Comments Add Comment

नाजिर हुसेन

List Grid
प्रिज्मा र प्रिन्सीसँग नाजिरको ‘सुनरीमै’

गीतकार विश्व गौडेलको शब्दमा तयार भएको ‘सुनरीमै’ गीतको म्यूजिक भिडियो रिलिज भएको छ । गायक प्रमोद खरेल र गायिका मेलिना राइको आवाजमा समावेश यो गीतमा दीपक शर्माको संगीत छ । गीतको भिडियोमा प्रिज्मा र प्रिन्सी खतिवडाको साथमा नायक नाजिर हुसेनको अभिनय छ । जीवन रसाइलीको निर्देशनमा तयार भएको भिडियोमा नवराज उप्रेतीको छायांकन, नविन निरौलाको सम्पादन, […]

नाजिरले साइन गरे नयाँ फिल्म

नायक नाजिर हुसेन म्यूजिक भिडियोमा बढी व्यस्त छन् । उनले, अभिनय गरेका म्यूजिक भिडियो औषत सफल छन् । अडियो शक्तिशाली भएका केही गीतले भने दर्शकको साथ राम्रो पाएको देख्न सकिन्छ । लगातार चलचित्र असफल भएपछि चलचित्रकर्मीले नाजिरलाई पत्याउन छाडेका थिए । तर, लकडाउनपछि भने नाजिर चलचित्रमा पनि व्यस्त हुने देखिएको छ । हाल उनी बसन्त […]

नाजिरको जन्मदिनमा नम्रता लेख्छिन्–‘आई मिस यू’

नेपाली चलचित्रको पर्दामा बलियो अभिनय गर्ने नायक नाजिर हुसेन आज आफ्नो जन्मदिन मनाउँदैछन् । नाजिरलाई जन्मदिनको अवसरमा उनका आफन्त, साथीभाइले शुभकामना दिइरहेका छन् । चलचित्र ‘होस्टेल रिटन्र्स’बाट रजतपटमा भित्रिएका नाजिर अहिले म्यूजिक भिडियोमा व्यस्त छन् । उनले अभिनय गरेका म्यूजिक भिडियोलाई दर्शकले माया पनि गरिरहेका छन् । नाजिरको जन्मदिनमा नायिका नम्रता श्रेष्ठले भने फरक शैलीमा […]

भिडियोमा व्यस्त नाजिर, तर दर्शकले कती रुचाए ?

चलचित्र ‘होस्टेल रिटन्टर्स’बाट उदाएका नायक हुन् नाजिर हुसेन । नाजिरले यो चलचित्रमा आफ्नो अभिनयको खुबी देखाएपछि उनलाई अफरको लाइन नै लाग्यो । उनले अफर आएका धेरै चलचित्रमा काम गरे । तर, पछिल्लो केही समयदेखि भने चलचित्रमा असफलता भोगिरहेका नाजिरलाई निर्माताले पनि खासै पत्याएका छैनन् । चलचित्रमा कमजोर बन्दै गएपछि नाजिर म्यूजिक भिडियोमा व्यस्त हुन थाले […]

कवितामार्फत निर्मलाको लागि न्याय माग्दै नाजिर

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको २ बर्ष भयो । तर, अहिलेसम्म दोषी पहिचान गरेर कारवाही भएको छैन । निर्मलाको हत्या भएपछि देशभर आन्दोलन पनि भयो । आन्दोलन मत्थर भएपनि उनको परिवारले न्याय पाएको छैन । यसैविच, निर्मला पन्तको हत्या भएको २ बर्ष पुगिसक्दा पनि उनले न्याय नपाएको भन्दै डिजिटल आन्दोलन सुरु भैरहेको छ […]

कलाकारहरु भन्छन्ः सहयोग वाध्यात्मक होइन, स्वेच्छिक कुरा हो

कोरोनाबाट सुरक्षित रहनको लागि नेपाल पूर्ण रुपमा लकडाउन छ । विगत १ महिनादेखिको लकडाउनले गर्दा दैनिक काम गरेर गुजारा चलाउने मजदुरहरु समस्यामा परेका छन् । चलचित्रमा काम गरेर पेट पाल्नेहरुको पनि यही अवस्था छ । कतिपय चलचित्रकर्मीहरुले चलचित्र प्राविधिक तथा समस्यामा परेका मजदुरहरुलाई सहयोग पनि गरिरहेका छन् । कतिपय कलाकार भने यस मामिलामा मौन छन् […]

सरकारसँग नाजिरको यस्तो अपिल

लकडाउनका कारण कलाकारहरू घरमै छन् । काम सबै ठप्प भएपछि कलाकारहरूले सामाजिक सञ्जालको माध्यमबाट जनतालाई सचेत बनाउने काम मात्र गरेका छैनन्, सरकारलाई पनि खबरदारी गरिरहेका छन् । अभिनेता नाजिर हुसेनका पोस्टहरूमा पनि सरकारलाई खबरदारी गरिएको देख्न सकिन्छ । लकडाउन भएका कारण पनि अहिले जनताहरू हिडेरै आफनो घरसम्म पुगिरहेका छन् । तर, कतिपय ठाउँमा घर जाँदै […]

प्रेमको जन्तर खोज्दै नाजिर

दीपक महर्जनको स्वर, किरण पहाडीको शब्द तथा संगीतमा तयार भएको ‘प्रेम गर्ने जन्तर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यो गीतमा एक यूवक प्रेम गर्ने जन्तरको खोजीमा लागेको भाव प्रकट गरिएबो छ । रोशन श्रेष्ठले निर्देशक गरेको भिडियोमा मोडल नाजिर हुसेन र सरुसा महर्जनले मोडलिङ गरेका छन् । महेन्द्र मिरौला र ब्रिहन्मान सुनवारको […]

पल, बर्षा र नाजिरको ‘पिरतीको मिठो तिर्सना’

मिलन चाम्सको निर्देशनमा बनेको चलचित्र ‘वीर बिक्रम २’मा समावेश ‘पिरतीको मिठो तिर्सना’ बोलको गीत सार्वजनिक भएको छ । बिहिबार काठमाण्डौमा एक कार्यक्रम गर्दै चलचित्रको उक्त गीत सार्वजनिक गरिएको हो । दशक अगाडि निर्माण भएको चलचित्र ‘देउता’को उक्त गीतलाई रिमेक गरी ‘वीर बिक्रम २’मा राखिएको हो । मुस्ताङमा खिचिएको यस गीतको नयाँ भर्सन भिडियोमा नायक पल […]

नाटक लिएर पोखरा आए नाजिर हुसेन

२९ जेठ, पोखरा । चर्चित कलाकार नाजिर हुसेन नाटक लिएर पोखरा आइपुगेका छन् । नाजिर बिम्बात्मक नाटक कुरुप हाँस ‘द अग्ली डकलिङ’ मञ्चनका लागि पोखरा आएका हुन् । नाजिरको परिकल्पना र निर्देशनमा मञ्चन हुने यो नाटक असार १ गतेदेखि ३ गतेसम्म ३ दिन दिउँसो १ बजे र सााझ ५ः३० बजे पोखरा गैह्रापाटनस्थित पोखरा थिएटरमा मञ्चन […]

साम्राज्ञीको स्टारडम ‘तिमी सँग’ले कति चम्कियो ?

चलचित्र क्षेत्रमा अहिले केहि कलाकारको स्टारडमको चर्चा खुबै छ । यी कलाकारहरुले हलसम्म दर्शक तान्ने क्षमता राख्छन् पनि भनिन्छ । यी थोरै मात्र कलाकारको भीडमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पर्छिन् । साम्राज्ञीले अभिनय गरेको पछिल्लो चलचित्र ‘तिमी सँग’ हलमा चलिरहेको छ । यो चलचित्रले ३ दिनमा ७० लाख भन्दा माथिको ग्रस कलेक्शन गरेको छ । […]

‘तिमी सँग’को सुखद सुरुवात, साम्राज्ञी लण्डन उड्दा एक्लै हल पुगे नाजिर

आजबाट एक मात्र नयाँ नेपाली चलचित्र रिलिज भएको छ । ‘शिशिर राना’को निर्देशनमा तयार भएको चलचित्र ‘तिमी सँग’ले सोलो रिलिजको अवसर पाएको हो । शुक्रबार बिहान काठमाण्डौको गोपिकृष्ण हलमा नायक नाजिर हुसेन पुगेका छन् । नाजिर हलमा पुग्दा दर्शकको उल्लेख्य उपस्थिती देखेपछि खुशी देखिएका छन् । शनिबार बिहानीको शोमा गोपिकृष्ण मुभिजको कृष्ण हल हाउसफूल भएको […]

मस्ती टकः’नाजिरको प्रेम प्रस्तावमा साम्राज्ञीको स्विकारोक्ती'(भिडियो सहित)

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक नाजिर हुसेन निकै मिल्ने साथी हुन् । उनीहरु, यो मित्रता सधै नै रहोस् भन्ने पनि चाहन्छन् । दुबइमा आयोजना भएको कार्यक्रममा राम्रोसँग चिनजान गरेका यी दुइविच निकै नजिक भए । यसपछि, चलचित्र ‘तिमीसँग’मा एकसाथ काम गरेका यी दुई अहिले प्रचारमा दौडधुप गरिरहेका छन् । अनलाइनखबरको ‘ओके मस्ती टक’मा कुराकानी […]

‘तिमी सँग’मा शिर्ष गीतमा साम्राज्ञी र आकाशको प्रेम

चलचित्र ‘तिमी सँग’को शिर्ष गीत सार्वजनिक भएको छ । नमन प्रोडक्शन नेपालको प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई शिशिर राणाले निर्माण तथा निर्देशन गरेका हुन् । चलचित्रको यो गीतमा मधुरा भट्टचार्य र राहुल मुखर्जीको स्वर, राहुलकै संगीत, लेखु सहयात्रीको शब्द छ । यो गीतको भिडियोमा नायिका सामाज्ञी राज्यलक्ष्मी शाह र नायक आकाश श्रेष्ठलाई फिचरिङ गरिएको छ […]

विपिन र नाजिरको पारिश्रमिक बढ्ला कि घट्ला ?

नायक विपिन कार्कीले चलचित्र ‘जात्रा’ हिट भएपछि पारिश्रमिक बढाए । निर्देशक निश्चल बस्नेतले निर्देशन गर्न लागेको नयाँ चलचित्रमा उनले १८ लाख पारिश्रमिक लिएको चर्चा समेत चल्यो । विपिन पनि महंगो पारिश्रमिकमा काम गर्ने कलाकार बने । अहिले, चलचित्र चलोस् या नचलोस्, कलाकारको पारिश्रमिक चर्चा भने चलेको छ । तर, यो साता रिलिज भएको चलचित्र ‘लालपूर्जा’ […]

कर्मा र नाजिरलाई लिएर ‘गरुड पुराण’ घोषणा

चलचित्र ‘गरुड पुराण’को घोषणा भएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सुवास कोइराला र सुशन प्रजापतिले निर्देशन गर्ने चलचित्रको घोषणा गरिएको हो । आफ्नो अस्तित्वको खोजीमा रहेका केहि पात्रहरुको कथालाई चलचित्रमा उतारिनेछ । अजित फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा कर्मा, प्रविन खतिवडा, कामेश्वर चौरासिया, नाजिर हुसेन, प्रियंका सिंह ठकुरी, लुनिभा तुलाधर, प्रकाश […]

प्रिमियरमा तारिफ कमाएको ‘राज्जा रानी’ हलमा

वुधबार आयोजना भएको चलचित्र ‘राज्जा रानी’को प्रिमियरमा यसको खुबै तारिफ भयो । नेपाली चलचित्रको कथावस्तुले मधेसको गम्भिर बिषयलाई उठान गरेको भन्दै धेरैले तारिफ गरे । प्रिमियरमा तारिफ पाएको यो चलचित्र हलमा रिलिज भएको छ । आजबाट देशभरका हलमा रिलिज भएको चलचित्रलाई लिएर धेरैको आशा पनि अडिएको छ । विगत २ महिनादेखि नेपाली चलचित्रले राम्रो व्यापार […]

नाजिरलाई ‘राज्जा’ बनेपछि रिस मात्र उठ्थ्यो

नायक नाजिर हुसेनका लागि पौष २१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘राज्जा रानी’ महत्वपूर्ण छ । कारण, चलचित्र ‘गाँठो’को व्यवसायिक असफलताले उनलाई ठूलै झट्का दिएको थियो । ‘गाँठो’पछि उनको रिलिज हुन लागेको नयाँ चलचित्र ‘राज्जा रानी’ हो । यो चलचित्रमा नायिका केकी अधिकारी उनको श्रीमतिको भूमिकामा देखिएकी छिन् । तर, रियल लाइफमा नाजिर केकी श्रीमति […]

केकी भन्छिन्-‘बर्षमा एकपटक बच्चा हुन पाउँछु’

नेपाली चलचित्र क्षेत्रकी सुन्दर नायिका केकी अधिकारीको आज जन्मदिन हो । जन्मदिनको अवसर पारेर चलचित्र ‘राज्जा रानी’को यूनिटले उनको जन्मदिन सेलिव्रेशन गरेको छ । यो चलचित्रलाई मैथिली भाषामा किनेको भोर कम्पनी र ‘राज्जा रानी’को टिमले केकीको जन्मदिन विशेष तरिकाले सेलिव्रेशन गरेका छन् । चलचित्रका नायक नाजिर हुसेन, निर्देशक यम थापा, निर्माता रमेश एम के पौडेल […]

‘राज्जा रानी’ केकी र नाजिरका लागि अवसर र चुनौती

यसपटक बक्स अफिसमा नायिका केकी अधिकारी र नायक नाजिर हुसेनलाई अवसर र चुनौती दुबै छ । अभिनय राम्रो गरेपनि नाजिर एक्लैले चलचित्र बोक्न सकेका छैनन् । चलचित्र ‘गाँठो’ असफल भएपछि उनको स्टारडमको बारेमा बहस भएकै हो । अर्कोतिर, नायिका केकी अधिकारीले पनि आजसम्म एक्लैले चलचित्र बोक्न सकेकी छैनन् । केकी चलचित्र क्षेत्रमा ‘लक्की’ सावित हुन […]

‘राज्जा रानी’ टिजरमा नाजिरका लागि भोट माग्दै कामेश्वर

पौष २१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘राज्जा रानी’को दोश्रो टिजर सार्वजनिक भएको छ । आज भैरहेको मतदानलाई लक्षित गर्दै यो टिजर तयार पारिएको छ । टिजरमा चलचित्रका मुख्य नायक नाजिर हुसेनका लागि अर्का कलाकार कामेश्वर चौरासियाले भोट मागिरहेका छन् । एम के पौडेलको निर्माणमा तयार भएको यो चलचित्रलाई यम थापाले निर्देशन गरेका हुन् । […]