News Summary
Generated by OK AI. Editorially reviewed.- लिभरपुलका फरवार्ड मोहमद सालाहले प्रोफेसनल फुटबलर एसोसिएसन (पीएफए) वर्ष खेलाडीको अवार्ड तेस्रो पटक जितेका छन् ।
- सालाहले गत सिजन प्रिमियर लिगमा २९ गोल गर्दै सर्वाधिक गोलकर्ताको अवार्ड जितेका थिए ।
- एस्टन भिल्लाका मोर्गन रोजर्सले योङ प्लेअर अफ दि इयर अवार्ड जितेका छन् र सर ग्यारेथ साउथगेटलाई पीएफए मेरिट अवार्ड प्रदान गरिएको छ ।
४ भदौ, काठमाडौं । लिभरपुलका फरवार्ड मोहमद सालाहले प्रोफेसनल फुटबलर एसोसिएसन (पीएफए) वर्ष खेलाडीको अवार्ड जितेका छन् ।
इजिप्टका फरवार्ड सालाहले तेस्रो पटक यो अवार्ड जितेका हुन् । र उनी यस्तो उपलब्धी हात पार्ने पहिलो खेलाडी समेत बनेका छन् ।
पहिलो पटक सन् २०१८ मा पीएफए अवार्ड जितेका सालाहले सन् २०२२ मा दोस्रो पटक जितेका थिए ।
३३ वर्षीय सालाहले गत सिजन प्रिमियर लिगमा २९ गोल गर्दै सर्वाधिक गोलकर्ताको अवार्ड जितेका थिए । यस्तै उनले लिभरपुललाई लिगको उपाधि जिताउन १८ असिस्ट समेत गरेका थिए ।
पीएफए वर्ष खेलाडीको अवार्डका लागि सालाहसँगै लिभरपुलका सहकर्मी एलेक्सिस म्याक एलिस्टर, म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेज, न्युकासल युनाइटेडका अलेक्ज्यान्डर इसाक, चेल्सीका फरवार्ड कोल पाल्मर र आर्सनलका डेक्लान राइस मनोनयमा थिए ।
सालाहले सन् २०२४-२५ को सिजन प्रिमियर लिग प्लेअर अफ दि इअर अवार्ड र फुटबल राइटर्स एसोसिएसन (एफडब्लसए) फुटबलर अफ दि इअर अवार्ड जितेका थिए ।
यस्तै एस्टन भिल्लाका मोर्गन रोजर्सले योङ प्लेअर अफ दि इअर अवार्ड जिते । फुटबलमा गरेको योगदान र राष्ट्रिय टिममा प्राप्त उपलब्धीका लागि इंग्ल्याण्डका पूर्व प्रशिक्षक सर ग्यारेथ साउथगेटलाई पीएफए मेरिट अवार्ड प्रदान गरियो ।
प्रतिक्रिया 4