
काठमाडौं । एक्सनप्रधान फिल्म ‘अगस्त्य’ फागुन १८ गते प्रदर्शन तयारीमा छ । फिल्मले मंगलबार प्रमुख अभिनेता नाजिर हुसेनको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ ।
पोस्टरमा नाजिरको पात्रको नाम निशान उल्लेख छ । साथै, पाँचवटा क्यारेक्टर मुड पनि पेश गरिएको छ । निर्माताले यसअघि नै सौगात मल्लको लुक्स सार्वजनिक गरिसकेका छन् ।
यो फिल्ममा नाजिरले एक प्रहरी अफिसरको भूमिका निर्वाह गरेका छन् । नाजिरले फिल्ममा आफूलाई पाँच फरक गेटअपमा प्रस्तुत गरेको लेखक तथा निर्देशक सौरभ चौधरीले जानकारी दिए ।
नाजिरको गेटअप हेर्दा पनि उनले फिल्मका लागि निकै मिहिनेत गरेको देखिन्छ । निर्माणपक्षले दिएको जानकारी अनुसार नाजिरले यो फिल्मका लागि २० केजी तौल बढाएका थिए ।
सार्वजनिक पोस्टरमा नाजिरको फिल्मभित्र नाजिरको सुरुवातदेखि अन्त्यसम्मको लुक्स प्रस्तुत गरिएको जनाइएको छ । डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ । फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् ।
फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा लगायतका कलाकारको अभिनय छ ।
प्रतिक्रिया 4