+

नेपाल भलिबल संघको साधारणसभा माघ पहिलो साता हुने

२०८१ पुष  १४ गते १३:५४ २०८१ पुष १४ गते १३:५४
नेपाल भलिबल संघको साधारणसभा माघ पहिलो साता हुने

१४ पुस, काठमाडौं । नेपाल भलिबल सघंको एघारौं साधारणसभा माघको पहिलो साता हुने भएको छ ।

संघले सूचना जारी गर्दै आउँदो माघ ६ गते सिन्धुपाल्चोकको सुकुटेमा साधारणसभा हुने जनाएको हो ।

सभामा केन्द्रिय कार्यसमितिको तर्फबाट महासचिबद्वारा प्रस्तुत संघको वार्षिक कार्य प्रगति प्रतिवेदन तथा आगामी कार्ययोजना उपर छलफल गरी पारित गर्ने तयारी छ ।

त्यसैगरी कोषाध्यक्षद्वारा आर्थिक प्रतिवेदनसहित वित्तीय विवरण माथि छलफल गरि पारित गर्ने, आ.व. २०८१/०८२ को लागि लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतका विषयहरूमा छलफल हुनेछ ।

नेपाल भलिबल संघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय