Comments Add Comment

पूर्वाञ्चल विश्वविद्यालय

List Grid
अखिल क्रान्तिकारीले पूर्वाञ्चल विश्वविद्यालय समक्ष राख्यो ११ बुँदे माग

१० साउन, विराटनगर । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी)ले पूर्वाञ्चल विश्वविद्यालय समक्ष ११ बुँदे माग पेश गरेको छ । अखिल क्रान्तिकारीको पूर्वाञ्चल विश्वविद्यालय समितिले मोरङको गोठगाउँस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालय पुगेर उपकुलपति प्रा. डा. यादवराज कोइराला समक्ष ११ बुँदे माग पेश गरेको छ । क्रान्तिकारीले अनलाइन माध्यमबाट गत वर्ष लिइएको परीक्षाको नतिजा झण्डै एक वर्ष […]

पूर्वाञ्चल विश्वविद्यालयको प्रश्नपत्र आउट गरेको आरोपमा १० जना पक्राउ

१२ वैशाख, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको बीई दोस्रो सेमेस्टरको फिजिक्स विषयको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले कर्मचारी र बिचौलियासहित १० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ८ जना विद्यार्थी छन् । एकजना विचौलिया र अर्का एक विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा कार्यरत कर्मचारी रहेका छन् । प्रश्नपत्र आउट प्रकरणमा विराटनगर महानगरपालिका–८ का […]

प्रश्नपत्र आउट गराएको आरोपमा १० जना पक्राउ

१२ वैशाख, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको प्रश्नपत्र परीक्षाअघि नै सार्वजनिक भएको घटनामा संलग्नताको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । वैशाख ३ गते विश्वविद्यालयको इन्जिनियरिङ संकायतर्फ बीई दोस्रो सेमेस्टरको फिजिक्स विषयको प्रश्नपत्र परीक्षापूर्व नै सार्वजनिक भएको थियो । उक्त घटनामा संलग्नको आरोपमा कोमलप्रसाद गौतम, गोपाल कार्की, विजय पोखरेल, मिनप्रसाद भट्ट, भरत पठन, विकास खड्का, […]

प्रश्नपत्र आउट गर्नेलाई कारबाही गर्न अखिल क्रान्तिकारीको माग

९ वैशाख, काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयमा एउटा विषयको प्रश्नपत्र बाहिरिएको अनुसन्धान टुंगो नलाग्दै अर्को विषयको प्रश्नपत्र समेत आउट गर्ने परीक्षा समितिलाई तत्काल निलम्बन गरी कारबाही गर्न नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी)ले माग गरेको छ । केही दिनअघि मात्र इन्जिनियरिङ संकायको स्नातक तहको दोस्रो सेमेस्टरको भौतिक शास्त्र विषयको प्रश्नपत्र परीक्षाभन्दा अघि बाहिरिएको थियो । गत […]

पूर्वाञ्चल विश्वविद्यालयले मंसिरदेखि भौतिक उपस्थितिमा परीक्षा लिने

२७ कात्तिक, काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले सबै तहको परीक्षा विद्यार्थीको भौतिक उपस्थितिमै सञ्चालन गर्ने भएको छ । आगामी मंसिर अन्तिम सातादेखि नियमित तथा आंशिक परीक्षाहरू स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न लागिएको विश्वविद्यालयका परीक्षा नियन्त्रक सूर्यप्रसाद संग्रौलाले अनलाइनखबरलाई जानकारी दिए । परीक्षार्थीहरूलाई आफू अध्ययनरत कलेजमै परीक्षा दिने व्यवस्था मिलाइने संग्रौलाले बताए । उनका अनुसार एउटा हलमा […]

घरैबाट परीक्षा दिँदा पालना गर्नुपर्ने १६ नियम, पुनर्योग नहुने

१७ भदौ, काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय (पूवि)ले ‘टाइम बाउन्ड होम एक्जाम’ परीक्षा सञ्चालन गर्दा क्याम्पस÷कलेज र परीक्षार्थीले पालना गर्नुपर्ने नियम तयार पारेको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९)ले गर्दा विद्यार्थीहरू केन्द्रमा उपस्थित भएर परीक्षा दिन नसक्ने भएपछि पूविले वैकल्पिक विधि अर्थात् ‘टाइम बाउन्ड होम एक्जाम’ लिन लागेको हो । सेमेस्टर प्रणाली अन्तर्गत स्नातक र स्नातकोत्तर […]

पूर्वाञ्चल विश्वविद्यालयले भदौ पहिलो साता परीक्षा लिने

७ साउन, काठमाडौं । पूर्वाञ्जल विश्वविद्यालयले नोवेल कोरोना भाइरस (कोभिड–१९) लक्षित लकडाउनका कारण रोकिएको परीक्षा भदौ पहिलो साता सञ्चालन गर्ने भएको छ । परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद संग्रौलाद्वारा बुधबार जारी सूचनामा यो विश्वविद्यालय अन्तर्गतका क्याम्पस र कलेजहरूमै परीक्षा केन्द्र कायम हुने उल्लेख छ । सरकारले भदौ १ देखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन खुल्ला गर्ने […]

पूर्वाञ्चल विश्वविद्यालयको प्राध्यापक छान्न होटलमा अन्तरवार्ता

४ भदौ, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोग अध्यक्षबाट विदाई भइसकेका बद्रीनाथ श्रेष्ठले प्राध्यापक र सहप्राध्यापक नियुक्तिका लागि होटलमा परीक्षा सञ्चालन गरेका छन् । साउन अन्तिम साता नै विदाई भएका अध्यक्ष श्रेष्ठले सोमबार काठमाडौंको होटल एम्बास्डरमा प्राध्यापक र सहप्राध्यापकको नियुक्तिका लागि अन्तर्वार्ता परीक्षा लिएका हुन् । श्रेष्ठको चारवर्षे कार्यकाल भदौ ५ गते सकिँदैछ, तर विश्वविद्यालय […]

पूर्वाञ्चल विश्वविद्यालयमा अनशनरत विद्यार्थी सडकमा निकालिए

८ असोज, मोरङ । परीक्षा केन्द्र सार्नुपर्ने मागसहित आमरण अनशनमा बसेका विद्यार्थीलाई पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालय अगाडिबाट हटाइएको छ । नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाको भवनमा रहेको परीक्षा व्यवस्थापन कार्यालय अगाडि अनशन बसेका विद्यार्थीलाई आइतबार राति प्रहरीले गेटबाहिर सडकमा निकालेको हो । विश्वविद्यालयले सडकमा निकालेपछि विद्यार्थीहरुले सडकमै पाल टागेर अनशन बसेका छन् । पूर्वाञ्चल […]