
News Summary
Generated by OK AI. Editorially reviewed.- स्वस्तिमा खड्का, नाजिर हुसेन, सुशिल श्रेष्ठ, सुशिल सिटौला र अभय बरालले १० वर्षअघि फिल्म 'होस्टेल रिटन्र्स' बाट अभिनयमा डेब्यू गरेका थिए।
- स्वस्तिमा खड्काले सामाजिक संजालमा अभिनय करिअरको दशक पूरा भएकोमा आभार व्यक्त गर्दै आगामी दशकलाई डोर्याउने ज्ञान सिकेको बताएकी छन्।
- नाजिरले १४, सुशीलले ६, सुशिल सिटौलाले ११ र अभयले विभिन्न विधामा अभिनय गर्दै १० वर्षमा नेपाली फिल्म क्षेत्रमा सक्रियता देखाएका छन्।
काठमाडौं । विहिबारदेखि स्वस्तिमा खड्का, नाजिर हुसेन, सुशिल श्रेष्ठ, सुशिल सिटौला र अभय बरालको फिल्म यात्राले १० वर्ष टेक्दैछ । यी कलाकारले अगस्ट २१, २०१५ देखि प्रदर्शनमा आएको फिल्म ‘होस्टेल रिटन्र्स’बाट अभिनयमा एकसाथ डेब्यू गरेका थिए ।
यी सबै कलाकार अहिले घरेलु फिल्ममा ब्यस्त मध्ये पर्छन् । अभिनय करिअरले १० वर्ष पुरा गर्न लागेको छेकोमा अभिनेत्री खड्काले सामाजिक संजालबाट दर्शकसँग खुसी साटेकी छन् ।
सुरुवातको दशकबाट सिकेका कुराले आगामी दशकलाई डोर्याउने भन्दै स्वस्तिमाले लेखेकी छिन्, ‘ केही नसिकी, केही नपढी म सिनेमामा आएकी थिएँ । काम र अग्रजहरूको मार्गदर्शनले मलाई सिनेमाको कखरा सिकायो । म अहिले सिनेमाको वर्णमाला सिक्दै छु ।’
उनी अघि लेख्छिन्, ‘यो ज्ञानले मलाई अब आउने अनेकौं दशकमा परिपक्व बनाउँदै लैजानेछ । यो यात्रा सम्झेर म रोमाञ्चित भइरहन्छु ।’
‘मलाई स्वीकार्नुभएकोमा धन्यवाद ! मलाई ’नाइ’ भन्नुभएकोमा धन्यवाद ! ममा सन्देह गर्नुभएकोमा धन्यवाद । म लड्दा उठाएर हिँडाइदिनुभएकोमा धन्यवाद ! र, मेरो सपनाको अंश बनिदिनुभएकोमा धन्यवाद ! म प्रेमले सधैं यसैगरी भिजिरहन पाऊँ !’ उनी लेख्छिन् ।
स्वस्तिमले यसबीच केमियो रोलसहित १९ फिल्ममा शीर्ष भूमिका निर्वाह गरेकी छन् । उनी अभिनित छक्कापञ्जा २ र ३, नाईं नभन्नु ल ५, बुलबुल, घामड शेरे, चपली हाइट ३, पशुपति प्रसाद २, दिमाग खराब निकै चर्चित फिल्म हुन् । ‘बेहुली फ्रम मेघौली’बाट उनले निर्माणमा डेब्यू गरेकी थिइन् ।
नाजिरले पछिल्लो १० वर्षमा १४ फिल्ममा अभिनय गरे । ‘होस्टेल रिटन्र्स’ अघि नाजिरले ‘पुन्टे परेड’ पनि खेलिसकेका थिए । वीरविक्रम १ र २, अगस्त्य, केटी हराएको सूचना र आगामी फिल्म ‘गुन्यू चोलो’ नाजिरका चर्चित फिल्म हुन् ।
‘होस्टेल रिटन्र्स’ गरेयता जम्मा ६ फिल्ममा अभिनय गरेपनि सुशील पछिल्लो समयका एक्सन स्टार हुन् । ‘आउट ल : दफा २१९, बादशाह जुट, लभ डायरिज, सायद २, कारखाना उनका हिट फिल्म हुन् ।
सुशिल सिटौलाले पछिल्लो १० वर्षमा ११ फिल्म खेले । सुन्तलीले भगाई लग्यो झिल्केले, ऐंचो पैंचो, मायावी, लाखे, रणवीर उनका चर्चित फिल्म हुन् ।
अभय बराल अभिनय बाहेक फिल्मका अन्य विधामा पनि उत्तिकै सक्रिय छन् । फिल्म कलेजमा पनि उनको ब्यस्तता देखिन्छ । ‘होस्टेल रिटन्र्स’ अघि उनले ‘अध्याय’मा काम गरिसकेका थिए ।
अभयले सेल्फी किङ, कुम्भकरण, अमेरिका ब्याज, जिग्री, आँखा लगायतका फिल्ममा काम गरिसकेका छन् । तर, यी सबै कलाकारलाई पहिचान भने ‘होस्टेल’ले दियो ।
प्रतिक्रिया 4