+

स्ट्याग ग्लोबल च्याम्पियन्स लिगमा स्ट्यागको एकल अग्रता

२०८२ भदौ  ३ गते १८:२१ २०८२ भदौ ३ गते १८:२१
स्ट्याग ग्लोबल च्याम्पियन्स लिगमा स्ट्यागको एकल अग्रता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्ट्याग च्याम्पिन्स टेबलटेनिस एकेडेमीले स्ट्याग ग्लोबल च्याम्पियन्स लिग सिजन–३ को तेस्रो दिन एकल अग्रता कायम गरेको छ।
  • चौथो चरणको समाप्तिमा स्ट्याग ३८ अंकसाथ शीर्ष स्थानमा छ भने एभीएम टेबलटेनिस क्लब ३७ अंकसाथ दोस्रो स्थानमा छ।
  • टप स्पिन टेबलटेनिस गुड्स नेपाल ३५ अंकसाथ तेस्रो, खोल्चा पुखु खेलकुद समिति ३४ अंकसाथ चौथो स्थानमा छन्।

३ भदौ, काठमाडौं । आयोजक स्ट्याग च्याम्पिन्स टेबलटेनिस एकेडेमीले स्ट्याग ग्लोबल च्याम्पियन्स लिग सिजन– ३ को तेस्रो दिन मंगलबार एकल अग्रता कायम गरेको छ । चौथो चरणको समाप्तिमा स्ट्याग ३८ अंकसाथ शीर्ष स्थानमा छ ।

पहिलो संस्करणको विजेता एभीएम टेबलटेनिस क्लब ३७ अंकसाथ दोस्रो, टप स्पिन टेबलटेनिस गुड्स नेपाल ३५ अंकसाथ तेस्रो, खोल्चा पुखु खेलकुद समिति ३४ अंकसाथ चौथो, होप्स टेबलटेनिस एकेडेमी ३२ अंकसाथ पाँचौं र कीर्तिपुर नगरपालिका ३२ अंकसाथ छैटौं स्थानमा छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगितामा यल टेबलटेनिस र द ड्रागन्स टेबटेनिस क्लबले समान २५–२५ बटुलेका छन् ।

ओल्ड रेस्ट्रो र भोर्टेक्स नेपाल टेबलटेनिस क्लबको समान २४–२४ अंक छ ।

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय