Comments Add Comment

दमननाथ ढुंगाना

List Grid
पूर्वसभामुख दमननाथ ढुंगानालाई कोरोना संक्रमण

१६ वैशाख, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानालाई कोरोना संक्रमण भएको छ । यसको जानकारी उनी आफैंले ट्वीटरमार्फत् दिएका हुन् । ‘सावधानी अपनाउन सतर्क रहँदारहँदै कोभिड–१९ को नयाँ लहरले मलाई पनि गाँज्यो,’ उनले ट्वीटरमा लेखेका छन् । आफूलाई खासै अप्ठ्यारो नभएको र आफ्नो ख्याल गरिरहेको उनले उल्लेख गरेका छन् । समुदायस्तरमा फैलिसकेको यो महामारी नियन्त्रणका उपाय […]

नेकपा विवादले संवैधानिक संकट निम्त्याउँदैछ : दमननाथ ढुंगाना

२२ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव पक्षले बिहीबार संघीय संसदका महासचिवलाई पत्राचार गरेपछि नेकपा विवाद औपचारिक रुपमै संसदमा प्रवेश गरेको छ । साढे दुई महिनासम्म पनि निर्वाचन आयोगले टुंगो लगाउन नसकेपछि आधिकारिकता विवाद संसदमा पुगेको हो । पूर्वसभामुख दमननाथ ढुंगाना नेकपा विवाद संवैधानिक संकट र अराजकताको कारण बन्न सक्ने जोखिम […]

अवहेलना मुद्दाबारे पूर्वसभामुख ढुंगानाले भने : म्याद तामेल भएपछि जवाफ दिन्छु

१५ माघ, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले म्याद तामेल भएपछि सर्वोच्च अदालतले माग गरेको लिखित जवाफ दिने बताएका छन् । अदालतको अवहेलनासम्बन्धी रिटमा सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एक इजलासले बुधबार आफैं लिखित जवाफ पेश गर्न आदेश दिएलगत्तै पूर्वसभामुख ढुंगानाले अनलाइनखबरलाई यस्तो प्रतिक्रिया दिएका हुन् । ‘कानून बुझेको व्यक्तिको नाताले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गरेको […]

सडकबाट न्यायाधीश तान्ने दिन आउनसक्छ : ढुंगाना

२७ पुस, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले अदालतले प्रतिनिधिसभा विघटनलाई सदर गर्ने हो भने संविधान खारेजको फैसला पनि एकसाथ सुनाउनुपर्ने बताएका छन् । यद्यपि अदालतले संविधानअनुसार फैसला गर्छ भन्ने विश्वास आफूलाई रहेको बताए । संविधानसभा सदस्य मञ्च नेपालले सोमबार राजधानीमा गरेको अन्तरक्रियामा ढंगानाले संसद पुनर्स्थापना हुन्छ कि हुन्न भन्ने बहस गर्दा संविधान र राजनीतिक दुबै […]

‘तपाईंहरूले चेक गर्नुभएन, त्यसैले तानाशाह जन्मियो’

२३ पुस, काठमाडौं । संसद विघटनको विरोधमा सडकमा उत्रिएको नेकपा प्रचण्ड–माधव समूहले बिहीबार नागरिक समाजसँग छलफल गर्‍यो । अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ मञ्चमा थिए भने वक्ताका रुपमा पूर्वसभामुख दमननाथ ढुंगाना, मानवअधिकारकर्मी कृष्ण पहाडी, पूर्वराजदूत लीलामणि पौडेल, नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलगायत थिए । सहभागी सबैको धारणा थियो, […]

राष्ट्रपतिले संसद विघटनबारे पुनर्विचार गर्नुस् भन्नुपर्छ : दमननाथ ढुंगाना

५ पुस, काठमाडौं । राष्ट्रपतिले संसद विघटनको सिफारिस पुनर्विचार गर्न पठाउनुपर्ने पूर्वसभामुख दमननाथ ढुंगानाले बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर नयाँ जनादेशमा जाने घोषणा गरेका थिए । संसद विघटनको सिफारिस लिएर उनी शीतल निवास पनि पुगेका छन् । पूर्वसभामुख ढुंगानाले भने संसद विघटनको सिफारिस गर्नु भनेको कम्युनिस्ट पार्टीले लोकतन्त्र चलाउन […]

‘मृत्युदण्डको माग गर्नु बचकाना हो’

२३ असोज काठमाडौं । नेपालको संविधानमा मृत्युदण्डको प्रावधान छैन । तर, संघीय सांसदहरुले नै बलात्कारीलाई मृत्युदण्ड दिने कानुनको माग गर्न थालेका छन् । संसदीय समितिमा बलात्कारीको लिंग छेदन गर्ने कि मृत्युदण्ड दिने बहस हुन थालेको छ । यसै सन्दर्भमा हामीले २०४७ सालको संविधानमा मृत्युदण्डको प्रावधान किन हटाइयो भन्नेबारे संविधान निर्मातामध्येका एक, दमननाथ ढुंगानासँग जिज्ञासा राख्यौं […]

‘९५ वर्षसम्म राजनीति गर्छु, युवाले मलाई जिताउँछन्’

१ मंसिर, भक्तपुर । भूतपूर्व सभामुख दमननाथ ढुंगाना २३ वर्षपछि भक्तपुरबाट चुनावी भिडन्तमा उत्रेका छन् । नेपाली कांग्रेसले उनलाई भक्तपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । प्रजातन्त्र प्राप्तिपछि ०४८ सालमा भएको आम निर्वाचनमा काठमाडौंबाट जित्ने ढुंगाना एकमात्रै कांग्रेस उम्मेदवार थिए । त्यतिबेलाको संसदमा बहुमत प्राप्त कांग्रेसले उनलाई सभामुख बनाएको थियो । […]

दमननाथ ढुंगानाको प्रष्टोक्ति- म टुरिस्ट होइन

२० कात्तिक, भक्तपुर । भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दमननाथ ढुंगानाले आफू टुरिष्ट वा पाहुना उम्मेदवार नभएको प्रष्ट पारेका छन् । रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व सभामुख समेत रहेका ढुंगानाले भक्तपुरमा आफनो राजनीतिक लगानी भएको समेत बताए । उनले भने- ‘आफूले कुचो लिएर राजनीति कुचिकार बनेर […]

पार्टीले उम्मेदवार बनायो, मैले स्वीकार गरेँ: दमननाथ

१६ कात्तिक, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले प्रतिनिधिसभा सदस्यका लागि भक्तपुर २ मा उम्मेदवार बनाउने कांग्रेसको निर्णय स्वीकार गरेको बताएका छन् । कांग्रेस उम्मेदवार ढुंगानाले २६ वर्ष पहिले काठमाडौंमा वाम गठबन्धनलाई पराजीत गरेका थिए । ०५१ को चुनावमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले ढुंगानालाई हराएपछि उनी सक्रिया राजनीतिबाटै हराएका थिए । यतिबेला फेरि वाम गठबन्धन बनेका […]

संघीय गठबन्धनको अनसनलाई दमननाथको समर्थन

२६ जेठ, काठमाडौं । नागरिक समाजका अगुवा एवम् पूर्वसभामुख दमननाथ ढुंगानाले मधेस आन्दोलनलाई सम्बोधन नगरेमा संविधानको आयु छोटि्टने बताएका छन् । मधेस आन्दोलनको मुहान २०६२/६३ को दोस्रो जनआन्दोलनको मुहान भन्दै उनले असन्तुष्ट पक्षलाई सम्वोधन नगरेसम्म संविधान कार्यान्वयन नहुने चेतावनी दिएका हुन् । संघीय गठबन्धनको रिले अनसनमा ऐक्यवद्धता जनाउन बुधबार खुलामञ्चमा गएका ढुंगानाले सञ्चारकर्मीसँग कुरा गर्दै […]