Comments Add Comment

निजी अस्पताल

List Grid
चर्को शुल्क असुल्दै वीरगञ्जका निजी अस्पताल

१४ जेठ, वीरगञ्ज । कोरोना संक्रमण पुष्टि भएपछि सर्लाहीकी ६५ वर्षीया महिलालाई २७ वैशाखमा वीरगञ्जको प्रभु हस्पिटलमा भर्ना भइन् । ८ दिन अस्पतालमा बसेको उनको बिल दुई लाख एक हजार ४५० रुपैयाँ आयो, जसमा अक्सिजनको मात्रै एक लाख एक हजार रुपैयाँ छ । अस्पतालले बिरामीसँग १ लाख ९६ हजार ७ सय रुपैयाँ लियो भने बाँकी […]

अफिनले भन्यो : १५ दिनभित्र अक्सिजन प्लान्ट जडानको निर्देशन हावादारी

३० वैशाख, काठमाडौं । सरकारले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नू भनी दिएको निर्देशनलाई निजी अस्पतालले हावादारी निर्णय भनेको छ । एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) का अध्यक्ष बसन्तकुमार चौधरीले विज्ञप्ति जारी गरी अक्सिजन प्लान्टको मूल्य कम्तीमा २ करोड र त्यसका लागि पूर्वाधार तयार गर्न ५० लाख चाहिने भएकले तत्काल जडान गर्न […]

प्रदेश १ : निजी अस्पतालमा संक्रमितको उपचार सुरु गर्न संसदीय समितिको निर्देशन

२९ वैशाख, विराटनगर । प्रदेश १ प्रदेशसभाको संसदीय समितिले निजी अस्पतालहरुमा तत्काल कोरोना संक्रमितको उपचार सुरु गराउन प्रदेश सरकारलाई निर्देशन दिएको छ । अस्पतालहरुको अनुगमनपछि बुधबार सामाजिक विकासमन्त्रीलाई बोलाएर प्रदेशसभाको सामाजिक विकास समितिले प्रदेशको नियमन क्षेत्राधिकारभित्र रहेका सबै निजी अस्पतालमा कोभिड उपचारको सेवा सुरु गराउन निर्देशन दिएको हो । प्रदेश सरकारको तयारी सुस्त भएको निष्कर्ष […]

सरकारको निष्कर्ष– निजी अस्पतालको शुल्कबारे अनावश्यक हल्ला भयो

२४ वैशाख, काठमाडौं । निजी अस्पतालले कोभिड बिरामीको लागि तोकेको शुल्कबारे अनावश्यक हल्ला भएको निष्कर्षमा सरकारी निकाय पुगेको छ । वाणिज्य विभाग, औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय र प्रहरीसहितको अनुगमनले यस्तो निष्कर्ष निकालेको हो । काठमाडौं उपत्यकाका विभिन्न सात अस्पतालको स्थलगत अनुगमनपछि उक्त निष्कर्षमा पुगिएको वाणिज्य विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेढाईंले अनलाइनखबरलाई बताए […]

ठूला अस्पतालको शुल्क आतंक : बेड चार्ज दिनकै ५० हजारसम्म !

२२ वैशाख, काठमाडौं । उपत्यकाका ठूला निजी अस्पतालहरुले कोरोना संक्रमितहरुसँग निकै चर्को शुल्क लिने गरेको पाइएको छ । आइसोलेसन बेडको दैनिक शुल्क मात्र ७ हजार रुपैयाँसम्म तोकिएको छ, आईसीयू तथा भेन्टिलेटर बेडका लागि दैनिक साढे २६ हजारसम्म पर्छ । औषधि, नर्स तथा डक्टरको शुल्क सबै जोड्दा निजी अस्पतालको शुल्क छोइनसक्नु हुने देखिन्छ । जबकि स्वास्थ्य […]

महामारीमा धनगढीका निजी अस्पतालको मनोमानी, बिरामीको बिचल्ली

२२ वैशाख, धनगढी । धनगढी उपमहानगरपालिका–२ कि ५० वर्षीया महिला वैशाख १९ गते धनगढीको सारथी अस्पताल भर्ना भइन् । श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी उनको स्वास्थ्य अवस्था जटिल भएपछि अस्पतालले उपचार गर्न नसक्ने भन्दै मंगलबार नै निकालिदियो । ‘आईसीयू र भेन्टिलेटर हामीसँग छैन भनेर अस्पतालले अन्तिम अवस्थामा निकालिदियो,’ उनका भतिजा भरत ओलीले अनलाइनखबरसँग भने, […]

निजी अस्पतालको उपचार शुल्क सम्बन्धी नीति बनाउन सरकारलाई सुझाव

२४ चैत, काठमाडौं । निजी अस्पतालको उपचार शुल्कको दररेट सम्बन्धी नीति बनाउन सरकारलाई संसदीय समितिले सुझाव दिएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई सो सम्बन्धमा २० बुँदे सुझाव दिएको हो । शिक्षा तथा स्वास्थ्य समितिले ९ भदौ २०७७ मा नोबेल कोरोना भाइरस (कोभिड–१९) को सम्बन्धमा सरकारले गरेका कामकारबाहीको अनुगमन […]

उपचार खर्च धान्न सक्दैनौं भन्दै मुख्यमन्त्रीसामु धुरुधुरु रोए बिरामीका आफन्त

१२ मंसिर, विराटनगर । भोजपुरको हतुवागडी–४ कि शान्ति राईका बुबालाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि विराटनगर आएका उनलाई ८ मंसिर मा कोरोना पुष्टि भयो । चिकित्सकले भेन्टिलेटरमा राख्नुपर्ने सुझाव दिएपछि उनले सुरुमा सरकारी अस्‍पतालमै सोधीखोजी गरिन्। तर कतै खाली नभएको पाएपछि बुबालाई नोबेल मेडिकल कलेजमा लगिन् । तर अस्पतालले भर्ना […]

निजी अस्पतालको बदमासी : उपचार नपाएर मर्छन् डम्बरकुमारीहरु

१६ भदौ, विराटनगर । भात सर्किएर बेहोस भएकी चौदण्डीगढी नगरपालिका–६, उदयपुरकी ६५ वर्षीया डम्बरकुमारी बस्नेतलाई आफन्तले शनिबार राति विराटनगर ल्याए । तर ७ वटा अस्पताल पुर्‍याउँदा पनि उनलाई कुनैले पनि भर्ना गर्न मानेनन् । आफन्तले हार मानेर घर फर्काएको केही घण्टामा उनको मृत्यु भयो । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको बेला बिरामीलाई अस्पताल पुर्‍याउँदै महाभारत […]

निजी अस्पताल र चिकित्सकले भने : सरकारले अपमानित गर्‍यो

५ भदौ, काठमाडौं । निजी अस्पताल र चिकित्सकहरुले सरकारले निजी अस्पताललाई अपमानित व्यवहार गरेको र चिकित्सकको मनोबल घटाउने व्यहवार गरेको आरोप लगाएका छन् । निजी स्वास्थ्य संस्थाको संगठन एसोसिएशन अफ प्राइभेट हेल्ट इन्स्टिच्युसन अफ नेपाल (अफिन) र नेपाल चिकित्सक संघको शुक्रबार बसेको संयुक्त बैठकले सरकारले अपमानित गरेको निश्कर्ष निकालेको हो । ‘नेपाल सरकारले अपमानित हुने […]

निजी अस्पताल र सरकारको जुहारी : कसले बुझेन महामारी ?

३ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी र सामुदायिक अस्पतालहरुलाई कुल बेडको २० प्रतिशत कोभिड–१९ का बिरामीका लागि छुट्याउनु भनेको छ । र, त्यो बेडमा कोरोना संक्रमितलाई उपचार गर्न प्रतिदिन ३५ सय देखि १५ हजार रुपैयाँका दरले बजेट उपलब्ध गराउने बताएको छ । तर सरकारको निर्णय अव्यवहारिक र गलत भएको जनस्वास्थ्य विज्ञहरुले बताएका […]

पर्साका निजी अस्पताललाई उपचारमा लापरवाही नगर्न निर्देशन

२२ साउन, वीरगञ्ज । पर्सामा नीजी अस्पतालले विरामीको उपचारमा लापरवाही गरेपछि जिल्ला प्रशासन कार्यालय पर्साले कारबाही गर्ने चेतावनी दिएको छ । बुधबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले विरामीको स्वास्थ्यमा खेलवाड गरे कानुन बमोजिम कारबाही गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले निजी अस्पतालहरुलाई उपचारका लागि आएका विरामीहरुलाई […]

अवैधरुपमा कोरोना परीक्षण शुल्क असुल्ने निजी अस्पतालको छानबिन गर्न समिति गठन

३० असार, काठमाडौं । उपत्यकाका ग्राण्डी, ह्याम्स अस्पताल र जोरपाटीको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजले स्वीकृति नलिएरै कोरोना भाइरस (कोभिड-१९)को परीक्षण गरेको विषयमा अनुसन्धान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानबिन गर्ने भएको छ। मन्त्रालयको गुणस्तर मापन तथा अनुगमन महाशाखाले मन्त्रालयका वरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्रीको संयोजकत्वमा असार २८ गते ३ सदस्यीय छानबिन समिति गठन गरेको हो। […]

निजी अस्पतालले भने–लकडाउनले नोक्सान भो, सहुलियत चाहियो

२४ वैशाख, काठमाडौं । लकडाउनका कारण व्यवसाय जर्जर बनेको भन्दै निजी अस्पतालहरूले कर छुटलगायतका विभिन्न सहुलियत माग गरेका छन् । निजी अस्पतालहरूको छाता संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले विभिन्न शीर्षकमा सरकारसँग सहुलियत मागेको हो । अफिनका अध्यक्ष वसन्तकुमार चौधरीद्वारा बुधबार जारी विज्ञप्तिमा स्वास्थ्य सामग्री खरिदमा छुट दिन माग गरिएको छ । […]