Comments Add Comment

नम्रता श्रेष्ठ

List Grid
‘ह्याप्पी बर्थ डे’ नम्रता

नेपाली चलचित्र क्षेत्रमा अभिनयमा विविधता झल्काएर काम गर्ने नायिकाको रुपमा नम्रता श्रेष्ठलाई चिनिन्छ । चलचित्र ‘सानो संसार’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी यी नायिका पछिल्लो रिलिज चलचित्र ‘जाइरा’सम्म आइपुग्दा दर्शकको मानसपटलमा छुट्टै छाप बनाउन सफल छिन् । उनले अभिनय गरेका ‘मेरो एउटा साथी छ, नोभेम्बर रेन, क्लासिक, प्रसाद’ लगायतका चलचित्र दर्शकको लागि विशेष छन् । उनै, […]

इन्स्टाग्राममा नम्रताका ६ लाख फलोअर्स

कलाकारको लोकप्रियताको मापन सामाजिक सञ्जालमा उनीहरूलाई पछ्याउनेको संख्या र हलमा उनीहरूको चलचित्रलाई पछ्याउने दर्शकको भिडको आधारमा गर्न सकिन्छ । हुन त सामाजिक सञ्जालमा गज्जबको फलोअर्स कमाएका कलाकारका चलचित्रले पनि हलमा पानी माग्न पाएका छैनन् । तर, सामाजिक सञ्जाल कलाकारको फ्यानसँग जोडिने दरिलो माध्यम भने बनेको छ । सामाजिक सञ्जाल इन्स्टाग्राममा नेपाली कलाकारहरू निकै सक्रिय छन् […]

नम्रताको हातमा गितार

नायिका नम्रता श्रेष्ठ लकडाउनका कारण घरमै छिन् । तर, लकडाउनको समयमा पनि उनी सामाजिक काममा पनि सक्रिय देखिएकी छिन् । उनै नम्रताले शनिबार सामाजिक सञ्जालमा केही तस्वीर पोष्ट गरिन्। जहाँ उनी हातमा गितार लिएर मुस्कुराइरहेकी छिन् । नम्रताले आफू गितार बजाउने तयारीमा लागेको तर निकै लाज पनि लागिरहेको उल्लेख गरेकी छिन् । नम्रताका अनुसार उनले […]

म पनि ५ दिनदेखि घरमै छुः नम्रता श्रेष्ठ

नायिका नम्रता श्रेष्ठले आफु विगत ५ दिनदेखि घरमै बसिरहेको बताएकी छिन । सामाजिक संजालमा शुभचिन्तकहरुले कुरा गर्दै उनले कोरोना भाइरससँग जुध्नका लागि घरमै बस्नुको विकल्प नभएको बताएकी हुन । नम्रताले सामाजिक संजालमा भनेकी छिन–‘कोरोना भाइरसँग जुध्नका लागि घरमै बस्नुको विकल्प नै छैन । म पनि विगत ५ दिनदेखि घरमै छु । मलाई आशा छ तपाइहरु […]

नम्रताको फरक बाटोमा हिड्ने चाहना

नायिका नम्रता श्रेष्ठ चलचित्रमा फरक भूमिका गर्न रुचाउँछिन् । फरक भूमिका गर्दा उनलाई सफलता भन्दा असफलता बढी हात परेको छ । लभ स्टोरी चलचित्रबाट बाहिरिएर उनले एक्सन चलचित्रमा काम गर्दा ‘जाइरा’ले दर्शक तान्न सकेन । तर, पनि नम्रता बर्षमा धेरै चलचित्रमा काम भने गर्दिनन् । नम्रताको करिअरमा सफलता र असफलता पटक पटक देख्न सकिन्छ । […]

फिल्म नचलेरै ‘अनलक्की’ नम्रता

नायिका नम्रता श्रेष्ठले आफ्नो नाम अर्की नायिका नम्रता श्रेष्ठसँग मिल्दा आफूलाई समस्या भएको तर्क गरिन् । ‘गाँठो’ डेब्यू नायिकालाई नाम एउटै हुँदा दर्शक दोधारमा पर्ने गरेको थाहा छ । उनले, यसो भन्दै गर्दा आफूलाई ‘अनलक्की’ पनि भन्न भ्याइन् । तर, नाम मिलेर मात्र नभएर चलचित्र नचलेरै नम्रता ‘अनलक्की’ देखिएकी छिन् । उनले चलचित्रमा निरन्तर काम […]

अमेरिकामा देखिएको नम्रता र अनमोलको बोन्डिङ

अमेरिकामा आयोजना भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा नायक अनमोल केसी र नायिका नम्रता श्रेष्ठले ‘स्टार अफ दि इयर’को अवार्ड जिते । दुबैले आफ्नो सामाजिक संजालमा तस्वीर शेयर गरेका छन् । नम्रताले भने हामी दुइले अवार्ड प्राप्त गरेको भन्दै खुशी भएको अनुहार भन्दै तस्वीर शेयर गरेकी छिन् । रोचक कुरा त के छ भने, यो अवार्डमा […]

‘नम्रता श्रेष्ठ’लाई नामैले डुबायो

आफ्नो नामको भोको जो कोही पनि हुन्छ । जो कोहीे पनि आफ्नो कामबाट आफ्नो नामलाई धेरैले चिनोस् भन्ने चाहन्छ । तर, कहिलेकाही एउटै नामले कसैलाई समस्यामा पार्छ । अहिले यही समस्या भोगिरहेकी छिन्, नम्रता श्रेष्ठ । नम्रता श्रेष्ठ भन्ने बित्तिकै जो कोहीले पनि ‘मेरो एउटा साथी छ, नोभेम्बर रेन, क्लासिक, प्रसाद’ लगायत सफल चलचित्रमा काम […]

के मेरो आयु सकियो त ? – नम्रता श्रेष्ठ

जब्बर नायिका हुन्, नम्रता श्रेष्ठ । अनेक आरोह-अवरोह छिचोल्दै आएकी उनी यतिबेला आफ्नो लयमा फर्किएकी छिन् । जतिबेला उनी रजटपटमा पाइला राख्दै थिइन्, त्यसबेला नै नम्रतालाई एक संभावनाको रुपमा हेरिएको थियो । तर, उनको अभिनय यात्रा एकनास रहेन । यसबीचमा उनले लामो विश्राम लिइन् । विश्रामपछि उनी अभिनयमा फर्किएकी छिन् । जबकी उनका समवयी अभिनेत्रीहरु […]

नम्रता भन्छिन्–‘अरु निर्माताले वुझ्न नसक्लान् भनेर आफै लगानी गरेँ’

नम्रता श्रेष्ठ चलचित्र क्षेत्रमा रुचाइएकी नायिका हुन् । उनको सुन्दरता र अभिनयको तारिफ सधै नै हुन्छ । नम्रता अभिनित नयाँ चलचित्र ‘जाइरा’ रिलिजको तयारीमा छ । भदौ ६ गतेबाट रिलिजको तयारीमा रहेको यो चलचित्रमा नम्रतालाई बिल्कुलै फरक भूमिकामा प्रस्तुत गरिएको छ । प्राय चलचित्रमा प्रेमिकाको भूमिकामा देखिदै आएकी नम्रता ‘जाइरा’मा भने बक्सिङ खेलाडीको भूमिकामा प्रस्तुत […]

नम्रताको संघर्ष

नायिका नम्रता श्रेष्ठले निर्माण र अभिनय गरेको चलचित्र ‘जाइरा’ भदौको ६ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रमा नम्रताको साथमा अनुप विक्रम शाही, प्रमोद अग्रहरि, सुजता श्रेष्ठ, श्रृजना रेग्मी लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रका लागि नम्रताले गरेको मिहिनेत अरुका लागि पनि प्रेरणा बन्न सक्छ । चलचित्रको छायांकनको क्रममा मुक्का खाएर धेरै पटक ढलेकी नम्रताले […]

मस्ती टकः ‘नम्रता, प्रमोद, सुजता र श्रृजनाको हाँसो(भिडियो कुराकानी)

नायिका नम्रता श्रेष्ठको निर्माण तथा अभिनय रहेको चलचित्र ‘जाइरा’ भदौको ६ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रमा नम्रतालाई दर्शकले मार्सल आर्ट खेलाडीको भूमिकामा देख्दैछन् । अनलाइनखबरको रमाइलो टक शो ‘ओके मस्ती टक’मा कुराकानी गर्ने क्रममा चलचित्रका मुख्य कलाकार नम्रता श्रेष्ठ, प्रमोद अग्रहरि, श्रृजना रेग्मी र सुजता श्रेष्ठले निकै नै रमाइलो कुराकानी गरे । ‘ओके मस्ती […]

कसले गर्ला नम्रतालाई नकारात्मक भूमिकाको अफर ?

कलाकार भैसकेपछि फरक–फरक भूमिकामा काम गर्न सक्नुपर्छ । कलाकार भर्सटायल भएमात्र दर्शकले पनि रुचाउँछन् । एउटै किसिमको अभिनय गरेर धेरै कलाकार हराएका छन् वा चाडै पलायन पनि भएका छन् । नेपाली चलचित्रमा भर्सटायल अभिनय गर्ने कलाकार थोरै छन् । यसमध्ये एक हुन्, नायिका नम्रता श्रेष्ठ । नम्रता श्रेष्ठले चलचित्रमा हरेक किसिमको भूमिका गर्दा दर्शकले उनलाई […]

नम्रताको स्टाइल

नायिका नम्रता श्रेष्ठ अभिनयमा मात्र होइन, पहिरनमा पनि भर्सटायल छिन् । उनी, पहिरनमा सजग भएकै कारण हरेक कार्यक्रममा उनको पहिरनको चर्चा हुन्छ । नायिका श्रेष्ठको भर्सटायल अभिनयले दर्शकको ध्यान तानेको छ । आफ्ना समकालिन धेरै नायिका जस्तै उनले न त अफर आएका सबै चलचित्रमा काम गरेकी छिन्, न त एउटै प्रकारको चलचित्रमा नै आफूलाई सिमित […]

‘जाइरा’को ट्रेलरमा नम्रता र श्रृजनाको द्धन्द्ध

नायिका नम्रता श्रेष्ठलाई शिर्ष भूमिकामा प्रस्तुत गरिएको चलचित्र ‘जाइरा’को ट्रेलर सार्वजनिक भएको छ । आशुतोष राज श्रेष्ठको निर्देशनमा तयार भएको यो चलचित्रलाई नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्सको प्रस्तुतिमा तयार पारिएको हो । चलचित्रमा नम्रता श्रेष्ठ, अनुप विक्रम शाही, प्रमोद अग्रहरि, श्रृजना रेग्मी, रेमन दास श्रेष्ठ, सुजता श्रेष्ठ र सम्राट मगरको मुख्य भूमिका छ । आशुतोषकै […]

आर्यन, नम्रता र दयाको मित्रता

नायक आर्यन सिग्देल अभिनित चलचित्र ‘हजार जुनी सम्म’ साउनको ३० गतेबाट रिलिज हुँदैछ । यस्तै, त्यसको एक सातापछि नायिका नम्रता श्रेष्ठ अभिनित चलचित्र ‘जाइरा’ रिलिज हुँदैछ । यस्तै, असोजको ३ गतेबाट नायक दयाहाङ राई अभिनित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ रिलिज हुँदैछ । यी तिन कलाकार एकसाथ मित्रता दिवसको अवसरमा भेटिएका छन् । नायिका नम्रता श्रेष्ठले […]

भदौ ६ मा सर्यो ‘हजार जुनी सम्म’, नम्रता र स्वस्तिमाको बक्स अफिस भिडन्त

साउन ३० गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘हजार जुनी सम्म’ अब एक साता पछि सरेको छ । निर्माणपक्षले जे कारण देखाएपनि साउन ३० मा रिलिज हुन लागेको बलिउड चलचित्र ‘साहो’को प्रभावका कारण ‘हजार जुनी सम्म’लाई एक साता पछि सारिएको हो । विकासराज आचार्यको निर्देशनमा तयार भएको यो चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, प्रियंका कार्की […]

अनुपको अंगालोमा नम्रता

नायिका नम्रता श्रेष्ठ र नायक अनुप विक्रम शाहीको केमेष्ट्री कस्तो होला ? यसका लागि भदौको ६ गते रिलिज हुने चलचित्र ‘जाइरा’लाई नै कुर्नुपर्ने हुन्छ । तर, चलचित्रको सार्वजनिक एक रोमान्टिक गीतले भने यी दुइको केमेष्ट्री छल्काएको छ । बिहिबार काठमाण्डौमा आयोजित कार्यक्रममा पनि नम्रता र अनुपको केमेष्ट्री गज्जबको देखियो । अनुप र नम्रताले सार्वजनिक गीतलाई […]

सेतो पहिरनमा खुलेकी नम्रता

नायिका नम्रता श्रेष्ठको आज जन्मदिन हो । उनले आफ्नो जन्मदिन बिहान मिडियासँग सेलिव्रेशन गरिन् । बेलुकी आफन्त, साथीभाइसँग सेलिव्रेशन गर्ने उनको तयारी छ । नायिका नम्रता श्रेष्ठ नेपाली चलचित्रकी भर्सटायल कलाकार हुन् । जसले हरेक चलचित्रमा फरक–फरक चरित्र निर्वाहा गरिरहेकी छिन् । नम्रताको यही शैलीले नै हो, उनलाई फरक देखाएको छ । आफ्नो जन्मदिनमा मिडियासँग […]

३३ बर्षमा नम्रता

नायिका नम्रता श्रेष्ठ ३३ बर्षमा प्रवेश गरेकी छिन् । उनको जन्मदिनको अवसर पारेर आज काठमाण्डौमा उनी अभिनित चलचित्र ‘जाइरा’को पोष्टर रिलिज गरिएको छ । भदौ ६ गते रिलिज हुने यो चलचित्रमा नायिका श्रेष्ठको समेत लगानी छ । नायिका श्रेष्ठले चलचित्रको कथा मन परेकाले आफूले लगानी गरेको बताइन् । चलचित्रमा नायिका मार्सल आर्ट खेलाडीको भूमिकामा देखिदैछिन् […]

अनमोल र करिश्मासँग नम्रताको ‘ह्याङ आउट’

केही समय अगाडि नायिका नम्रता श्रेष्ठ नायिका अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’ हेर्न पुगेकी थिइन् । नम्रता र अनमोलले सो समयमा आफूहरु नजिकको साथी भएको समेत उल्लेख गरेका थिए । नायक अनमोल केसीले नायिका नम्रता श्रेष्ठसँग ह्याङ आउट गर्ने गरेको सुनाएका थिए । आफूलाई नम्रता श्रेष्ठ खुबै मन पर्ने बताउँदै आएका नायक अनमोल केसीले चलचित्र […]