News Summary
Generated by OK AI. Editorially reviewed.- भुटानमा सुरु हुने साफ यू–१७ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भारतसँग खेल्दै छ।
- नेपाली समय अनुसार खेल दिउँसो पौने ३ बजे चाङ्लिमिथाङ रंगशालामा सुरु हुनेछ।
- प्रशिक्षक चेतनारायण श्रेष्ठले उपाधि जित्न मुख्य लक्ष्य रहेको र राम्रो तयारी गरेको बताएका छन्।
४ भदौ, काठमाडौं । भुटानमा आजदेखि सुरु हुने साफ यू–१७ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भारतसँग खेल्दै छ ।
भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने खेल दिउँसो नेपाली समय अनुसार पौने ३ बजे सुरु हुनेछ ।
यसअघि मंगलबार आयोजित प्रि-म्याच कन्फेरेन्समा नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले साफ यू–१७ महिला च्याम्पियनसिपको उपाधि जित्ने मुख्य लक्ष्य भएको बताएका थिए ।
अगस्ट २० देखि ३१ सम्म भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने प्रतियोगिताअघि मंगलबार भएको प्रि–म्याच कन्फेरेन्समा प्रशिक्षक चेतनारायण श्रेष्ठले टोलीको तयारी र लक्ष्यबारे यस्तो बताएका हुन् ।
‘अघिल्लो वर्ष यु–१६ मा हामी घरेलु मैदानमै भारतसँग पराजित भएका थियौं । तर यसपटक त्यो गल्ती सच्याएका छौं । खेलाडीले मौकालाई सदुपयोग गर्न सके भारतलाई हराउन सक्छौं’ प्रशिक्षक श्रेष्ठले भने।
‘हामीले राम्रो तयारी गरेका छौं । हाम्रो लक्ष्य भनेको उपाधि जित्नु नै हो’ उनले थपे ।
टिममा अघिल्लो संस्करण खेलेको खेलाडी रहेकोले प्रदर्शन पनि निखारिएको र सबै पक्षमा काम गरेको प्रशिक्षक श्रेष्ठले बताए ।
यसपटकको च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश र आयोजक भुटान गरी चार टोली मात्र सहभागी छन् । प्रतियोगिता डबल राउण्ड रोबिन लिगमा खेलिनेछ र सबैभन्दा बढी अंक जोड्ने टोलीले उपाधि जित्नेछ ।
आजै हुने अर्को खेलमा आयोजक भुटानले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालको खेल तालिका
अगस्ट २० : नेपाल र भारत
अगस्ट २२ : नेपाल रभुटान
अगस्ट २४ : नेपाल र बंगलादेश
अगस्ट २७ : बंगलादेश र नेपाल
अगस्ट २९ : भारत र नेपाल
अगस्ट ३१ : भुटान र नेपाल
नेपाली टोली
झरना डुम्राकोटी, लक्ष्मी ओली, गंगा गुरुङ, दिक्षा रायमाझी, सम्झना चन्द, अलिजा कुमारी बिक, ज्ञान्शु डोल्मा लो, पूर्णिमा तादी, अनु माझी, मिन माया श्रेष्ठ, अंशु बिक, डिकी स्याङ्बो तामाङ, कृतिशा तामाङ, रबिना बिक, सहारा लिम्बु, बब्टिका कार्की, भूमिका बुढाथोकी, अशिका कार्की, सिर्जना बडुवाल, अस्मिता मगर, यम कुमारी बिक, अनिता राना मगर, दिक्षा रनपाल।
प्रतिक्रिया 4