News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल भलिबल संघको १२औं साधारणसभा भदौ २७ गते पोखरामा विहान ८:३० बजे हुने निर्णय भएको छ।
- साधारणसभामा केन्द्रिय कार्यसमितिको वार्षिक कार्य प्रगति र आगामी योजना प्रस्तुत गरिनेछ।
- कोषाध्यक्षद्वारा आर्थिक प्रतिवेदन, लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसमेत छलफल गरिनेछ।
४ भदौ, काठमाडौं । नेपाल भलिबल संघको १२औं साधारणसभा भदौ २७ गते पोखरामा हुने भएको छ।
संघको ५२औं कार्यसम्पादन समिति बैठकको निर्णयअनुसार साधारणसभा २७ गते विहान ८:३० मा पोखरामा हुने एक सूचनामार्फत जानकारी दिइएको छ ।
साधारणसभामा केन्द्रिय कार्यसमितिको वार्षिक कार्य प्रगति प्रतिवेदन र आगामी योजना, कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन, आ.व. २०८२/०८३ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण लगायतका विषयमा छलफल गरी पारित गरिने जनाइएको छ।
प्रतिक्रिया 4