काठमाडौं । नाजिर हुसेन र सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘केटी हराएको सूचना’को दोस्रो टिजर सार्वजनिक भएको छ । पहिलोजस्तै दोस्रो टीजरले पनि प्रेम, द्वन्द्व र सम्बन्धको रहस्यलाई चित्रण गर्छ ।
संवादहिन यो टिजरले दुई मुख्य पात्रको सम्बन्ध र घुम्तीलाई प्रस्तुत गरेको छ । टिजरको अन्त्यमा युवतीले युवकलाई अपहरण गरेको दृश्य छ ।
यो दृश्यले पहिलोभन्दा ठीक विपरित कथा भन्छ जहाँ सृष्टिलाई नाजिरले अपहरण गरेको देखाइएको थियो । टिजरको यो प्रस्तुतिले दर्शकलाई कौतुहल तुल्याउने पक्का छ ।
यो फिल्मको अंग्रेजी नाम ‘मिसिङ’ राखिएको छ । तीन दशकअघि टेलिफिल्म ‘उजेली’ निर्देशन गरेका दीपेन्द्र गौचनको यो निर्देशकीय कमब्याक फिचर फिल्म हो ।
आफ्नै पटकथा रहेको फिल्मलाई गौचनले निर्माण गरेका हुन् । फिलममा संजय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रीना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । अमितेष शाह विशेष भूमिकामा छन् ।
यो फिल्म ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो । नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह-कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता छन् ।
प्रतिक्रिया 4