+

एमबाप्पेको पेनाल्टी गोलमा रियलको विजयी सुरुवात

२०८२ भदौ  ४ गते ७:३३ २०८२ भदौ ४ गते ७:३३
एमबाप्पेको पेनाल्टी गोलमा रियलको विजयी सुरुवात

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्पेनिस लालिगाको नयाँ सिजनमा रियल मड्रिडले ओसासुनालाई १-० ले पराजित गरी सुरुवात गरेको छ ।
  • रियलको जितमा केलियन एमबाप्पेले ५१औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए ।
  • यो जितसँगै रियलले लगातार १७ सिजनदेखि लिगको पहिलो खेलमा अपराजित रहने कीर्तिमान कायम गरेको छ ।

४ भदौ, काठमाडौं । केलिएन एमबाप्पेको पेनाल्टीमार्फत गरेको एक मात्र गोल मद्तमा रियल मड्रिडले स्पेनिस ला लिगामा विजयी सुरुवात गरेको छ ।

घरेलु मैदान सान्टियागो बर्नाबेउमा मंगलबार राति भएको खेलमा रियलले ओसासुनालाई १-० ले पराजित गर्दै ३ अंक जोडेको हो ।

रियललाई जिताउन एमबाप्पेले ५१औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । ओसासुनाका जुवान क्रुजले एमबाप्पेलाई फल गरेपछि रियलले पेनाल्टी पाएको थियो र त्यसमा एमबाप्पेले कुनै गल्ती गरेनन् ।

नयाँ प्रशिक्षक जाबी अलोन्सोको व्यवस्थापनमा लालिगाको पहिलो खेल खेलेको रियलले जितसँगै सुरुवात गरेको हो ।

खेलमा रियलले धेरै अवसर पाए पनि थप गोल गर्न सकेन । ओसासुनाका मिडफिल्डर अभेल ब्रेटोन्सले इन्जुरी टाइममा रातो कार्ड पाउँदै मैदान छाडेका थिए ।

यो जितसँगै रियल मड्रिडले लगातार १७ सिजनदेखि लिगको पहिलो खेलमा अपराजित रहने कीर्तिमानलाई निरन्तरता दिएको छ ।

रियल मड्रिड स्पेनिस लालिगा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय