जेठमा निक्षेप संकलनको औसत ब्याजदर २.९९५८ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?