+
+
Shares

शुक्रबारदेखि रिलिज हुने नाजिर हुसेनको ‘गुन्युचोलो’ले कति शो पायो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १२ गते १८:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'गुन्युचोलो' शुक्रबारदेखि देशभर ८४ शोमा प्रदर्शन तयारीमा छ।
  • फिल्मको एड्भान्स टिकट बिहिबारदेखि बिक्री सुरु भएको थियो र काठमाडौंमा १४ शो छुट्टाइएको छ।
  • निर्देशक समुन्द्र भट्टको यो फिल्ममा नाजिर हुसेनले पारालैंगिक महिलाको भूमिका निभाएका छन्।

काठमाडौं । नाजिर हुुसेनको शीर्ष भूमिका रहेको फिल्म ‘गुन्युचोलो’ शुक्रबारदेखि प्रदर्शन तयारीमा छ ।

विहिबार बिहानैदेखि फिल्मको एड्भान्स टिकट बिक्री सुरु भएको थियो । फिल्मले देशब्यापी ८४ शो पाएको छ ।

बलियो ‘वर्ड अफ माउथ’ पाएको खण्डमा यो फिल्मको ओपनिङ सुखद हुनेमा दुईमत छैन । विहिबारदेखि लागेको ‘कोशेढुंगा’ र शुक्रबारदेखि नै लाग्ने दुई विदेशी फिल्मसँग यसको व्यवसायिक प्रतिस्पर्धा भने हुनेछ ।

क्यूएफएक्सले काठमाडौंमा मात्रै पहिलो दिन शुक्रबार यो फिल्मलाई १४ शो छुट्टयाएको छ । फिल्मको ट्रेलरले प्रशंसा बटुलेको छ ।

समुन्द्र भट्टको निर्देशन रहेको फिल्म ‘गुन्यु चोलो : द ड्रेस’ लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको छ ।

‘गुन्यु चोलो ः द ड्रेस’मा नाजिर हुसेनको मुख्य भूमिका छ । उनले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन् ।

नाजिरसँगै फिल्ममा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?