+
+

नाजिर र सृष्टि अभिनित ‘केटी हराएको सूचना’को नयाँ ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ४ गते १४:५२

काठमाडौं । दीपेन्द्र गौचन निर्देशित फिल्म ‘केटी हराएको सूचना’को नयाँ ट्रेलर सार्वजनिक भएको छ । अंग्रेजी शीर्षक ‘मिसिङ’ दिइएको ट्रेलर शीर्ष कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ वरपर घुमेको छ ।

पहाडी मूलकी युवतीलाई मधेशी मूलका युवकले कोठामा बन्धक बनाएर राखेको दृश्यबाट ट्रेलर सुरु हुन्छ । उक्त युवकले तराईमा बस्ने नेपाली समुदायलाई अझै पनि भारतीयका रुपमा चित्रण गर्ने गरेको गुनासो ट्रेलरमा गरेको छ । मिथिला संस्कृति पनि चित्रित छ ।

फिल्ममा अभिनेता हुसेन रामको भूमिका र अभिनेत्री श्रेष्ठ सीताको भूमिकामा छन् । फिल्म ट्राई सिटी पिक्चर्सकै व्यानरमा फिल्म निर्माण भएको हो । सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको पनि अभिनय छ । अमितेष शाह विशेष भूमिकामा छन् ।

नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहरदास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता हुन् । फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?