+
+
Shares

‘ट्रान्सवुमन’ भूमिकाबाट दर्शकको हृदयस्पर्श गरिरहेका नाजिर

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ८ गते १४:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'गुन्यु चोलो : द ड्रेस'को गीत 'म फूल हुँ कि काँडा'ले युट्युबमा सकारात्मक प्रतिक्रिया पाएको छ।
  • नाजिर हुसेनले पारालैंगिक महिलाको भूमिका निर्वाह गरेका छन् र उनको अभिनयको प्रशंसा भइरहेको छ।
  • फिल्म भदौ १३ गते रिलिज हुँदैछ र यसको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ।

काठमाडौं । फिल्म ‘गुन्यु चोलो : द ड्रेस’को गीतले सकारात्मक प्रतिक्रिया पाइरहेको छ । ‘म फूल हुँ कि काँडा’ बोलको गीतले युट्युब प्लाटफर्ममा प्रशंसा बटुलेको हो ।

गीतले नृत्य निर्देशनसँगै अभिनयको पक्षले दर्शकको मन जितेको देखिन्छ । पारालिंगी भूमिकामा नाजिर हुसेनले जीवन्त अभिनय गरेका छन् । नाजिरको चरित्र चित्रणको प्रशंसा भैरहेको छ ।

नाजिरजस्ता कलाकारलाई काम देखाउने खालका फिल्मको खाँचो रहेको दर्शकको भनाइ छ । ‘नाजिर तिमी एक महान बहुमुखी अभिनेता हौ’ विजय थापा युट्युबमा भिडियो हेरेर लेख्छन्, ‘उत्कृष्ट पात्रमा अभिनय गरिरहनू । तिमी एक महान अभिनेता बन्नेछौ । एउटा मात्र कुरा विवादबाट सावधान रहनु । मेरो शुभकामना ।’

नाजिरले फिल्ममा ट्रान्सवुमनको भूमिका निर्वाह गरेका छन् । धेरैले उनको चरित्र रुपान्तरण मन पराएका छन् । के तिमी साँच्चै नाजिर नै हौ भनेर पनि कमेन्टमा धेरैले प्रश्न गरिरहेका छन् । ‘वाउ, ह्वाट अ पफर्मेन्स’ भन्ने प्रतिक्रिया उनले पाइरहेका छन् ।

रिसभ आले लेख्छन्, ‘साँच्चै भन्नुपर्दा मैले पुरै भिडियोमा नाजिरलाई चिन्न सकिँन । दोस्रो पटक हेरेपछि मैले उसलाई चिनेको थिएँ । नाजिरलाई तपाईंको अभिनय र अभिनयको लागि सलाम ।’

लेखु सहयात्रीको शब्दरचना रहेको गीत ‘म फूल हुँ कि काँडा’मा मनीषा पोखरेलको स्वर छ । संगीत लेखु सहयात्रीकै छ ।

‘गुन्यु चोलो : द ड्रेस’ भदौ १३ गते रिलिज हुँदैछ । समुन्द्र भट्टको निर्देशन रहेको फिल्मको कथावस्तु लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा आधारित छ ।

नाजिरले यसमा पारालैंगिक महिलाको भूमिका निर्वाह गरेका छन् । सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि अभिनय गरेका छन् ।

फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्ले किनेको छ । सम्पादन, रङ संयोजन, ध्वनि मिश्रण, साउन्ड डिजाइनदेखि ब्याकग्राउण्ड म्युजिकसम्मको काम अमेरिकामा गरिएको छ ।

नेपाली र अमेरिकी फिल्म प्रोड्क्सन हाउसको सहकार्यमा फिल्म निर्माण भएको हो । आकाश बुढाथोकी र भि-भन्से जानुबोनको लगानी छ । कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ सहयोगी निर्माता हुन् ।

आलोक शुक्लाले खिचेको फिल्ममा लेखु सहयात्रीको गीत रचना छ । यो फिल्म तस्वीर फिल्म मार्केटमा छनोट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?