+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/6 (20)
VS
२० बलमा ९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
122/3 (16.4)
Shares

स्टारबोस कफीको ब्रान्ड एम्बेसडरमा नम्रता श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १ गते १९:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्टारबोस कफीले काठमाडौं दरबारमार्गमा आफ्नो पहिलो आउटलेट सञ्चालनमा ल्याएको छ।
  • अभिनेत्री नम्रता श्रेष्ठलाई स्टारबोस कफीको आधिकारिक ब्रान्ड एम्बेसडर घोषणा गरिएको छ।
  • कफीले तीनकुने र इमाडोलमा शाखा खोल्ने र नेपालका प्रमुख शहरमा फ्रेन्चाइज विस्तार गर्ने योजना बनाएको छ।

काठमाडौं । अन्तर्राष्ट्रियस्तरको क्याफे अनुभव नेपालमै पुर्‍याउने उद्देश्यसहित स्टारबोस कफीले आफ्नो पहिलो आउटलेट काठमाडौंको दरबारमार्गमा सञ्चालनमा ल्याएको छ ।

आयोजित विशेष समारोहमा अभिनेत्री तथा पूर्वमिस नेपाल नम्रता श्रेष्ठ, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र टक्सार ग्रुप अफ कम्पनीका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले संयुक्त रूपमा रिबन काटेर कफी हाउसको उदघाटन गरे ।

टक्सार ग्रुप अफ कम्पनीले संचालनमा ल्याएको स्टारबोस कफीले आधुनिक वातावरण, विश्वस्तरीय सेवा र उच्च गुणस्तरका कफी तथा विभिन्न परिकारमार्फत नेपालमा क्याफे संस्कृतिलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य राखेको छ ।

उद्घाटन समारोहमा अभिनेत्री श्रेष्ठलाई आधिकारिक ब्रान्ड एम्बेसडरका रूपमा चिनाइएको थियो । ब्रान्डप्रति ग्राहकको विश्वास मजबुत बनाउन नम्रताको लोकप्रियताले योगदान दिने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

समारोहका प्रमुख अतिथि नबिल बैंकका सीईओ मनोज ज्ञवालीले चुनौतीपूर्ण आर्थिक अवस्थाबीच नयाँ व्यवसाय सुरु हुनु सकारात्मक सन्देश भएको बताए । उनका अनुसार स्टारबोस कफी हाउसले अन्य व्यवसायीलाई समेत नेपालमै नयाँ अवसर खोज्न प्रेरित गर्नेछ ।

कफीले तीनकुनेमा दोस्रो र ललितपुरको इमाडोलमा तेस्रो शाखा चाँडै सञ्चालन गर्ने तयारी गरिरहेको छ । यस्तै, आगामी दिनमा नेपालका प्रमुख शहरमा फ्रेन्चाइज विस्तार गर्ने योजना कम्पनीले अघि सारेको छ ।

स्टारबोस कफी टीजी भेन्चर्स अन्तर्गतको पहिलो हस्पिटालिटी प्रोजेक्ट हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?