Comments Add Comment

नेपाल भारत सीमा

List Grid
भारतले महाकालीमा बनाएको पर्खालको संयुक्त निरीक्षण गरिने

२३ चैत, काठमाडौं । भारतीय पक्षले दार्चुलाको महाकाली नदीमा बनाउँदै गरेको पर्खालको नेपाल र भारतका प्रतिनिधिको संयुक्त टोलीले स्थलगत निरीक्षण गर्ने भएको छ । नेपालको सीमा क्षेत्रमा नेपालसंग समन्वय नै नगरी भारतले सुरक्षा वाल, चेक वाल (पर्खाल) को निर्माण गरेको भन्दै प्रश्न उठेको थियो । त्यसका सम्बन्धमा गत पुस २२ गते नेपालले एकतर्फी रुपमा स्थलगत […]

भारतीय मजदुरको भर पर्दा मोरङका इँटा उद्योग समस्यामा

२७ कात्तिक, विराटनगर । भारतीय मजदुर ल्याउन नपाउँदा पूर्वी नेपालका इँटा उद्योग बन्द भएका छन् । प्रदेश १ मा रहेका उद्योगमा भदौबाट इटा उत्पादन सुरु हुन्छ । तर कोरोना महामारी नियन्त्रणका लागि भन्दै सरकारले नेपाल भारत सीमाबाट आवतजावत बन्द गरेकाले भारतबाट मजदुर आउन पाएनन् । मजदुर ल्याउन नपाउँदा उद्योग बन्द भएका हुन् । प्रदेश १ […]

रौतहटमा भारतसँगको नाका खुलाउन माग गर्दै प्रदर्शन

२७ कात्तिक, रौतहट । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको नेपाल–भारत सीमा नाका खुलाउन माग गर्दै रौतहटको गौरमा स्थानीयले प्रदर्शन गरेका छन् । रौतहटको मुख्य नाका गौर भन्सार अगाडिबाट नेपाल–भारत आवतजावत गर्न दिन र पहिलेजस्तै सीमा नाका सञ्चालन गर्न माग गर्दै स्थानीयले प्रदर्शन गरेका हुन् । चाडपर्वका बेला किनमेलका गर्न भारतीय बजारसम्म जान नपाएको […]

हतियारसहित नेपाल छिरेका भारतीय सुरक्षाकर्मीलाई स्थानीयले धपाए

२३ कात्तिक, कैलाली । कञ्चनपुरको दक्षिणी सीमावर्ती क्षेत्रमा हतियारसहित प्रवेश गरेका भारतीय सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीलाई स्थानीय वासिन्दाले धपाएका छन् । जिल्लाको बेलौरी नगरपालिका–१० भुडास्थित नेपाल–भारत सीमा क्षेत्रमा एसएसबीका ६ जना सुरक्षाकर्मी शनिबार प्रवेश गरेका थिए । डोरी, क्यामेरा र हतियारसहित रहेका उनीहरूलाई स्थानीयवासीले अनुमति बिना नेपाल प्रवेश गरेको भन्दै आइतबार फिर्ता पठाएका हुन् […]

ठोरीस्थित सीता गुफा नजिकको सीमा स्तम्भ उखेलेर फालियो

४ साउन, काठमाडौं । पर्साको ठोरीस्थित सीता गुफा नजिकै रहेको सीमा स्तम्भ उखेलेर फालेको अवस्थामा फेला परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि अयोध्या ठोरीमा पर्ने उदघोष गरेसँगै सीता गुफा क्षेत्र एकाएक चर्चामा आएको थियो । प्रसिद्ध धार्मिकस्थल सीता गुफादेखि दक्षिणतर्फ सोमेश्वर पहाडमा रहेको ४३६ नम्बरको सीमा स्तम्भ उखेलेर फालिएको अवस्थामा फेला […]

भारतले दशगजा मिचेर बाँध बनाएको पुष्टि, हटाउने सहमति

२२ असार, रौतहट । भारतले रौतहटको इशनाथ नगरपालिका-१ बन्जरहामा दशगजा क्षेत्र मिचेर अस्थायी बाँध निर्माण गरेको पाइएको छ । नेपाल भारतको संयुक्त नापी टोलीले जीपीएस प्रविधिबाट नापजाँच गर्दा भारतीय पक्षले दशगजा क्षेत्रको करिब दुई मिटर मिचेर बाँध बनाएको प्रमाणित भएको छ । दुवै देशको सर्वे टोलीको सहमतिमा पिलर नं. ३४६–५ देखि ३४६–७ सम्मको बीचको मोडमा […]

नेकपा बैठक : नेपाल भारत सीमामा तारबार लगाउन माग

१२ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेपाल भारत सीमामा तारबार लगाउनुपर्ने मत बलियोसँग प्रकट भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा स्थायी कमिटी सदस्यहरूले सीमा नियमन मात्र होइन, सिल गर्नुपर्ने धारणा समेत राखेका छन् । बैठकको सुरुमा नै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल भारत सीमा विवादको ऐतिहासिक […]

नेपाल- भारत सीमामा तारबार गर्न माग गर्दै सर्वोच्चमा रिट

७ असार, काठमाडौं । नेपाल भारत सीमानामा तारबार लगाउन माग गर्दै  सर्वोच्च अदालतमा  रिट दर्ता भएको छ । आइतबार अधिवक्ता शालिकराम सापकोटा, नवल खड्का, गीता सापकोटा, सुवास विश्वकर्माले नेपाल- भारतबीचको १८८० किलोमिटर सीमाना रक्षा र संरक्षणका निम्ति चरणवद्ध रुपमा यसै अर्थिक वर्षदेखि तारजाली लगाउन सुरु गर्न सरकारको नाममा परमादेशको आदेश माग गर्दै रिट दायर गरेका […]

भारतबाट आउनेको चाप घट्यो, तर सीमामा अझै हुन्न परीक्षण

३ असार, काठमाडौं । रोजगारीका लागि भारत गएका नेपालीहरू घर फर्किने क्रम केही घटेको पाइएको छ । तर अहिले पनि सरकारले तोकेको देशभरका २० वटा नाकाबाट दैनिक चारदेखि पाँच हजार मानिस आउने गरेको तथ्यांक छ । सरकारी तथ्यांकअनुसार हालसम्म भारतबाट दुई लाख ४६ हजार नागरिक फर्किएका छन् । यसरी फर्किनेमध्ये धेरै जेठ ११/१२ मा फर्किएका […]

नेपाल भारत सीमामा झडप : सशस्त्र प्रहरीको गोलीबाट एक भारतीयको मृत्यु

३० जेठ, जनकपुरधाम । सर्लाहीको नारायणपुरस्थित नेपाल-भारत सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मी र भारतीय नागरिकबीच शुक्रबार भएको झडपमा गोली लागेर एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । लकडाउन कार्यान्वयनका लागि सरकारले नेपाल-भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीलाई खटाएको छ । सर्लाहीको पर्सा गाउँपालिकास्थित नारायणपुरमा पनि सशस्त्र प्रहरीको फरवार्ड बेसमा त्यहाँ ९ जनाको टोली खटाइएको […]

महाकाली पारी अर्को कालापानी !

१६ जेठ, काठमाडौं । नेपालले आफ्नो अतिक्रमित भूभाग लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरेपछि भारतले त्यसको विरोध गर्दै आएको छ । भारतले नेपालको दार्चुला जिल्लाको कालापानी, लिपुलेकलाई समेत आफ्नो भूमि भनेर गलत प्रचार गरिरहेको छ । ब्रिटिश सर्भे अफ इन्डियाले निकालेको एक सय ६४ वर्ष पुरानो नक्सामा भने महाकाली नदीको पश्चिममा पनि एउटा कालापानी देखाइएको छ । […]

कोरोना संक्रमित भेटिएपछि रुपन्देही र बाँकेका चार स्थानमा आउ-जाउ बन्द

२० वैशाख, बुटवल । कोरोना संक्रमित व्यक्ति भेटिएपछि रुपन्देहीको कोटहीमाई गाउँपालिकाको एउटा गाउँ र बाँकेको नेपालगन्जका तीनवटा क्षेत्रमा आउ-जाउ बन्द गरिएको छ । कोरोना संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले शुक्रबार साँझदेखि ती इलाकामा आउ-जाउ गर्न नदिएर निगरानी बढाएको हो । रुपन्देही प्रशासनले कोरोना संक्रमित २५ वर्षीय युवकको गाउँ कोटहिमाई वडा नंं. १ को पुर्निहवामा आउ-जाउ […]

धार्चुलामा अलपत्र नेपालीलाई उतै रोक्ने निर्णय, ३ जना महाकालीमा पौडिँदै आए

१७ चैत, काठमाडौं । नेपाल र भारतको सीमा दार्चुलापारि धार्चुलामा अलपत्र परेकाहरूलाई नेपाल प्रवेश गर्न नदिने निर्णय प्रशासनले गरेको छ । स्थानीय प्रशासनले स्वदेश आउन नदिएपछि तीन जना नेपाली भने महाकाली नदीमा पौडी खेल्दै नेपाल प्रवेश गरेका छन् । उनीहरुलाई नेपाली भूमिमा आउनासाथ प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाएको छ । कोरोना भाइरस रोकथामको उद्देश्यले गरिएको  […]

सीमा रेखांकनमा कञ्चनपुरका जनप्रतिनिधिको विरोध

२ चैत, काठमाडौं । कञ्चनपुरका जनप्रतिनिधिहरुले नेपाल भारत सीमा सर्भे टोलीले गरेको सीमा रेखांकनको विरोध गरेका छन् । उनीहरुले आइतबार गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाउँदै रेखांकनको विरोध गरेका हुन् । उनीहरुकाअनुसार सर्भे टोलीले जंगे पिल्लरलाई आधार नबनाइ स्ट्रिप नक्सा बनाएको र यसले सयौं हेक्टर नेपाली भूभाग भारततिर परेको उनीहरुको दाबी छ । भारतीय पक्षबाट […]

सीमा समस्याबारे नेपालले गरेको दुवै वार्ता मिति भारतद्वारा अस्वीकार

३० फागुन, काठमाडौं । सीमा विवादबारे छलफल गर्न नेपाल सरकारले प्रस्ताव गरेको दोस्रो वार्ता मिति पनि भारत सरकारले अस्वीकार गरेको छ । परराष्ट्र मन्त्रालयले कूटनीतिक नोटमार्फत पठाएको मितिमा वार्ता गर्न भारतले असमर्थ रहेको जवाफ पठाएको हो । यद्यपि कूटनीतिक नोटको जवाफमा दुई देशबीचको सीमा विवाद समाधान गर्न आफू तयार रहेको भारतीय पक्षले उल्लेख गरेको परराष्ट्र […]

नेपाल – भारत सीमासम्बन्धी बैठक अर्को हप्ता काठमाडौंमा हुने

२८ भदौ, काठमाडौं । नेपाल-भारत सीमा समस्या समाधानका लागि गठित कार्यदल ( बाउन्ड्री वर्किङ ग्रुप ) को बैठक अर्को हप्ता काठमाडौंमा हुने भएको छ । सीमा समस्या समाधानका लागि नेपाल-भारतबीच दुवै मुलुकको नापी विभागको नेतृत्वमा गठित कार्यदलको बैठक बस्न लागेको हो । सोही बैठकमा नेपालले राख्ने प्रस्तावका विषयमा छलफल गर्न बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री […]

‘नेपाल भारत सीमा हृवाङ्ङै भयो, नियमन गर्नुपर्छ’

विश्वमा तीन प्रकारका सीमा व्यवस्थाहरु प्रचलनमा छन् । एउटा खुला, अर्को नियन्त्रित (रेगुलेटेड) र अर्को बन्द सीमा । छोटकरीमा बुझ्दा नेपाल र भारतबीचको सीमाना खुला हो । नेपाल र चीनबीचको सीमा नियन्त्रित र उत्तरकोरिया-दक्षिण कोरियाको बन्द सीमा हो । नियमन (नियन्त्रित) व्यवस्था भनेको भिसा, पासपोर्ट परिचयपत्र देखाउनुपर्ने खालको हो । चीनको ३० किलोमिटरसम्म जाँदा पहिले […]

‘नेपाल भारत सीमा हृवाङ्ङै भयो, नियमन गर्नुपर्छ’

विश्वमा तीन प्रकारका सीमा व्यवस्थाहरु प्रचलनमा छन् । एउटा खुला, अर्को नियन्त्रित (रेगुलेटेड) र अर्को बन्द सीमा । छोटकरीमा बुझ्दा नेपाल र भारतबीचको सीमाना खुला हो । नेपाल र चीनबीचको सीमा नियन्त्रित र उत्तरकोरिया-दक्षिण कोरियाको बन्द सीमा हो । नियमन (नियन्त्रित) व्यवस्था भनेको भिसा, पासपोर्ट परिचयपत्र देखाउनुपर्ने खालको हो । चीनको ३० किलोमिटरसम्म जाँदा पहिले […]

विज्ञको सुझाव : भारतसँगको सीमा विवाद लेनदेनबाट टुंग्याऔं

२० भदौ, काठमाडौं । सीमाविद र परराष्ट्र मामिलाका जानकारहरुले नेपाल र भारतबीच रहेको सीमा विवाद तत्काल टुंग्याउन सरकारलाई सुझाव दिएका छन् । बुधबार काठमाडौंमा आयोजित खुला सिमाना अवसर र चुनौती विषयक कार्यक्रमका वक्ताहरुले नेपालमा बलियो सरकार रहेको र भारतसँगको सम्बन्ध सुधार भएको अवसर पारेर सीमा समस्या समाधान गर्नुपर्ने बताएका हुन् । नेपाल र भारतबीचको सीमाको […]

नेपाल-भारत नदी सिमानाका ५७ स्थानमा स्तम्भ निर्माण हुँदै

१० साउन, काठमाडौँ । नेपाल र भारतबीच नदी सिमाना रहेका ५७ स्थानमा सीमा स्तम्भ निर्माण गरिने भएको छ । दुई देशबीच विगत लामो समयदेखि नदी सीमा क्षेत्रमा स्थानीयस्तरमा समस्या रहँदै आएपछि उक्त समस्याको निराकरण दीर्घकालीन रुपमै गर्न कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको नापी विभागले गृहकार्य गरिरहेको छ । नेपालका २७ जिल्ला र भारतका चार […]

कञ्चनपुरमा भारतसँगको सिमानामा सीमा स्तम्भ पुनर्निर्माण शुरु

५ बैशाख, भीमदत्तनगर । नेपाल–भारत संयुक्त सर्वे टिमले बुधबार कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारमा रहेको मुख्य सीमा स्तम्भ पुनर्निर्माण शुरु गरेको छ । नेपाल–भारत सीमा स्तम्भ पुर्वेक्षण, सर्वेक्षण्म, मर्मत सम्भार, नयाँ सीमा स्तम्भ निर्माण तथा पुनर्निर्माणको जिम्मेवारी पाएको प्राविधिकसहितको संयुक्त टोलीले यहाँको डोकेबजारमा रहेको मुख्य सीमा स्तम्भ (७५३) नयाँ निर्माण शुरु गरिएको संयुक्त सर्वे टोलीमा रहनुभएका […]