+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
97/4 (14.5)
Shares

‘किताब जात्रा’ मा कवितासहित गुञ्जिए नाजिर हुसेन

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २५ गते १३:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता नाजिर हुसेनले किताब यात्रा फाउण्डेसनद्वारा आयोजित किताब जात्रा कार्यक्रममा मीठो कविता वाचन गर्दै दर्शकलाई मन्त्रमुग्ध तुल्याए।
  • महोत्सवमा दुई दर्जनभन्दा बढी छलफल सत्र, सांगीतिक प्रस्तुति, किताब प्रदर्शनी, मिथिला आर्टको लाइभ पेन्टिङ, र विभिन्न सांस्कृतिक नाचहरू आयोजना भएका छन्।
  • देश–विदेशका साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकारलगायतको उपस्थिति रहेको महोत्सवमा सामाजिक, राजनीतिक, आर्थिक, नवीन प्रविधि, सिनेमासम्बन्धी विषयमा गम्भीर मन्थन हुनेछ।

काठमाडौं । अभिनेता नाजिर हुसेन साहित्य सिर्जनामा पनि उत्तिकै सक्रिय छन् । अभिनयसँगै उनमा साहित्य वाचन कलाको मिठास छ । उनी यो शैलीमार्फत दर्शकलाई मन्त्रमुग्ध तुल्याउँछन् ।

किताब यात्रा फाउण्डेसनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्रा कार्यक्रममा बिहीबार नाजिरले मीठो कविता बाचन गर्दै सबैलाई मन्त्रमुग्ध तुल्याए ।

उनले कवितामार्फत आमा र बुबाको सपनाको सँगालो प्रस्तुत गरे :

‘हाम्रो घरमा
आमाजीको पुरानो थैली छ
पुरानो छ, तर छ
फोटो एल्बममा
बुबाको काटेको
श्यामश्वेत थैली छ’

उनको मीठो कविता वाचनशैली र पाश्र्वमा गुञ्जिरहेको बाँसुरी तथा मादलको सुरिलो धुनले दर्शकको मन छोएको थियो । सबैले उनको यो मर्मस्पर्शी कविताको सम्मानमा गडगडाहट ताली बजाए ।

उनले आफ्नो सानो हत्केलामा बाआमाका औंला समात्दै तातेताते गर्दै हिँडेको अनुभूति मात्र व्यक्त गरेनन्, आमाको न्यानो काख र कोखको चर्चा पनि चर्चा गरे ।

महोत्सवमा दुई दर्जनभन्दा बढी छलफल सत्र, अन्तक्र्रियात्मक कार्यक्रम, सांगीतिक प्रस्तुति रहने छन् । देश–विदेशका साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकारलगायतको उपस्थिति छ ।

साहित्यसँग जोडिएका सामाजिक, राजनीतिक, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि गम्भीर मन्थन हुनेछ । महोत्सवमा किताब प्रदर्शनी, मिथिला आर्टको लाइभ पेन्टिङ, फुड स्टल, जदौ हजुरको सांगीतिक प्रस्तुती, सुदूरपश्चिमेली छलिया नाच, तराई मधेशको झिझिया, पूर्वेली मारुनी नाच पनि देखाइएको छ ।

साहित्यकार नीलम कार्की निहारिका, लेखक तथा पत्रकार मोहन मैनाली, कवि, लेखक, गीतकार नवराज लम्साल, लेखक सुबिन भट्टराई, बैंकर अनिल केशरी शाह, कलाकार दीपकराज जोशी, राजेश हमाल, वसन्त चौधरी, अमर न्यौपाने, विप्लब प्रतीक, मिलन बुढाथोकी, सन्दीप क्षेत्री विभिन्न सत्रका वक्ता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?