
News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वाञ्चल विश्वविद्यालयको ४१औं सभाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ७० करोड १४ लाख ३० हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ।
- प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा रजिष्ट्रार प्राडा कल्याणी मिश्र त्रिपाठीले आर्थिक वर्ष २०८२/८३ का प्रस्तावित आय–व्यय विवरण प्रस्तुत गरी स्वीकृत गरियो।
- उपकुलपति प्राडा बिजुकमार थपलियाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरी पारित गरियो र शिक्षण अस्पताल स्तरोन्नतिसहित एमबीबीएस कार्यक्रम सञ्चालनमा प्राथमिकता दिइयो।
३१ असार, काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको ४१ औं सभाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ७० करोड १४ लाख ३० हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकमा रजिष्ट्रार प्राडा कल्याणी मिश्र त्रिपाठीद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ का प्रस्तावित आय–व्यय विवरण समेत स्वीकृत भएको छ ।
यस्तै उपकुलपति प्राडा बिजुकमार थपलियाद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि पारित भएको छ ।
सो विश्वविद्यालयले शिक्षण अस्पतालको स्तरोन्नतिसहित एमबीबीएस कार्यक्रम सञ्चालनका लागि प्राथमिकता दिएको छ ।
प्रधानमन्त्री एवं कुलपति ओलीको तत्परतामा नयाँ आर्थिक वर्ष लाग्नुपूर्व नै सबै विश्वविद्यालयको सभा बैठक आयोजना भई बजेट स्वीकृतिको क्रम जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4