+
+
Shares

पूर्वाञ्चल विश्वविद्यालयको आगामी बजेट कति ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३१ गते १७:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वाञ्चल विश्वविद्यालयको ४१औं सभाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ७० करोड १४ लाख ३० हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न सभाले बजेट र नीति तथा कार्यक्रम पनि पारित गरेको छ।
  • विश्वविद्यालयले शिक्षण अस्पतालको स्तरोन्नति र एमबीबीएस कार्यक्रम सञ्चालनमा प्राथमिकता दिएको छ।

३१ असार, काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको ४१औं सभाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ७० करोड १४ लाख ३० हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ।

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतमा प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार सम्पन्न ४१औं सभा बैठकले बजेट स्वीकृत गरेको हो।

बैठकमा रजिष्ट्रार प्राडा कल्याणी मिश्र त्रिपाठी आर्थिक वर्ष २०८२/०८३ का प्रस्तावित आय–व्यय विवरण प्रस्तुत गरेकी थिइन् । उपकुलपति प्राडा बिजुुकुमार थपलियाद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि पारित भएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयले शिक्षण अस्पतालको स्तरोन्नतिसहित एमबीबीएस कार्यक्रम सञ्चालन गर्न प्राथमिकता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?