Comments Add Comment

नेपाल भलिबल संघ

List Grid
नेपालले अर्को संस्करणको एसियन महिला भलिबल च्याम्पियनसिप खेल्ने

३ साउन, काठमाडौं । आगामी अगष्ट–सेप्टेम्बरमा फिलिपिन्समा हुने एभीसी एसियन वुमन्स भलिबल च्याम्पियनसिप खेल्नबाट वञ्चित भएको नेपालले अर्को वर्ष खेल्न पाउने भएको छ । शुक्रबार एसियन भलिबल कन्फेडेरेसन (एभीसी)ले नेपाल र भारतलाई कोभिड–१९ का कारण प्रवेश निषेध रहेकाले च्याम्पियनसिपमा सहभागी गराउन नसक्ने जनाउँदै आठ टीमको मात्र ड्र सार्वजनिक गरेको थियो । जापान र हङकङले भने […]

भलिबल प्रशिक्षणबाट बाहिरिएका नौ खेलाडीलाई जनही ५ हजार

२० असार, काठमाडौं । नेपाल भलिबल संघले एसियन च्याम्पियनसिपको तयारीका लागि बन्द प्रशिक्षणबाट पहिलो चरणमा बाहिरिएका नौ खेलाडीलाई नगद रकमसहित बिदाइ गरेको छ । संघको शनिबार बसेको कार्यसम्पादन समितिले प्रशिक्षणबाट बाहिरिएका ९ खेलाडीलाई नगद ५ हजार रुपैयाँको दरले दिने निर्यय गरेको संघका उपाध्यक्ष निरोज मास्केले बताइन् । ‘यो नयाँ शुरुवात हो । कम्तीमा बाहिरिने खेलाडीलाई […]

सम्पूर्ण भलिबल गतिविधि स्थगित गर्ने एनभीएको निर्णय

१८ वैशाख, काठमाडौं । नेपाल भलिबल संघ (एनभीए)ले केही समयका लागि सम्पूर्ण भलिबल गतिविधि स्थगित गर्ने निर्णय गरेको छ । एनभीएले शनिबार सूचना जारी गर्दै कोराना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै केही समयका लागि सम्पूर्ण भलिबल गतिविधि स्थगित गरिएको जनाएको छ । ‘नेपाल भलिबल संघले नेपाल सरकारको नियमानुसार कोरोना माहामारी (कोभिड–१९)ले देशका विभिन्न स्थानमा गरिएको लकडाउन […]

इन्दिरा निरौलाले नेपाल भलिबल संघको अध्यक्षमा उम्मेदवारी दिने

१ वैशाख काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)की बोर्ड सदस्य इन्दिरा निरौलाले नेपाल भलिबल संघ (एनभीए)को अध्यक्ष पदमा उम्मेदवारी दिने भएकी छन् । नेपाल भलिबल संघको केन्द्रीय सदस्य तथा भलिबलकी पूर्वखेलाडीसमेत रहेकी निरौलाले बुधबार नयाँ वर्षको अवसर पारेर सामाजिक सञ्जालमा स्ट्यास लेख्दै उम्मेदवारी दिने बताएकी हुन् । अनलाइखबरसँग कुरा गर्दै निरौलाले आफूले अध्यक्ष पदमा उम्मेदवारी […]

दर्ता नभएका भलिबल क्लबलाई कानुनी दायरामा ल्याउन पहल सुरु

२३ पुस, काठमाडौं । नेपाल भलिबल संघ (एनभीए)ले दर्ता नगरी संचालन भइरहेका भलिबल क्लबलाई कानुनी दायरामा ल्याउन पहल थालेको गरेको छ । नेपालका अधिकांश भलिबल क्लब दर्ता नगरी संचालन भइरहेको पाइएपछि एनभीएले क्लबलाई कानुनी दायरामा ल्याउनका लागि छलफल सुरु गरेको हो । एनभीएले बुधबार विभिन्न क्लबहरुसँग यस विषयमा छलफल समेत गरेको छ । एनभीएका उपाध्यक्ष निरोज […]

२०२१ को एसियन भलिबल च्याम्पियनसिपमा नेपाली टिम पठाउने निर्णय

१ पुस, काठमाडौं । नेपाल भलिबल संघ (एनभीए)ले सन् २०२१ मा चीनमा आयोजना हुने एभिसी एसियन वुमन्स भलिबल च्याम्पियनसिपमा नेपाली महिला भलिबल टिमलाई पठाउने निर्णय गरेको छ । एनभीएको बुधबार बसेको कार्यसमिति बैठकले महिला टिमले एसियन च्याम्पियनसिपमा पठाउन पहल गर्ने निर्णय गरेको हो । एनभीए अध्यक्ष मनोरन्जन रमण शर्माले महिला टिमको पछिल्ला प्रदर्शनहरुको आधारमा यो […]

भलिबल खेलाडीलाई खाद्यान्न सहयोग

३१ भदौ, काठमाडौं । राष्ट्रिय टिमका भलिबल खेलाडीहरुलाई नेपाल भलिबल संघ (एनभीएले) खाद्यान्न सहयोग गरेको छ । कोरोना महामारीका बेला सबैभन्दा धेरै प्रभावित भएका खेलाडीहरुलाई एनभीएले खाद्यान्न सहयोग गरेको संघकी उपाध्यक्ष निरोज मास्केले जानकारी दिइन् । बुधबार संघले राष्ट्रिय महिला टिमकी दुई सदस्य सलिना श्रेष्ठ र उषा भण्डारीलाई खाद्यान्न सहयोग गरेको हो । संघकी उपाध्यक्ष […]